सांसद खतिवडालाई कोरोना पोजेटिभ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सांसद खतिवडालाई कोरोना पोजेटिभ

काठमाडौं । प्रतिनिधि सभाका सांसद एवम् सहकारीविद् घनश्याम खतिवडालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । केही दिनदेखि कोरोनाको लक्षण देखिएपछि मोरङको लेटाङस्थित आफ्नै घरमा आइसोलेशनमा बस्नुभएका उहाँको स्वाब परिक्षणको नतिजामा कोरोना पोजेटिभ देखिएको हो । आज अपरान्ह प्राप्त कोरोना परिक्षणको नतिजामा पोजेटिभ पुष्टि भएको हो । मोरङको लेटाङस्थित घरमा दशैं मनाएर काठमाडौं फर्किनुभएका उहाँ पुनः लेटाङनै फकिए लगत्तै लक्षणहरु देखिएपछि हाल घरमै आइसोलेशनमा बस्नुभएको हो ।केही दिनदेखि कोरोनाको लक्षण देखिएपछि मोरङको लेटाङस्थित आफ्नै घरमा आइसोलेशनमा बस्नुभएका उहाँको स्वाब परिक्षणको नतिजामा पोजेटिभ देखिएको हो । आज प्राप्त कोरोना परिक्षणको नतिजामा पोजेटिभ पुष्टि भएको हो । काठमाडौंबाट गत सोमबार मोरङको लेटाङस्थित घर फर्कनुभएका सांसद खतिवडामा त्यसपछि कोरोनाको लक्षणहरु देखापरेको उहाँका जेठा छोरो नविन खतिवडाले जानकारी दिए । खतिवडाका जेठा छोरो र बुहारीमा पहिला कोरोना संक्रमण पुष्टि भएको थियो ।

“ गएको शनिवारबाट मलाई असजिलो भएपनि मौसमी ज्वरो मात्र भएको आशंकामा बुबासँगै हामी काठमाडौं आयौं तर यहाँ आएपछि मलाई असजिलो भएर जचाउँदा कोरोना पोजेटिभ देखियो,” नवीनले भने, “म बाटै बुवा र परिवारका अन्य सदस्यमा पनि लक्षण सरेको जस्तो लाग्यो ।” हाल लेटाङस्थित घरमै आराम गरिरहनुभएका सांसद खतिवडाको हिजो पीसीआर परीक्षण गरिएको थियो । उहाँकी पत्नीमा पनि कोरोनाको लक्षण देखिएपनि दुबैजनाको अवस्था सुधारोन्मुख रहेको नवीनले बताए । सांसद खतिवडामा ज्वरो, रुघाखोकीका साथै स्वाद थाहा नहुने समस्या रहेको पारिवारिक श्रोतले जनाएको छ । उहाँकी पत्नीको भने भोली स्वाब परिक्षण गरिने जानकारी प्राप्त भएको छ । प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य एवम् उक्त समिति अन्तर्गत सहकारी उपसमितिका संयोजक खतिवडा नेफ्स्कूनका पूर्व महासचिव समेत हुनुहुन्छ । नेफ्स्कून परिवार सांसद खतिवडा एवम् उहाँको परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप