काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को २९ औं वार्षिक साधारणसभा अन्तर्गत सातै प्रदेशमा बिस्तारित मञ्चहरु भोली कार्तिक २३ गते आइतबारबाट प्रारम्भ हुँदैछ । कोभिड–१९ को महामारीका बीच सदस्यको निर्णायक सभालाई सार्थक, विश्वसनीय, सहभागितामूलक र प्रजातान्त्रिक बनाउने अभियानसहित वित्तीय सहकारीहरुको मुलुकको एक मात्र केन्द्रीय निकायले सातै प्रदेशमा भौतिक एवम् अभौतिक बिस्तारित मञ्चको कार्यक्रम तय गरेको हो । कार्यक्रममा सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा र व्यवसाय तथा प्रशासन विभाग प्रमुख सञ्जयराज तिमल्सिना सहितको टोली आज प्रदेश नं १ को राजधानी बिराटनगर पुगेको छ भने बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष दिपक पनेरु भोली पुग्नुहुने छ ।
बिस्तारित मञ्चको कार्यक्रम अनुसार कार्तिक २४ गते प्रदेश नं २, कार्तिक २५ गते बागमती प्रदेश, २६ गते गण्डकी प्रदेश, २७ गते लुम्बिनी प्रदेश, मंसिर २ गते कर्णाली प्रदेश र ३ गते सुदूरपश्चिम प्रदेशमा बिस्तारित मञ्चका कार्यक्रमहरु तय भएका छन् भने साधारण सभाका निर्णयहरु एकीकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते आयोजना हुने छ ।
यसैबीच, नेफ्स्कूनका अध्यक्ष पौड्याल एवम् महासचिव अधिकारीले सबै बिस्तारित मञ्चहरुमा तत्तत् प्रदेशका सदस्य संघ संस्थाहरुबाट सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्नुभएको छ । उहाँहरुले विषम् परिस्थितिकाबीच सम्भव भएसम्म भौतिक र नभएको अवस्थामा अभौतिक माध्यमबाट भएपनि मञ्चमा सहभागिता जनाई संघको वार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतमा रचनात्मक र सुधारात्मक सल्लाह र सुझावको लागि अनुरोध समेत गर्नुभएको छ ।
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
११ दिन अगाडि
३ दिन अगाडि
२१ घण्टा अगाडि
१४ दिन अगाडि
११ दिन अगाडि