बागमती प्रदेश बचत संघको अध्यक्षमा सापकोटा निर्वाचित, नेफ्स्कून अध्यक्षद्वारा बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश बचत संघको अध्यक्षमा सापकोटा निर्वाचित, नेफ्स्कून अध्यक्षद्वारा बधाई तथा शुभकामना

काठमाडौं, २२ कार्तिक । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको प्रारम्भिक साधारण सभाबाट अध्यक्ष पदमा उद्दव सापकोटा निर्वाचन हुनुभएको छ । शनिबार बनेपामा सम्पन्न प्रारम्भिक साधारणसभाले अध्यक्षमा सापकोटालाई सर्वसम्मत चुनेको हो । उहाँ तदर्थ समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । प्रारम्भिक साधारणसभाबाट सचिव बाहेक १७ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । साधारणसभामा सचिव पदका लागि मात्र निर्वाचन भएको थियो ।
सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा राधा सिंतान, महासचिवमा जिवसराज खड्का, सचिवमा गोविन्द प्रसाद काफ्ले, कोषाध्यक्षमा टापबहादुर श्रेष्ठ रहनु भएको छ । सचिवमा गोविन्द काफ्ले र कमलराज अधिकारी बीच प्रतिस्पर्धा भएकोे थियो । अधिकारीले १२ मत र काफ्लेले ६३ मत प्राप्त गर्नुभएको थियो ।  यसैगरी, नवर्निवार्चित समितिको सदस्यहरूमा ईन्द्र घिमिरे, प्रकाश बञ्जारा, तेजन्द्रबहादुर खड्का, राधा कडरिया, कृष्ण गोविन्द लाखाजु, प्रदिप थापा, ठाकुरप्रसाद बाँस्कोटा, कृष्णहरि कोईराला, चक्रबहादुर बस्नेत, जगन्नाथ दाहाल, ओमप्रसाद आचार्य चयन हुनुभएको छ । त्यस्तै लेखा समितिको संयोजकमा केशवप्रसाद दंगाल र सदस्यहरूमा रमिला श्रेष्ठ र रमेश श्रेष्ठ चयन हुनुभएको छ ।
यसैबीच, निर्वाचित सञ्चालक समितिलाई नेफ्स्कूनका अध्यक्षले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ । अध्यक्ष पौड्यालले प्रदेश बचत संघसँगको सुमधुर सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब प्रसाद बडाल, वर्तमान अध्यक्ष मिनराज कडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु लगायतको सहभागिता थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप