नेफ्स्कूनको २९ औं साधारणसभा अन्तर्गत प्रदेशस्तरीय बिस्तारित मञ्च आजबाट सुरु, विराटनगरमा कार्यक्रम हुँदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको २९ औं साधारणसभा अन्तर्गत प्रदेशस्तरीय बिस्तारित मञ्च आजबाट सुरु, विराटनगरमा कार्यक्रम हुँदै 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को २९ औं वार्षिक साधारणसभा अन्तर्गत सातै प्रदेशमा आयोजना गरिने बिस्तारित मञ्चका कार्यक्रम आजबाट सुरु भएको छ । यस अन्तर्गत आज कार्तिक २३ गते आइतबार प्रदेश नं १ को राजधानी विराटनगरमा बिस्तारित मञ्चको कार्यक्रम सुरु भएको छ । 
 कोभिड–१९ को महामारीका बीच सदस्यको निर्णायक सभालाई सार्थक, विश्वसनीय, सहभागितामूलक र प्रजातान्त्रिक बनाउने अभियानसहित वित्तीय सहकारीहरुको मुलुकको एक मात्र केन्द्रीय निकायले सातै प्रदेशमा भौतिक एवम् अभौतिक बिस्तारित मञ्चको कार्यक्रम तय गरेको हो । कार्यक्रममा सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा र व्यवसाय तथा प्रशासन विभाग प्रमुख सञ्जयराज तिमल्सिना सहितको टोली हिजो  साँझ बिराटनगर पुगेको थियो भने बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष दिपक पनेरु आज बिहान पुग्नुभएको हो । स्वास्थ्य मापदण्ड परिपालनाका साथ आयोजना गरिएको कार्यक्रममा सीमित भौतिक उपस्थिति रहेको छ भने अभौतिक रुपमा जुम एप्लिेकशनबाट पनि सहभागिता रहेको छ ।

यसअघि आजै बिहान नेफ्स्कूनको विराटनगरस्थित सेवा केन्द्रको उद्घाटन भएको छ । नेफ्स्कूनका अध्यक्ष पौड्यालले उद्घाटन गर्नुभएको कार्यक्रममा संघ सञ्चालक समितिका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समिति संयोजक सहित सञ्चालकहरुको उपस्थिति थियो । सदस्य संघ संस्थाहरुको मागलाई सम्बोधन गर्दै नेफ्स्कूनले विराटनगरमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । 

साधारण सभा अन्तर्गत कार्तिक २४ गते प्रदेश नं २, कार्तिक २५ गते बागमती प्रदेश, २६ गते गण्डकी प्रदेश, २७ गते लुम्बिनी प्रदेश, मंसिर २ गते कर्णाली प्रदेश र ३ गते सुदूरपश्चिम प्रदेशमा  बिस्तारित मञ्चका कार्यक्रम तय भएका छन् भने साधारण सभाका निर्णयहरु एकीकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते काठमाडौंमा आयोजना हुने छ । 

नेफ्स्कूनले सबै बिस्तारित मञ्चहरुमा तत्तत् प्रदेश अन्तर्गतका सदस्य संघ संस्थाहरुबाट सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ । कोभिड १९ को विषम् परिस्थितिकाबीच सम्भव भएसम्म भौतिक र नभएको अवस्थामा अभौतिक माध्यमबाट भएपनि मञ्चमा सहभागिता जनाई संघको वार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतमा रचनात्मक र सुधारात्मक सल्लाह र सुझावको लागि नेफ्स्कूनले सम्बद्ध सबैसँग आग्रह गरेको हो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप