नेफ्स्कूनको २९ औं साधारणसभा अन्तर्गत प्रदेशस्तरीय बिस्तारित मञ्च आजबाट सुरु, विराटनगरमा कार्यक्रम हुँदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको २९ औं साधारणसभा अन्तर्गत प्रदेशस्तरीय बिस्तारित मञ्च आजबाट सुरु, विराटनगरमा कार्यक्रम हुँदै 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को २९ औं वार्षिक साधारणसभा अन्तर्गत सातै प्रदेशमा आयोजना गरिने बिस्तारित मञ्चका कार्यक्रम आजबाट सुरु भएको छ । यस अन्तर्गत आज कार्तिक २३ गते आइतबार प्रदेश नं १ को राजधानी विराटनगरमा बिस्तारित मञ्चको कार्यक्रम सुरु भएको छ । 
 कोभिड–१९ को महामारीका बीच सदस्यको निर्णायक सभालाई सार्थक, विश्वसनीय, सहभागितामूलक र प्रजातान्त्रिक बनाउने अभियानसहित वित्तीय सहकारीहरुको मुलुकको एक मात्र केन्द्रीय निकायले सातै प्रदेशमा भौतिक एवम् अभौतिक बिस्तारित मञ्चको कार्यक्रम तय गरेको हो । कार्यक्रममा सहभागिताका लागि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा र व्यवसाय तथा प्रशासन विभाग प्रमुख सञ्जयराज तिमल्सिना सहितको टोली हिजो  साँझ बिराटनगर पुगेको थियो भने बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष दिपक पनेरु आज बिहान पुग्नुभएको हो । स्वास्थ्य मापदण्ड परिपालनाका साथ आयोजना गरिएको कार्यक्रममा सीमित भौतिक उपस्थिति रहेको छ भने अभौतिक रुपमा जुम एप्लिेकशनबाट पनि सहभागिता रहेको छ ।

यसअघि आजै बिहान नेफ्स्कूनको विराटनगरस्थित सेवा केन्द्रको उद्घाटन भएको छ । नेफ्स्कूनका अध्यक्ष पौड्यालले उद्घाटन गर्नुभएको कार्यक्रममा संघ सञ्चालक समितिका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समिति संयोजक सहित सञ्चालकहरुको उपस्थिति थियो । सदस्य संघ संस्थाहरुको मागलाई सम्बोधन गर्दै नेफ्स्कूनले विराटनगरमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । 

साधारण सभा अन्तर्गत कार्तिक २४ गते प्रदेश नं २, कार्तिक २५ गते बागमती प्रदेश, २६ गते गण्डकी प्रदेश, २७ गते लुम्बिनी प्रदेश, मंसिर २ गते कर्णाली प्रदेश र ३ गते सुदूरपश्चिम प्रदेशमा  बिस्तारित मञ्चका कार्यक्रम तय भएका छन् भने साधारण सभाका निर्णयहरु एकीकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते काठमाडौंमा आयोजना हुने छ । 

नेफ्स्कूनले सबै बिस्तारित मञ्चहरुमा तत्तत् प्रदेश अन्तर्गतका सदस्य संघ संस्थाहरुबाट सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ । कोभिड १९ को विषम् परिस्थितिकाबीच सम्भव भएसम्म भौतिक र नभएको अवस्थामा अभौतिक माध्यमबाट भएपनि मञ्चमा सहभागिता जनाई संघको वार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतमा रचनात्मक र सुधारात्मक सल्लाह र सुझावको लागि नेफ्स्कूनले सम्बद्ध सबैसँग आग्रह गरेको हो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप