६ महिनाभित्र १ अर्बमाथिको वासलात पुर्याउँछौंः बागमती प्रोस्कून अध्यक्ष सापकोटा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६ महिनाभित्र १ अर्बमाथिको वासलात पुर्याउँछौंः बागमती प्रोस्कून अध्यक्ष सापकोटा

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) का नवनिर्वाचित प्रथम अध्यक्ष उद्धव सापकोटाले चालु आर्थिक वर्षको बाँकी समयभित्रमा संघमा कूल ७ सय ३० सदस्य संघ संस्था पुर्याइ १ अर्ब माथिको वासलात पुर्याउने लक्ष्य रहेको बताउनुभएको छ । अबको ६ महिना बढीको समयावधि भित्र ९ करोड रुपैयाँको शेयर तथा ९७ करोडको बचतसहित १ अर्ब माथिको कारोबार पुर्याउने योजना रहेको नवनियुक्त अध्यक्षले बताउनुभयो । हिजो काभ्रेको बनेपामा सम्पन्न बागमती प्रोस्कूनको प्रारम्भिक साधारण सभाले सापकोटाको अध्यक्षतमा सञ्चालक समिति र केशब प्रसाद दंगालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको थियो । सभाले तदर्थ समितिका समेत अध्यक्ष रहनुभएका सापकोटासहित अधिकांश सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको थियो । सचिव गोविन्द काफ्ले भने मतदानका आधारमा निर्वाचित हुनुभएको थियो ।

अध्यक्ष उद्धव सापकोटाले सबैको साथ र सहयोगका आधारमा तोकिएको समय अगावै संघले लक्ष्य हासिल गर्ने दाबी गर्नुभयो । “राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, जिल्ला संघहरु लगायत धेरै प्रारम्भिक संस्थाहरुको हामीलाई साथ र सहयोग छ,” नेफ्स्कूनका निवर्तमान सञ्चालक समेत रहनुभएका सापकोटाले भन्नुभयो, “यस किसिमको अभूतपूर्व साथ र सहयोगको बलमा हामी सजिलै र छिट्टै लक्ष्यमा पुग्छौं ।” हाल काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संघको काठमाडौं र हेटौडामा कार्यालय विस्तार गर्ने योजना रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

“हामीसँग नेफ्स्कूनकै सञ्चालकदेखि लिएर १३ वटा जिल्ला संघका अध्यक्ष एवम् प्रतिनिधिहरु, ब्राण्डेड संस्थाका सञ्चालक समितिका साथीहरुको सहभागिता भएकाले नर्वनिर्वाचित सञ्चालक समिति एकदमै सक्षम र जुझारु छ,” बनेपाको ज्योति मिर्मिरे साकोसका अध्यक्ष समेत रहनुभएका सापकोटाले  भन्नुभयो, “समावेशी, सहभागितामूलक र सक्रिय टीमले निर्धारित लक्ष्यहरु हासिल गर्ने कुरामा कुनै दुइमत छैन ।” यसका लागि बागमती प्रदेश र यस अन्तर्गतका स्थानीय सरकारहरुसँग रणनीतिक साझेदारीका आधारमा गर्ने योजना अध्यक्ष सापकोटाले सुनाउनुभयो । सहकारी शिक्षा, सुशासन, एकीकरण,सहकारीलाई उत्पादन प्रणालीसँग जोड्ने लगायतका आवश्यकता संघको प्राथमिकताका क्षेत्रहरु भएको उहाँले बताउनुभयो । 
कोभिड १९ को विषम परिस्थितिमा सदस्य संघ संस्थाहरुलाई आवश्यक वित्तीय गैरवित्तीय सबै सहयोगका साथै उनीहरुका माग सम्बोधन हुने किसिमिका नवीन कार्यक्रमहरु अघि सार्ने अध्यक्ष सापकोटाले बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशबप्रसाद बडाल, महासंघका अध्यक्ष मिनराज कडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु लगायतका अतिथिहरु सहभागी कार्यक्रममा बागमती प्रोस्कूनका ९२ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२२ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप