‘जनउत्थानलाई थप उचाइमा पुर्याउछौं’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘जनउत्थानलाई थप उचाइमा पुर्याउछौं’

काठमाडौं । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. कि नवनिर्वाचित अध्यक्ष ज्ञानु पौड्यालले कोभिड १९ को महामारीका बाबजूद संस्थालाई थप उचाइमा पुर्याउने बताउनुभएको छ । लगातार दोश्रो कार्यकालका लागि निर्वाचित हुनुभएकी पौड्यालले सक्षम सञ्चालक समितिको अथक परिश्रम र सक्रियताले संस्थाले आफ्नो गतिलाई थप तीब्र बनाउने दाबी गर्नुभएको हो । संस्थाको हिजो (कार्तिक २२ गते शनिबार) सम्पन्न १५ औं वार्षिक साधारणसभाले पौड्यालको अध्यक्षतामा आगामी ४ वर्षका लागि सर्वसम्मत् नयाँ सञ्चालक समिति चयन गरेको थियो । “क्षेत्रगत आधारमा समेत सर्वपक्षीय सहभागिता सुनिश्चित गरिएको नयाँ सञ्चालक समितिमा अनुभव, दक्षता र जाँगरको सम्मिश्रण छ,” उहाँले भन्नुभयो,“ यो समितिले संस्थाको छविलाई थप उजिल्याउन दिलोज्यान सहित काम गर्ने छ ।” 

“सञ्चालक समितिमा ५० प्रतिशत महिला सहभागिता छ जुन अत्यन्तै उत्साहप्रद हो,” अध्यक्ष पौड्यालले भन्नुभयो, “यसले सहकारी मात्र नभइ अन्य क्षेत्रका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।” महिलाहरु हरेक किसिमले नेतृत्व गर्न सक्षम भएको दाबी उहाँले गर्नुभयो । आफ्नो नेतृत्वमा पुनरावृत्तिलाई पनि सफलताको मानक मान्ने पौड्यालले भन्नुभयो, “प्रतिस्पर्धासँगै उचित अवसरहरु पाउने हो भने महिलाहरुले कुशलता प्रदर्शन गर्न सक्छन् ।” महिला भएकै आधारमा आफुलाई काम गर्न कुनै कठिनाइ नभएको बताउँदै उहाँले भन्नुभयो,“ नवीनता अगाँल्ने इच्छाशक्ति, निर्णय क्षमता, सहकार्य र समन्वयको भावना, इमान्दारी र सुशासन जस्ता विषयमा ज्ञान र सक्षमता हुने हो भने लैङ्गिक विषयले खासै फरक पार्दैन ।”

उहाँले संस्थाले २०७८ सालसम्मका लागि निर्धारण गरेको सदस्यता, सेयर, बचत आदि लक्ष्यहरु २०७७ सालमै पूरा गरेको बताउनुभयो । “यसले पनि हामीलाई थप काम गर्ने हौसला र आँट प्रदान गरेको छ ।” संस्थामा हाल २० हजार २ सय ३० सेयर सदस्य छन् भने १ अर्ब ९७ करोडको पुँजी छ । संस्थागत पुँजी बलियो रहेको संस्थाका ४ वटा सेवा केन्द्र रहेको संस्थामा गरी हाल ४१ जना कर्मचारी छन् । कोभिडको प्रभावका कारण ऋण लगानीमा केही असर गरेपनि व्यवसाय निरन्तरता योजना तयार पारेर कार्यान्वयनमा रहेकाले असर न्यूनीकरण गर्न सफल हुने दृढता उहाँले व्यक्त गर्नुभयो ।उहाँले सेयर सदस्यहरुको सन्तुष्टी र गुणस्तरीय सेवालाई पहिलो प्राथमिकता दिने बताउनुभयो ।

नेफ्स्कूनको सहयोग तथा एशियाली ऋण महासंघको संयोजनमा सञ्चालित एशिया प्रशान्त क्षेत्रीय साकोस गुणस्तरता कार्यक्रम एक्सेस तथा राष्ट्रिय गुणस्तर कार्यक्रम प्रोबेशन ब्राण्ड प्राप्त गर्न सफल जनउत्थानले उत्पादनमा जोडिन सामूहिक खेती कार्यक्रम पनि सञ्चालन गरेको छ जसको १० वर्षे कार्यविधि समेत बनाइसकेको छ । रुपन्देही जिल्लामै सहकारी एकीकरण कार्यक्रम सुरुवात गरेको संस्थाले हालसम्म ५ वटा संस्थासँग एकीकरण गरिसकेको छ भने आगामी दिनमा पनि एकीकरण कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने योजना अघि सारको अध्यक्ष पौड्यालले जानकारी गराउनुभयो ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप