नेफ्स्कूनद्वारा आयोजित प्रदेश नं. १ को प्रादेशिक विस्तारित मञ्च सदस्यहरुको उत्साहजनक सहभागिताका बीच सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा आयोजित प्रदेश नं. १ को प्रादेशिक विस्तारित मञ्च सदस्यहरुको उत्साहजनक सहभागिताका बीच सम्पन्न

नेफस्कून को २९औ बार्षिक साधारणसभा को पूर्वसन्ध्यामा प्रदेश नंं १ को राजधानी बिराटनगरमा हिजो सम्पन्न प्रदेश स्तरीय बिस्तारित मंच  भौतिक र अभौतिक रूपमा प्रतिनिधिहरुको उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ । कार्यक्रममा अभौतिक रुपमा भर्चुअल माध्यम मार्फत ७२ जना र भौतिक रुपमा २५ जना सदस्यहरुको उपस्थिति थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न विस्तारित मञ्चमा संघका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक, सञ्चालक समिति सदस्यहरु, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र स्थानीय सहकारी प्रतिनिधिहरुको उपस्थिति थियो ।


 
कार्यक्रमको उद्घाटन संघका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रम संम्बोधन गर्दै अध्यक्ष पौड्यालले संघले अगाडि सारेको ४ बर्षे रणनीतिक योजना र भावी कार्यदिशा सम्बन्धमा प्रकाश पार्नुभएको थियो । उहाँले सहकारीको वित्तीय सेवा प्रवाह साथै सुशासन मूल्यांकनको क्षेत्रमा प्रविधि विकासलाई जोड्न आग्रह गर्नुभएको थिया भने विद्यमान चुनौति र कठिनताका बीच सबलताको खोजी गरी प्रविधि प्रयोग र विकासमा अब नयाँ पुस्ता निर्माण गर्न फिनटेक एजुकेशनको आवश्यकताको चर्चा गर्नुभएको थियो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विराटनगर क्षेत्रका सहकारीले संघको सेवा सहजीकरणका लागि गर्नुभएको माग बमोजिम सेवा केन्द्र सुरु गरिएको र यसको  सफलताका लागि सम्पूर्ण सहकारीप्रतिनिधिहरुको साथ सहयोग आवश्यक रहेको औल्याउँदै सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । साकोस गुणस्तर सुनिश्चिताका कार्यक्रमहरुमा सहभागी भएर विराटनगर क्षेत्रका सहकारीहरु दिगो साकोस निर्माणको अभियानमा सरिक हुन आग्रह समेत गर्नुभयो । 

उपाध्यक्ष शान्ती अधिकारीले नीतिगत सहजीकरण, युवा उद्यमशीलता बृद्धि र समावेशी विकासका लागि विभिन्न साझेदार निकायहरुसँगको समन्वयमा संघले योजनाबद्ध कार्यक्रमहरु अगाडि बढाएको विषयमा जानकारी गराउनुभयो । 

महासचिव दामोदर अधिकारीले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक प्रतिवेदन तथा आ.ब. ०७७/०७८ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष दिपक पनेरुले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संघका सञ्चालक सदस्य गोमा नेपालले गर्नुभएको थियो भने सञ्चालक घनश्याम अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी प्रतिनिधिहरुबीच प्रस्तावित नीति तथा कार्यक्रम र प्रस्तुत प्रतिवेदनहरुमाथी छलफल तथा सुझाव संकलन गरिएको थियो । 

छलफलका क्रममा सहभागी साकोस प्रतिनिधि एवम् नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी सापकोटाले प्रतिवेदन उत्कृष्ट रहेको विचार व्यक्त गर्नुभएको थियो भने मनकामना साकोस प्रतिनिधि (अध्यक्ष) युवराज भट्टराइले साकोस एकीकरण प्रक्रियामा नेफ्स्कूनको बहस पैरवी आवश्यक रहेको विषयमा चर्चा गर्नुभएको थियो । त्यसैगरी भर्चुअल माध्यममार्फत कार्यक्रमका जोडिनुभएका साकोस प्रतिनिधिहरुले पनि जिज्ञासा तथा सुझावहरु राख्नुभएको थियो ।
 
यससँगै कार्यक्रममा संघको ३३औं स्थापना दिवसको अवसरमा गत साउन ३२ गते घोषणा गरिएको उत्कृष्ट संघ संस्था तथा व्यक्ति सम्मान पुरस्कार अन्तर्गत प्रदेश नंं. १ का विभिन्न विधामा उत्कृष्ट सहकारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत संघ संस्थाहरुमा सुनसरीस्थित किसान कल्याण साकोस नेफ्स्कून सर्वोत्कृष्ट पुरस्कार, दमकस्थित डाँफे साकोस प्रदेश स्तरीय (प्रदेश नं. १) उत्कृष्ट साकोस पुरस्कार र सामाजिक उत्तरदायित्व वहन प्रशंसा पुरस्कार अन्तर्गत झापा स्थित साहारा नेपाल साकोसलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

त्यसैगरी आइतबार विहान नै नेफ्स्कूनको सुनसरी फिल्ड कार्यालय अन्तरगत विराटनगर मोरङमा सेवा केन्द्र उद्घाटन गरिएको थियो । विराटनगर सेवा केन्द्रले आइतबार बाटै कारोबार शुभारम्भ गरेको छ । 

नेफ्स्कूनले २९ औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा कोभिड–१९ को महामारीका बीच सदस्यको निर्णायक सभालाई सार्थक, विश्वसनीय, सहभागितामूलक र प्रजातान्त्रिक बनाउने अभियानसहित कार्तिक २३ गतेदेखि सातै प्रदेशमा भौतिक एवम् अभौतिक बिस्तारित मञ्चको कार्यक्रम तय गरेको हो । विस्तरिच मञ्च अन्तर्गत आज प्रदेश नं २ मा कार्यक्रम भईरहेको छ । त्यसैगरी कार्तिक २५ गते बागमती प्रदेश, २६ गते गण्डकी प्रदेश, २७ गते लुम्बिनी प्रदेश, मंसिर २ गते कर्णाली प्रदेश र ३ गते सुदूरपश्चिम प्रदेशमा  बिस्तारित मञ्चका कार्यक्रम तय भएका छन् भने साधारण सभाका निर्णयहरु एकीकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते काठमाडौंमा आयोजना हुने कार्यक्रम छ । 

नेफ्स्कूनले सबै विस्तारित मञ्चहरुमा तत्तत् प्रदेश अन्तर्गतका सदस्य संघ संस्थाहरुबाट सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दै संघको बार्षिक साधारणसभा सम्बन्धी निर्माण गरिएको वेवसाइट http://agm.shutradhar.com.np/ मा राखिएका संघको बार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमा रचनात्मक र सुधारात्मक सल्लाह सुझावका लागि सबैसमक्ष आग्रह गरेको छ । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप