नेफ्स्कूनद्वारा आयोजित प्रदेश नं. २ को प्रादेशिक विस्तारित मञ्च सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा आयोजित प्रदेश नं. २ को प्रादेशिक विस्तारित मञ्च सम्पन्न

नेफस्कून को २९औ बार्षिक साधारणसभा को पूर्वसन्ध्यामा प्रदेश नंं २ अन्तर्गत आज बिरगञ्जमा आयोजित प्रदेश स्तरीय बिस्तारित मञ्च सदस्यहरुको भौतिक र भर्चुअल सहभागिताका बीच सम्पन्न भएको छ ।

कार्यक्रममा अभौतिक रुपमा भर्चुअल माध्यम मार्फत ५२ जना र भौतिक रुपमा ४० जना सदस्यहरुको उपस्थिति थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न विस्तारित मञ्चमा संघका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक, सञ्चालक समिति सदस्यहरु, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र स्थानीय सहकारी प्रतिनिधिहरुको उपस्थिति थियो । 

कार्यक्रमको उद्घाटन संघका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रम संम्बोधन गर्दै अध्यक्ष पौड्यालले संघले अगाडि सारेको ४ बर्षे रणनीतिक योजना र भावी कार्यदिशा सम्बन्धमा प्रकाश पार्नुभयो । 

उपाध्यक्ष शान्ती अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यमान विषम् परिस्थितिका बाबजुत पनि सदस्यहरुको निर्णायक सभालाई सार्थक, विश्वसनीय, र सहभागितामूलक बनाउन सहकारीकर्मीहरुको उपस्थिति, साथ/सहयोग र सकारात्मक सुझावहरु स्वागतयोग्य रहेको विचार व्यक्त गर्नुभयो । 

महासचिव दामोदर अधिकारीले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक प्रतिवेदन तथा आ.ब. ०७७/०७८ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष दिपक पनेरुले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मिश्रित रुपमा सहभागी प्रतिनिधिहरुबीच प्रस्तावित नीति तथा कार्यक्रम र प्रस्तुत प्रतिवेदनहरुमाथी छलफल तथा सुझाव संकलन गरिएको थियो । 

यससँगै कार्यक्रममा संघको ३३औं स्थापना दिवसको अवसरमा गत साउन ३२ गते घोषणा गरिएको उत्कृष्ट संघ संस्था तथा व्यक्ति सम्मान पुरस्कार अन्तर्गत प्रदेश नंं. २ का विभिन्न विधामा उत्कृष्ट सहकारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत संघ संस्थाहरुमा सर्लाहिस्थित सगुन साकोस नेफ्स्कून प्रदेश स्तरीय (प्रदेश नं. २) उत्कृष्ट साकोस पुरस्कार र सर्लाहिस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि.लाई संघको सेवा प्रयोगकर्ता मध्ये उत्कृष्ट नेकोस प्लस सफ्ट्वयर सेवा प्रयोगकर्ता को रुपमा नेफ्स्कून प्रशंसा पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि बिरगञ्ज फिल्ड कार्यालय अन्तर्गत उत्कृष्ट शेयर खरिदकर्तामा बिरगञ्ज साकोस र उत्कृष्ट बचतकर्तामा सनराईज नेपाल साकोस र श्रीनिधि साकोस, बिरगञ्ज पुरस्कृत भएका थिए । उत्कृष्ट ऋण लगानीतर्फ सेवा शुभारम्भ साकोस निजगढ र शिवम् साकोस बिरगञ्ज पुरस्कृत भए भने नविनतम प्रविधि प्रयोगमा गृहलक्ष्मी साकोस बिरगञ्जलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो ।    

नेफ्स्कूनले २९ औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा कोभिड–१९ को महामारीका बीच सदस्यको निर्णायक सभालाई विश्वसनीय, सहभागितामूलक र प्रजातान्त्रिक बनाउने अभियानसहित कार्तिक २३ गतेदेखि सातै प्रदेशमा भौतिक एवम् अभौतिक बिस्तारित मञ्चको कार्यक्रम तय गरेको हो । विस्तरिच मञ्च अन्तर्गत हिजो प्रदेश नं १ मा कार्यक्रम सम्पन्न भएको छ भने भोलि बागमती प्रदेशको विस्तारिच मञ्च कार्यक्रम आयोजना हुँदैछ ।

नेफ्स्कूनले सबै विस्तारित मञ्चहरुमा तत्तत् प्रदेश अन्तर्गतका सदस्य संघ संस्थाहरुबाट सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दै संघको बार्षिक साधारणसभा सम्बन्धी निर्माण गरिएको वेवसाइट मा राखिएका संघको बार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमा रचनात्मक र सुधारात्मक सल्लाह सुझावका लागि सबैसमक्ष आग्रह गरेको छ । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप