नेफ्स्कूनको २९ औं वार्षिक साधारणसभाः आज चितवनमा बिस्तारित मञ्च 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको २९ औं वार्षिक साधारणसभाः आज चितवनमा बिस्तारित मञ्च 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को २९ औं वार्षिक साधारणसभा अन्तर्गत आज बागमती प्रदेश स्तरीय बिस्तारित मञ्च आयोजना हुँदैछ । सातै प्रदेशमा आयोजना गरिने बिस्तारित मञ्चका कार्यक्रम अन्तर्गत अस्ति प्रदेशन नं १ को राजधानी बिराटनगर र हिजो दोस्रो दिन प्रदेश नं २ को वीरगञ्जमा  बिस्तारित मञ्चका कार्यक्रम उत्साहप्रद रुपमा सफलतापूर्वक सम्पन्न भएका छन् । आज बागमती प्रदेशको चितवनमा बिस्तारित मञ्चको पूर्व निर्धारित कार्यक्रम रहेको छ ।

अस्ति र हिजो जस्तै आजको बिस्तारित मञ्चमा पनि सीमित भौतिक तथा जुम एप्लिेकशनका माध्यमबाट अभौतिक रुपमा सहभागिताको व्यवस्था मिलाइएको छ । कार्यक्रममा सहभागिताका लागि नेफ्स्कून सञ्चालक समितिका पदाधिकारीहरु एवम् लेखा सुपरिवेक्षण समिति संयोजक सहित प्रशासन तथा समन्वय एवम् व्यवासय विभाग प्रमुख चितवन पुगिसक्नुभएको छ  भने संघका अन्य सञ्चालकहरु पनि कार्यक्रममा जोडिनुहुने छ । 

कोभिड–१९ को महामारीका बीच सदस्यको निर्णायक सभालाई सार्थक, विश्वसनीय, सहभागितामूलक र प्रजातान्त्रिक बनाउने अभियानसहित वित्तीय सहकारीहरुको मुलुकको एक मात्र विषयगत केन्द्रीय निकायले सातै प्रदेशमा भौतिक एवम् अभौतिक बिस्तारित मञ्चको कार्यक्रम तय गरेको हो । वार्षिक साधारणको कार्यक्रम अन्तर्गत भोली कार्तिक २६ गते गण्डकी प्रदेश, २७ गते लुम्बिनी प्रदेश, मंसिर २ गते कर्णाली प्रदेश र ३ गते सुदूरपश्चिम प्रदेशमा  बिस्तारित मञ्चका कार्यक्रम तय भएका छन् भने साधारण सभाका निर्णयहरु एकीकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते काठमाडौंमा आयोजना हुने छ । 

नेफ्स्कूनले सबै बिस्तारित मञ्चहरुमा तत्तत् प्रदेश अन्तर्गतका सदस्य संघ संस्थाहरुबाट सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ । कोभिड १९ को विषम् परिस्थितिकाबीच सम्भव भएसम्म भौतिक र नभएको अवस्थामा अभौतिक माध्यमबाट भएपनि मञ्चमा सहभागिता जनाई संघको वार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम, लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतमा रचनात्मक र सुधारात्मक सल्लाह र सुझावको लागि नेफ्स्कूनले सम्बद्ध सबैसँग आग्रह गरेको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप