सरोकारवालाहरुको सहयोगमा प्रदेश सहकारी संघ अघि बढ्छः रामशरण शर्मा घिमिरे
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सरोकारवालाहरुको सहयोगमा प्रदेश सहकारी संघ अघि बढ्छः रामशरण शर्मा घिमिरे

काठमाडौं । बागमती प्रदेश सहकारी संघका नवनिर्वाचित अध्यक्ष रामशरण शर्मा घिमिरेले नयाँ संघीय संरचना अनुरुप गठित संघ सरोकारवाला निकायहरुको साथ र सहयोगमा अघि बढ्ने बताउनुभएको छ । मुलुकको सन्दर्भमा प्रादेशिक सहकारी संघहरुको अवधारणा नौलो अनुभव भएको बताउँदै उहाँले प्रदेश र स्थानीय तहसँगै राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, जिल्ला विषयगत संघदेखि प्रारम्भिक संस्थाहरु सबैको सहयोग अपरिहार्य भएको धारणा राख्नुभयो ।

गत वर्ष असोज १ मा तदर्थ समिति बनाएको संघले गत साउन १४ गते विधिवत दर्ता प्रमाण पत्र प्राप्त गर्नुका साथै कार्तिक २२ र २३ गते ललितपुरमा प्रारम्भिक साधारण सभा सम्पन्न गरेको थियो ।  सभाले घिमिरेको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र नेत्रराज पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत् चयन गरेको हो । सभामा ५४ वटा जिल्ला विषयगत संघका प्रतिनधिहरुको सहभागिता थियो । बागमती प्रदेश सहकारी ऐन र नियमावली जारी भएसँगै औपचारिक रुपमा दर्ता भएको संघको तदर्थ समितिका अध्यक्ष समेत घिमिरे रहुनभएको थियो । तदर्थ समितिमा रहनुभएकाहरुमध्ये नयाँ सञ्चालक समितिमा २ पदमा नयाँ अनुहारले प्रवेश पाएको छ । 

सहकारीका जल्दाबल्दा मुद्दाहरुमा बहसपैरवी गर्ने प्रमुख योजना बोकेको संघले प्रदेशको हकमा नेतृत्व लिने जनाएको छ । यसका लागि केन्द्रीय र जिल्ला विषयगत संघहरुसँग नियमित अन्तरक्रिया गर्ने र सहकार्यका माध्यमबाट अघि बढ्ने कार्यक्रम अघि सारेको छ । हाललाई अन्तरलगानीको योजना नरहेको संघले अभियानका अन्य निकायहरुले गरेका राम्रा कुराहरुमा साथ समर्थन र निरन्तरता दिने स्पष्ट पारेको छ । यी लगायतका काम गर्न सक्षम सञ्चालक समिति निर्वाचित भएको अध्यक्ष घिमिरेको दाबी छ । 

नव निर्वाचित समितिमा प्रदेश अन्तर्गत १३ जिल्लामध्ये सिन्धुली, रामेछाप र रसुवाबाहेक सबै जिल्लाबाट प्रतिनिधित्व भएको अध्यक्ष घिमिरेले बताउनुभयो । । समितिमा जिल्ला संघको वहालवाला र पूर्व अध्यक्ष तथा सञ्चालकहरु सहित युवा जोश तथा पाको अनुभवको उचित सम्मिश्रण भएको उहाँले उल्लेख गर्नुभयो । संघको कार्यालय हाललाई ललितपुर जिल्ला संघमा रहने छ भने यो वर्ष कुनै कर्मचारी नियुक्त नगरी समितिले नै काम गर्ने मितव्ययी योजना रहेको अध्यक्ष घिमिरेले जानकारी गराउनुभयो । बागमती प्रदेश भित्रका १३ वटै जिल्लाका गरी कुल ३ सय सदस्य संख्या पु¥याउने लक्ष्य संघले लिएको छ । प्रारम्भिक २ सय र ८२  जिल्ला विषयगत संघ, विषयगत प्रदेश संघ सहित कुल ३ सय सदस्य संख्या पुर्याउने लक्ष्य संघको रहेको अध्यक्ष घिमिरेले जानकारी गराउनुभयो । विनियममै ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको संघको नवनिर्वाचित समितिमा ५ जना महिला निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा जगतलाल महर्जन, महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा भीम प्रसाद दाहाल, सचिवमा देवराज न्यौपाने र कोषाध्यक्षमा टीकाराम भट्टराई रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण नेपाल, कृष्णप्रसाद तिमिल्सीना, दीपक जंगम, दुर्गा सञ्जेल, दुर्गा कार्की, अम्बिका थापा, मेनुका दाहाल, बिमल ढकाल र विपिन शर्मा सर्वसम्मत् निर्वाचित हुनुभएको छ । नेत्रराज पौडेलको संयोजकत्व रहेको लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा लक्ष्मी गिरी र कुलप्रसाद देवकोटा हुनुहुन्छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप