वागमती प्रदेशको प्रादेशिक विस्तारित मञ्च सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वागमती प्रदेशको प्रादेशिक विस्तारित मञ्च सम्पन्न

नेफस्कून को २९औ बार्षिक साधारणसभा को पूर्वसन्ध्यामा आज बागमती प्रदेशमा आयोजित प्रदेश स्तरीय बिस्तारित मञ्च  भौतिक साथै अभौतिक रूपमा साकोस प्रतिनिधिहरुको उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ । कार्यक्रममा अभौतिक रुपमा भर्चुअल माध्यम मार्फत १७० जना र भौतिक रुपमा स्थानीय निकायको समन्वयमा स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गर्दै ९१ जना सदस्यहरुको उपस्थिति थियो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न विस्तारित मञ्चमा संघका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक, सञ्चालक समिति सदस्यहरु, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र स्थानीय सहकारी प्रतिनिधिहरुको उपस्थिति थियो । 

संघका अध्यक्ष परितोष पौड्यालले समसामयिक राष्ट्रिय परिस्थितिको आंकलन गर्दै अबको साकोस अभियानको गन्तव्य जागरण, सशक्तिकरण र व्यावसायिकरणको माध्यमबाट प्रत्येक सदस्यलाई आय र धन सृजनामा जोड्दै उद्यमशीलताको अभियानमार्फत अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, अबको युग डिजिटाइजेसनको युग हो, आजसम्म हामी एकाउन्टीङ सफ्ट्वयरमा मात्र सीमित छौं, अवको साकोस अभियान भनेको प्रविधिमार्फत सम्पूर्ण वित्तीय समाधानको अभियान हुनुपर्छ । त्यसका लागि संघले प्रविधिमा एउटै मात्र सोलुसनका लागि अध्ययन अगाडि बडाएको छ, पर्याप्त बजेट छुट्टयाएको छ, यसको विकल्पमा साकोस अभियानको यात्रा अगाडि बड्न सक्दैन ।  

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यक्रममा मिश्रित रुपमा सहभागी सम्पूर्ण सहकारीकर्मीहरुलाई अभौतिक उपस्थितिका बीच स्वागत गर्दै नेफ्स्कूनले तय गरेको भावी कार्यदिशाको पूर्णताका लागि अभियानको साथ, सहयोग र योगदानको निरन्तरताका लागि आग्रह गर्नुभयो ।  

उपाध्यक्ष शान्ती अधिकारीले नीतिगत सहजीकरण, युवा उद्यमशीलता बृद्धि र समावेशी विकासका लागि विभिन्न साझेदार निकायहरुसँगको समन्वयमा संघले योजनाबद्ध कार्यक्रमहरु अगाडि बढाएको विषयमा जानकारी गराउनुभयो । उहाँले कोभिड महामारीको विष्म परिस्थितिमा पनि एशियाली ऋण महासंघ, विश्व ऋण परिषद्सँगको निरन्तर सहकार्यबाटै वित्तीय व्यवस्थाप सहजीकरणका लागि प्राविधिक परामर्श लिइएको, व्यवसाय निरन्तरता योजना निर्माणका लागि सहजीकरण गरिएको विषयमा चर्चा गर्नुभयो ।  

महासचिव दामोदर अधिकारीले आर्थिक बर्ष २०७६ ०७७ को बार्षिक प्रतिवेदन तथा आ.ब. ०७७ ०७८ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुतिकरणका क्रममा महासचिव अधिकारीले बचत ऋण सहकारी अभियानको छवि स्थापित गर्न योगदान पुर्याउनुहुने अग्रजहरुप्रति स्मरण तथा सम्मान व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बचत ऋण सहकारी अभियानमा सुशासन र स्वनियमनको पाटोलाई आत्मसाथ गर्दै नेफ्स्कूनले विभिन्न सरोकारवाला निकायहरुसँग नीतिगत सहजीकरण र वहस पैरवीलाई निरन्तरता दिँदै आएको छ ।” यसप्रति अभियानको ऐक्यवद्धता सहित विपद्को घडीमा पनि सहकार्यमार्फत सामना शक्तिको विकास गर्न बचत ऋण अभियान एउटै परिवारको रुपमा अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको चर्चा गर्नुभयो ।

त्यसैगरी कोषाध्यक्ष दिपक पनेरुले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संघका सञ्चालक सदस्य विद्या कोइरालाले गर्नुभएको थियो ।

वागमती प्रदेश बचत संघका नवनिर्वाचित कोषाध्यक्ष टाप बहादुर श्रेष्ठले राज्यले लिएको पुनर्संरचनाको ढाँचा अनुरुप विकास भएका प्रदेश संघ, जिल्ला बचत संघ सँगको समन्वय र साझेदारीमा अगाडि बड्न नेफ्स्कूनको आगामी साधारणसभाले मार्ग प्रशस्त गरोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी प्रतिनिधिहरुले प्रस्तावित नीति तथा कार्यक्रम र प्रस्तुत प्रतिवेदनहरुमाथी सुझाव तथा प्रतिक्रिया राख्नुभएको थियो । 

यससँगै कार्यक्रममा संघको ३३औं स्थापना दिवसको अवसरमा गत साउन ३२ गते घोषणा गरिएको उत्कृष्ट संघ संस्था तथा व्यक्ति सम्मान पुरस्कार अन्तर्गत वागमती प्रदेशका विभिन्न विधामा उत्कृष्ट सहकारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम संघको २९औं बार्षिक साधारणसभाको अवसरमा मंसिर ५ गते केन्द्रीय कार्यालय काठमाडौंबाटै वितरणको कार्यक्रम तय भएको छ भने सहकारी अभियानको संस्थापक अध्यक्ष पुरस्कार तर्फ मकवानपुर जिल्ला बचत संघका निवर्तमान अध्यक्ष राधा सिन्तानलाई भने आजै सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । 

त्यसैगरी चितवन फिल्ड कार्यालय अन्तर्गत गैंडाकोट नवलपुरस्थित विकु साकोस उत्कृष्ट बचतकर्ता, रत्ननगर २ चितवनस्थित युनिक साकोस उत्कृष्ट शेयर सदस्य र भरतपुर–१० चितवनस्थित तारापुञ्ज साकोसलाई असल ऋणी सम्मान प्रदान गरिएको छ ।  

नेफ्स्कूनले २९ औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा कोभिड–१९ को महामारीका बीच सदस्यको निर्णायक सभालाई सार्थक, विश्वसनीय, सहभागितामूलक र प्रजातान्त्रिक बनाउने अभियानसहित कार्तिक २३ गतेदेखि सातै प्रदेशमा भौतिक एवम् अभौतिक बिस्तारित मञ्चको कार्यक्रम तय गरेको हो । विस्तरिच मञ्च अन्तर्गत आजसम्म प्रदेश नं १, २ र बागमती प्रदेशमा कार्यक्रम सम्पन्न भएको छ भने भोली गण्डकी प्रदेशमा विस्तारित मञ्चको कार्यक्रम तय भएको छ ।  त्यसैगरी २७ गते लुम्बिनी प्रदेश, मंसिर २ गते कर्णाली प्रदेश र ३ गते सुदूरपश्चिम प्रदेशमा बिस्तारित मञ्चका कार्यक्रम तय भएका छन् भने साधारण सभाका निर्णयहरु एकीकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते काठमाडौंमा आयोजना हुने कार्यक्रम छ । 
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप