दिगो साकोस अभियानका लागि स्तरीकरण अनिवार्य: अध्यक्ष पौड्याल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दिगो साकोस अभियानका लागि स्तरीकरण अनिवार्य: अध्यक्ष पौड्याल

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोस अभियानको दिगो उत्थानका निम्ति  स्तरीकरण मोडलको विकल्प नभएको बताउनुभएको छ । नेफस्कून को २९औ बार्षिक साधारणसभा को पूर्वसन्ध्यामा आज गण्डकी प्रदेशमा आयोजित प्रदेश स्तरीय बिस्तारित मञ्चलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष पौड्यालले भन्नुभयो, “साकोस सञ्जाललाई व्यवस्थित गर्न सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुले स्तरीकृत मापदण्ड पुरा गर्नुपछ, स्तरीकृत मापदण्डभित्र सम्पूर्ण साकोसहरुको पहूँच पुर्याउन संघले आधारशीला कार्यक्रमको थालनी गरेको छ ।” स्तरीकरण कार्यक्रम प्रवेशका क्रममा संस्थाहरुमा आइपर्ने जोखिम एवम् दुर्घटनाबाट संरक्षणका लागि संघले स्थिरीकरण कोष शुरुवात गरेको हो । यसबाट साकोसहरु एकीकृत मोडालिटीमा अगाडि बढ्न सहयोग पुग्छ, उहाँले जोड्नुभयो यदि साकोस स्तरीकरणमार्फत एकीकृत मोडालिटिमा जान सकिएन भने अबको १० बर्षमा संस्थाहरुमा ठूलो जोखिम तथा दुर्घटना निम्तिन सक्छ । 

सहकारीमा दोहोरो सदस्यताको विषयलाई लिएर सहभागी साकोस प्रतिनिधिहरुले उठाउनुभएको जिज्ञासाको सम्बोधनका क्रममा उहाँले भन्नुभयो,  “मानिसले छनौटको अधिकार पाउनुपर्छ, यदि एक संस्था एक सदस्य हो भने एकीकृत सहकारी सेवामा जानुपर्छ । ऐनमा भएको व्यवस्था परिपालना सबैको लागि बाध्यात्मक हुन्छ, ताकि त्यसका लागि सहकारीको सेवा एकीकृत गर्ने विषयपनि सँगसँगै अगाडि बड्नुपर्छ । 

अध्यक्ष पौड्यालले समसामयिक राष्ट्रिय परिस्थितिको आंकलन गर्दै अबको साकोस अभियानको गन्तव्य जागरण, सशक्तिकरण र व्यावसायिकरणको माध्यमबाट प्रत्येक सदस्यलाई आय र धन सृजनामा जोड्दै उद्यमशीलताको अभियानमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अबको युग डिजिटाइजेसनको युग हो, आजसम्म हामी एकाउन्टीङ सफ्ट्वयरमा मात्र सीमित छौं, अवको साकोस अभियान भनेको प्रविधिमार्फत सम्पूर्ण वित्तीय समाधान सहितको अभियान बन्नुपर्छ ।” 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सम्पन्न विस्तारित मञ्चमा संघका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका सदस्य, सञ्चालक समिति सदस्यहरु, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र स्थानीय सहकारी प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा अभौतिक रुपमा भर्चुअल माध्यम मार्फत ५० जना र भौतिक रुपमा स्थानीय निकायको समन्वयमा स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गर्दै ५५ जना सदस्यहरुको उपस्थिति थियो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभाको पूर्वसन्ध्यामा आयोजित विस्तारित मञ्चमा सदस्यहरुको उत्साहजनक भौतिक अभौतिक उपस्थिति प्रति हार्दिक धन्यवाद सहित स्वागत गर्दै नेफ्स्कूनले तय गरेको भावी कार्यदिशाको पूर्णताका लागि अभियानको साथ, सहयोग र योगदानको निरन्तरताका लागि आग्रह गर्नुभयो ।  

उपाध्यक्ष शान्ती अधिकारीले सहभागी प्रतिनिधिहरुको जिज्ञासालाई सम्बोधन गर्दै नीतिगत सहजीकरण, युवा उद्यमशीलता बृद्धि र समावेशी विकासका लागि विभिन्न साझेदार निकायहरुसँगको समन्वयमा संघले योजनाबद्ध कार्यक्रमहरु अगाडि बढाएको विषयमा जानकारी गराउनुभयो । उहाँले महिला सशक्तिकरण र व्यावसायिकता विकासका लागि सन् २००९ मा विश्व ऋण परिषद्ले शुरुगरेको विश्व महिला नेतृत्व सञ्जालसँग जोडिएर नेपालमा पनि सिस्टर सोसाइटी गठन गरिएको र महिला सहभागिता अभिबृद्धि गर्दै महिला सशक्तिकरण र नेतृत्व क्षमता विकासमा क्रियाशीलता बढाउन सबैको साथ सहयोगका लागि अपिल गर्नुभयो ।

महासचिव दामोदर अधिकारीले आर्थिक बर्ष २०७६ ०७७ को बार्षिक प्रतिवेदन तथा आ.ब. ०७७ ०७८ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुतिकरणका क्रममा महासचिव अधिकारीले बचत ऋण सहकारी अभियानको छवि स्थापित गर्न योगदान पुर्याउनुहुने अग्रजहरुप्रति स्मरण तथा सम्मान व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बचत ऋण सहकारी अभियानमा सुशासन र स्वनियमनको पाटोलाई आत्मसाथ गर्दै नेफ्स्कूनले विभिन्न सरोकारवाला निकायहरुसँग नीतिगत सहजीकरण र वहस पैरवीलाई निरन्तरता दिँदै आएको छ ।” यसप्रति अभियानको ऐक्यवद्धता सहित विपद्को घडीमा पनि सहकार्यमार्फत सामना शक्तिको विकास गर्न बचत ऋण अभियान एउटै परिवारको रुपमा अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको चर्चा गर्नुभयो ।                                  

त्यसैगरी कोषाध्यक्ष दिपक पनेरुले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका सदस्य सुशील बस्न्यातले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संघका सञ्चालक सदस्य कमदादेवी गिरीले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लि. कास्कीका अध्यक्ष रविरमण तिवारी, नेफ्स्कूनका सञ्चालक सदस्य चण्डीप्रसाद शर्मा पौडेल, पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक भीम गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभयको थियो ।  

कार्यक्रममा सहभागी प्रतिनिधिहरुले प्रस्तावित नीति तथा कार्यक्रम र प्रस्तुत प्रतिवेदनहरुमाथी सुझाव तथा प्रतिक्रिया राख्नुभएको थियो । 

प्रतिवेदनमाथि छलफलका क्रममा कास्की म्यानेजर्स क्लबका उपाध्यक्ष अपिल कोइराला, कर्मशील साकोस,    पोखराका अध्यक्ष एवम् जिल्ला सहकारी संघ कास्कीका सञ्चालक संगिता गौतम तिमिल्सिना, संगम साकोस पोखराका अध्यक्ष निरज थापा, दुग्ध बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि, लमजुङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगायतले प्रतिवेदन उत्कृष्ट रहेको विचार व्यक्त गर्दै संघलाई सकारात्मक सुझाव तथा प्रतिक्रियाहरु दिनुभएको थियो । 

यससँगै कार्यक्रममा संघको ३३औं स्थापना दिवसको अवसरमा गत साउन ३२ गते घोषणा गरिएको उत्कृष्ट संघ संस्था तथा व्यक्ति सम्मान पुरस्कार अन्तर्गत गण्डकी प्रदेशका विभिन्न विधामा उत्कृष्ट सहकारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत संघ संस्थाहरुमा गोरखास्थित भिमकुल साकोस प्रदेश स्तरीय (गण्डकी प्रदेश) उत्कृष्ट साकोस पुरस्कार, नेफ्स्कून प्रशंसा पुरस्कार अन्तर्गत उत्कृष्ट बचतकर्तामा पोखरा रोयल साकोस, पोखरा र साकोस एकीकरण अभियानमा उत्कृष्ट सिवाईसी साकोस, बागलुङ लाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । 

त्यसैगरी आज विहान नेफ्स्कूनको कास्की पोखरा फिल्ड कार्यालय अन्तरगत तनहुँको खैरेनिटारमा सेवा केन्द्र उद्घाटन गरिएको थियो । केन्द्रको उद्घाटन संघका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

नेफ्स्कूनले २९ औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा कोभिड–१९ को महामारीका बीच सदस्यको निर्णायक सभालाई सार्थक, विश्वसनीय, सहभागितामूलक र प्रजातान्त्रिक बनाउने अभियानसहित कार्तिक २३ गतेदेखि सातै प्रदेशमा भौतिक एवम् अभौतिक बिस्तारित मञ्चको कार्यक्रम तय गरेको हो । विस्तरिच मञ्च अन्तर्गत आजसम्म प्रदेश नं १, २, बागमती प्रदेश र गण्डकी प्रदेशमा कार्यक्रम सम्पन्न भएको छ भने भोली लुम्बिनी प्रदेश मा विस्तारित मञ्चको कार्यक्रम तय भएको छ ।  त्यसैगरी मंसिर २ गते कर्णाली प्रदेश र ३ गते सुदूरपश्चिम प्रदेशमा बिस्तारित मञ्चका कार्यक्रम तय भएका छन् भने साधारण सभाका निर्णयहरु एकीकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते काठमाडौंमा आयोजना हुने कार्यक्रम छ । 

भर्खरै
जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण
जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण

१६ घण्टा अगाडि

सहकारीमा सुशासन, सदस्यकेन्द्रित सेवा र एकीकरणमा जोड
सहकारीमा सुशासन, सदस्यकेन्द्रित सेवा र एकीकरणमा जोड

२ दिन अगाडि

ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव
ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव

२ दिन अगाडि

 नेफ्स्कूनद्वारा चमेली कल्याणकारी साकोसमा ‘स्क्यान’ अन्तर्गत स्थलगत सुपरीवेक्षण
 नेफ्स्कूनद्वारा चमेली कल्याणकारी साकोसमा ‘स्क्यान’ अन्तर्गत स्थलगत सुपरीवेक्षण

३ दिन अगाडि

प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 
प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 
सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

मधेस प्रदेशका चार सहकारी संस्थाको नेफ्स्कूनद्धारा अवलोकन 
मधेस प्रदेशका चार सहकारी संस्थाको नेफ्स्कूनद्धारा अवलोकन 

३ दिन अगाडि

उपकार साकोसमा स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न
उपकार साकोसमा स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 
प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 
शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

७ दिन अगाडि

सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 
सहयात्री साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव
ग्रामीण साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम व्यवस्थापनमा सुधारका सुझाव

२ दिन अगाडि

जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण
जोखिम व्यवस्थापन र सुशासन सुधारका लागि चौतारी साकोसमा सुपरिवेक्षण

१६ घण्टा अगाडि

सिद्धि गणेश साकोसद्वारा जोखिम पहिचान र व्यवस्थापनबारे नगरकोटमा कार्यशाला आयोजना
सिद्धि गणेश साकोसद्वारा जोखिम पहिचान र व्यवस्थापनबारे नगरकोटमा कार्यशाला आयोजना

८ दिन अगाडि

दिगोपना र सुशासन प्रवर्द्धनका लागि द गोर्खाज साकोसको सुपरिवेक्षण
दिगोपना र सुशासन प्रवर्द्धनका लागि द गोर्खाज साकोसको सुपरिवेक्षण

४ दिन अगाडि

स्क्यान कार्यक्रम सम्झौता साथै स्थलगत सुपरीवेक्षण झुले मिलन साकोसमा 
स्क्यान कार्यक्रम सम्झौता साथै स्थलगत सुपरीवेक्षण झुले मिलन साकोसमा 

२२ दिन अगाडि

पाठकबाट थप