काठमाडौं । नेफस्कून को २९औ बार्षिक साधारणसभा को पूर्वसन्ध्यामा आज लुम्बिनी प्रदेशमा आयोजित प्रदेश स्तरीय बिस्तारित मञ्च रुपन्देहीको बुटवलमा साकोस प्रतिनिधिहरुको उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ । सदस्यहरुको मिश्रित उपस्थिति रहेको उक्त कार्यक्रममा ४० जनाको भौतिक र जुम मार्फत ९६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय निकायको समन्वयमा स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरिएको थियो ।

नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न विस्तारित मञ्चमा संघका पदाधिकारी, सञ्चालक समिति सदस्यहरु, निवर्तमान सञ्चालक, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु, स्थानीय सहकारी प्रतिनिधिहरु, लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला बचत संघ र साकोसका प्रतिनिधिहरु, संघका प्रशासन तथा व्यवसाय विभाग प्रमुख लगायत फिल्ड व्यवस्थापन कर्मचारीहरुको उपस्थिति थियो ।
कार्यक्रम उद्घाटन संघका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । कार्यक्रम सम्बोधनका क्रममा अध्यक्ष पौड्यालले वित्तीय सहकारीमा समावेशी विकास र स्मार्ट सेवाका लागि उच्चस्तरीय प्रविधि प्रयोग र कुशल व्यवस्थापन प्रणालीको आवश्यकताको चर्चा गर्नुभयो । उहाँले अब प्रत्येक साकोस वित्तीय उपलब्धतासँग जोडिएर सदस्यहरुका सबै किसिमका सीप, ज्ञान र उद्यमशीलता विकासका आयामहरु पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जोड्नुभयो, “अहिले राष्ट्रिय युवा परिषद्, अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल (आइएलओ) र नेफ्स्कूनको संयुक्त आयोजनामा ७५ जना युवा जनशक्तिलाई १० दिने उच्चस्तरको उद्यमशीलता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिँदैछ,
उक्त जनशक्तिले सहकारी मार्फत उद्यमशीलता विकासका सम्भावना, उत्पादन र उद्यमशीलता निर्माणका लागि सहयोगी भूमिका खेल्नेछ ।”
बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कूनले जारी गरेको महामारीमा साधारणसभा सञ्चालन सम्बन्धी मार्गनिर्देशन, विभाग समक्ष पेश गरेको नमूना कार्यविधि र सहकारी विभागद्वारा जारी साधारणसभा सञ्चालन सम्बन्धी कार्यविधिलाई आधार मानेर तय गरिएका विस्तारित मञ्चको कार्यक्रम आज पाँचौ दिनसम्म आइपुग्दा सहकारीका साथीहरुको उत्साहजनक र क्रियाशिल सहभागिताले मुर्त रुप लिएको बताउनुभयो । उहाँले अभियानलाई बलियो बनाउन सदस्यहरुको निरन्तरको साथ सहयोग र रचनात्मक सुझाव सल्लाहबाट साकोस अभियानको दिगो विकासका लागि सामुहिक ऐक्यवद्धता जाहेर भएको चर्चा गर्दै मंसिर ४ गतेसम्म अभियानमार्फत संघले रचनात्मक र सकारात्मक सुझावको अपेक्षा गरेको बताउनुभयो ।
महासचिव दामोद
र अधिकारीले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक प्रतिवेदन तथा आ.ब. ०७७/०७८ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुतिकरणका क्रममा महासचिव अधिकारीले बचत ऋण सहकारी अभियानको छवि स्थापित गर्न योगदान पुर्याउनुहुने अग्रजहरुप्रति स्मरण तथा सम्मान व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बचत ऋण सहकारी अभियानमा सुशासन र स्वनियमनको पाटोलाई आत्मसाथ गर्दै नेफ्स्कूनले विभिन्न सरोकारवाला निकायहरुसँग नीतिगत सहजीकरण र वहस पैरवीलाई निरन्तरता दिँदै आएको छ ।” यसप्रति अभियानको ऐक्यवद्धता सहित विपद्को घडीमा पनि सहकार्यमार्फत सामना शक्तिको विकास गर्न बचत ऋण अभियान एउटै परिवारको रुपमा अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको चर्चा गर्नुभयो । उहाँले नेफ्स्कूनले सञ्चालनमा ल्याएको साकोस आवाज डिजिटल पत्रिका, त्रैमासिक बुलेटिन प्रकाशन र युट्य्ुब च्यानल समग्र सहकारी अभियानको सूचना तथा जानकारी प्रकाशन प्रसारणको माध्यम भएकोले अभियानका सम्पूर्ण सूचना तथा जानकारीहरु प्रकाशन प्रसारणमा ल्याउन र अपनत्व कायम गर्न आग्रह गर्नुभएको थियो । 
त्यसैगरी कोषाध्यक्ष दिपक पनेरुले कोषाध्यक्षको प्रतिवेदनको संक्षिप्त जानकारी गराउँदै विपद्को समयमा सहकारी अभियानलाई गति प्रदान गर्न सम्पूर्ण सहकारी अभियानकर्मीहरुले आ–आफ्नो ठाउँबाट सल्लाह सुझाव र प्रतिक्रिया सहित प्रभावकारी कार्यसञ्चालनमा जोड दिन अनुरोध गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका सदस्य शुसील कुमार बस्नेतले अभौतिक उपस्थिति (जुम एप्लिकेसन्स्) मार्फत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संघका सञ्चालक सदस्य सन्दीप सापकोटाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नवलपरासी बचत संघका अध्यक्ष राजन आचार्यले शुभकामना मतव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा भौतिक एवम् अभौतिक रुपमा सहभागी साकोस प्रतिनिधिहरुले प्रस्तावित नीति तथा कार्यक्रम र प्रस्तुत प्रतिवेदनहरुमाथी छलफल गर्नुभएको थियो । साथै रामपुर साकोस, पाल्पा, जनएकता साकोस रोल्पा, नागरिक साकोस, सस्ता–१, नवलपरासी, कोलिय देवदह साकोसका प्रतिनिधि एवम् व्यवस्थापक लगायत अभौतिक रुपमा जोडिनुभएका साकोस प्रतिनिधिहरुले प्रस्तुत प्रतिवेदनहरु उत्कृष्ट रहेको, कार्यक्रमहरु प्रभावकारी रहेको र कार्यान्वयन पक्ष बलियो हुनुपर्ने सुझाव एवम् प्रतिक्रिया दिनुभएको थियो ।
संघका उपाध्यक्ष शान्ति अधिका
रीले कार्यक्रमको समापन गर्दै सभामा सहभागी प्रतिनि
धिहरुद्वारा उठेका जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो ।
यससँगै कार्यक्रममा संघको ३३औं स्थापना दिवसको अवसरमा गत साउन ३२ गते घोषणा गरिएको उत्कृष्ट संघ संस्था तथा व्यक्ति सम्मान पुरस्कार अन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न विधामा उत्कृष्ट सहकारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत संघ संस्थाहरुमा बर्दियास्थित हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसलाई प्रदेश स्तरीय (लुम्बिनी प्रदेश) उत्कृष्ट साकोस, रुपन्देहीस्थित लुम्बिनी साकोसलाई नेफ्स्कून प्रशंसा पुरस्कार (उत्कृष्ट सेयर खरिदकर्ता) र महामारीमा उत्कृष्ट सेवा प्रदान गरेकोमा जनउत्थान साकोस रुपन्देहीलाई नेफ्स्कून प्रशंसा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
नेफ्स्कूनले २९ औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा कोभिड–१९ को महामारीका बीच सदस्यको निर्णायक सभालाई सार्थक, विश्वसनीय, सहभागितामूलक र प्रजातान्त्रिक बनाउने अभियानसहित कार्तिक २३ गतेदेखि सातै प्रदेशमा भौतिक एवम् अभौतिक उपस्थितिका बीच बिस्तारित मञ्चको कार्यक्रम तय गरेको हो । विस्तरित मञ्च अन्तर्गत आज पाँचौ दिनसम्म आइपुग्दा प्रदेश नं १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न भएको छ भने संघले तिहार लगत्तै मंसिर २ गते कर्णाली प्रदेश र ३ गते सुदूरपश्चिम प्रदेशमा बिस्तारित मञ्चको कार्यक्रम तय गरेको छ । साथै साधारण सभाका निर्णयहरु एकीकरण गर्ने अन्तिम बैठक मंसिर ५ गते काठमाडौंमा आयोजना हुने कार्यक्रम रहेको छ ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२७ दिन अगाडि