उद्यमशिलता विकासको राष्ट्रिय अभियानमा सहकार्य गर्न ५ ठूला निकाय सहमत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमशिलता विकासको राष्ट्रिय अभियानमा सहकार्य गर्न ५ ठूला निकाय सहमत

नगरकोट, भक्तपुर । उद्यमशिलता विकासको दीर्घकालीन रणनीतिक मार्गचित्र सहित अघि बढ्ने विषयमा नेफ्स्कून, राष्ट्रिय युवा परिषद्, अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल, गरिबी निवारण कोष र सीटीइभीटीबीच सैद्धान्तिक सहमति भएको छ । यो अभिायनलाई सरकार, नेपाल राष्ट्र बैंक लगायतले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । खासगरी कोभिड प्रभावित अवस्थामा मुलुकको आर्थिक समृद्धिको एकमात्र आधार उद्यमशीलता भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारीमा सहकार्यमार्फत मुलुकको समृद्धिको यात्रा तय गर्ने विषयमा प्रतिष्ठित निकायहरुबीच सहमतिको खाका तयार भएको हो ।

“समृद्धिको यात्राको मार्गचित्र उद्यमशीलता मार्फत सम्भव भएकाले यसतर्फ चालिने कुनै पनि कदममा सरकार सहयात्री बन्न तयार छ” भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भन्नुभयो, “राष्ट्रिय युवा परिषद्, नेफ्स्कून र आइएलोले यस दिशामा चालेको कदम प्रशंसनीय छ ।” युवा लक्षित उद्यमशीलता विकासको राष्ट्रिय अयिभानको सुरुवाती कार्यक्रममा रुपमा नेपालमा पहिलो पल्ट आयोजना गरिएको १० दिने .“उद्यमशिलता विकास प्रशिक्षक प्रशिक्षण (एसवाइबी जीवाइबी टट) .कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि मन्त्री अर्यालले सहकारीलाई उत्पादनमा जोड्ने विषय आफुले धेरै पहिलादेखि जोड दिदैं आएको दोहोर्याउनुभयो । भर्चुअल माध्यमबाट जोडिनुभएकी मन्त्री अर्यालले भन्नुभयो,“ नेफ्स्कून, युवा परिषद्, आइएलओ नेपाल, सीटीइभीटी र गरिबी निवारण कोषबीचको रणनीतिक मार्गचित्र कोशेढुङ्गो सावित हुने विश्वास गर्दछु ।”

भर्चुअल माध्यमबाटै जोडिनुभएका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्यमशिलता विकासका लागि सहुलितयपूर्ण कर्जा उपलब्ध गराउने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत बैक तथा वित्तीय संस्थाहरुले छुट्टाएको रकमको केही अंश यो अभियानमा सहयोग गर्ने विषयमा आफु सकारात्मक रहेका धारणा राख्नुभयो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्यमशीलता विकासमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्ने वृहत् अभियानमा ५ ठूला निकायबीचको रणनीतिक सहमतिले मुलुकको कायापलट हुने दाबी गर्नुभयो । “समृद्धिको यात्रामा दीर्घकालिन सहयात्रामा हामी छौं,” उहाँले भन्नुभयो, “यो सहकार्य केवल १० दिने तालिमको लागि मात्र होइन, यो त सुरुवात मात्र हो,” अध्यक्ष पौड्यालले भन्नुभयो,“ हामी चिरस्थायी यात्रारम्भ गर्दैछौं ।”  

मुलुकभरका वित्तीय सहकारीहरुको एकमात्र निकाय नेफ्स्कूनले सदस्य संस्थाहरुमार्फत उत्पादन, स्वरोजगार सृजना र उद्यमशीलता विकासका लागि पछिल्लो समयमा एशियाली ऋण महासंघ र आइएलओसँग मिलेर व्यवसाय विकास सेवाको अवधारणामा काम गरिहेको परिप्रेक्ष्यमा फराकिलो सहकार्यका माध्यमबाट देशका विभिन्न भागका युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले युवा परिषद्, गरिबी निवारण कोष र सीटीइभीटीसँग आन्तरिक छलफललाई तीब्र बनाउँदै आएको थियो । यसैको फलस्वरुप पहिलो कदमको रुपमा मुलुकभर उद्यमीहरु तयार पार्ने उद्देश्यका साथ भक्तपुरको नगरकोटमा टट कार्यक्रम आयोजना गरिएको हो । यो तालिम प्राप्त गरेका करिब ७० जनाले मुलुकभर स्थानीय निकायहरुसँगको समन्वयमा थप उद्यमीहरु तयार पार्ने अभियानमा जुट्नेछन् । सहकारी मार्फत गरिबी निवारणका क्षेत्रमा युवा लक्षित स्वरोजगारका कार्यक्रमहरु सञ्चालनका लागि एकीकृत अवधारणा सहित अघि बढ्ने ऐक्यबद्धता सरोकारवाला निकायहरुबीच केही समयअघिको औपचारिक अनौपचारिक छलफलमा समेत व्यक्त भएको थियो । 

परिषद् र गरिबी निवारण कोषसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीइभीटी र वित्तीय सहकारीको माउ संघ नेफ्स्कूनबीच रणनीतिक साझेदारीको विकल्प  नभएको भन्दै त्यसको सहजिकरण राष्ट्रिय युवा परिषद्ले गर्ने धारणा अध्यक्ष माधव ढुङ्गेलले गर्नुभयो । “युवा उद्यमशीलता तथा स्वरोजगारी सृजना मात्र होइन लक्षित युवा समूहहरुको पहिचानमा पनि सहकारी जत्तिको जनस्तरले पत्याएको अन्य निकाय छैन,” उहाँले भन्नुभयो, “सहकारी भनेको जनताबाटै बनेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गतका बैक वित्तीय संस्थाका कोषलाई राज्यको सहुलितय कर्जा प्रवाहको योजनासँग जोडेर अघि बढ्ने हो भने एकैपटक लाखौं रोजगारी सृजना मात्रै होइन आर्थिक क्रान्ति गर्न सकिन्छ ।” त्यसको लागि सहकारी सशक्त माध्यम हुन्छ भन्ने कुरामा कुनै दुईमत नरहेको उहाँको दाबी थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा युवा स्वरोजगारको कार्यक्रमको माध्यमबाट थप १२ हजार गरिबका लागि लघु उद्यम लगायतका क्षेत्रबाट १ लाख २७ हजार रोजगारी सृजना गरिने उल्लेख गरेको छ । त्यसैगरी, गरिबी निवारण कोषद्धारा प्रवाहित ६४ जिल्लाका ३२ हजार भन्दा बढी सामुदायिक संस्थाले परिचालन गरेको १९ अर्बको घुम्ती कोषलाई बीउ पुँजीका रुपमा प्रयोग गरी स्थानीय स्तरमा आर्थिक गतिविधि सञ्चालन गर्न ती संस्थालाई सहकारी प्रणालीमा रुपान्तरण गरिने बजेटमा उल्लेख गरिएको छ । यसबाट कृषि, लघु तथा साना उद्योगका क्षेत्रमा थप १ लाख ५० हजार रोजगारी सृजना गरिने बजेटेले बोलेको छ ।

राष्ट्रिय युवा परिषद्ले लक्षित युवाहरुको पहिचान गर्ने, उनीहरुलाई आवश्यक सीप विकासका लागि सीटीइभीटीले तालिम तथा व्यावसायिक शिक्षा प्रदान गर्ने र सहकारीले सहुलियत कर्जा मार्फत उद्यमशीलता सृजना गर्ने सम्भावना प्रचुर छ । युवाहरुलाई स्थानीय परिवेश र आवश्यकताका आधारमा सीप विकासमा सीटीइभीटीले काम गर्ने परिषद्का उपाध्यक्ष खगेन्द्र अधिकारीले बताउनुभयो । 

गरिबी निवारण कोषले आफ्ना कार्यक्रमहरु सञ्चालन गरेका ६४ जिल्लाका ३२ हजार भन्दा बढी सामुदायिक संस्थालाई सहकारी प्रणालीमा रुपान्तरण गरी तिनको सञ्चालन र व्यवस्थापनमा युवा सहभागिता बढाउन सकिने धारणा गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले राख्नुभयो । उहाँले भन्नुभयो, “ कोषसँग छरिएर रहेको १९ अर्बलाई केन्द्रिकृत गरी वर्तमान परिस्थिति अनुरुप गरिब घर परिवारका युवाहरुलाई रोजगारी सृजनाको अवसर प्रदान गर्ने, नेतृत्व र व्यवस्थापकीय क्षमता बढाउने काममा सहकारीमार्फत पुँजीको परिचालन गर्न सकिन्छ ।” 

आइएलओ नेपालका राष्ट्रिय कार्यक्रम संयोजक नवीन कर्णले युवा उद्यमशिलता विकासका लागि गरिने कुनै पनि काममा सहकार्य, समन्वय र सहयोग गर्न आइएलओ तयार रहेको बताउनुभयो । “उद्यमशिलताको तालिम लिएर मात्र नभई व्यवहारमा कार्यान्वयन गर्ने तिर सबैको ध्यान जानुपर्छ” उहाँले भन्नुभयो, “तालिमको स्रोत व्यक्तिहरुले पनि स्थानीय निकायमा गएर उद्यमीहरु विकास गर्ने काममा लाग्नुपर्छ ।” युवा परिषद्, नेफ्स्कून, सीटीइभीटी र गरिबी निवारण कोषसँग सहकार्यमा माध्यमबाट उद्यमशिलताका क्षेत्रमा काम गर्न आइएलओ प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्, नेफ्स्कून र आइएलओ (आर्थिक एवम् प्राविधिकसहयोग) नेपालको संयुक्त साझेदारीमा आयोजित  १० दिने तालिम कार्यक्रमले कुनाकाप्चामा बसेका, थोरै पुँजी भएका, केही गर्न चाहने, कोभिडका कारण रोजगारी गुमाएकाहरुलाई उद्यमी बनाउनका लागि स्थानीय तहसँगको सहकार्यमा प्रशिक्षण दिन सक्षम प्रशिक्षकहरु तयार गरेको छ । तालिम प्राप्त गरेपछि  प्रशिक्षितहरुले स्थानीय तहमै बसेर उद्यमशीलता विकासको लागि काम गर्नुपर्ने छ । स्वरोजगारका कामहरु, उत्पादनलाई बजारसम्म पुर्याउने काममा पनि सहजिकरण गर्ने लगायत समग्र काममा प्रशिक्षकहरुको भूमिका हुन्छ । तालिममा उद्यमी बनाउन, उद्यमशीलता विकास गर्न के गर्नुपर्छ भन्ने भरपूर अभ्यास गराइएको छ भने व्यवसाय सुरु गर्नुपूर्व त्यसलाई प्रभावकारी बनाउन व्यावसायिक योजनाका कुराहरु पनि समेटिएको सहभागीहरुले बताएका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप