सुर्खेतमा सहकारी एकीकरणको लहर  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा सहकारी एकीकरणको लहर  

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो समय सहकारी एकीकरणको लहर चलेको छ । एकीकरणमार्फत फराकिलो कार्यक्षेत्र, सदस्य पहुँचमा वृद्धि र प्रविधिमा नवीनता पस्कने अठोटका साथ जिल्लाका सहकारीहरु त्यसप्रति उत्साहित भएका हुन् । हिजो मात्र नेफ्स्कूनमा आबद्ध ४ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबीच विधिवत् एकीकरण भएको थियो भने असोज २२ गते ४ वटा सहकारी संस्थाहरु र कार्तिक २४ मा ३ वटा सहकारीबीच एकीकरण भएको थियो । सरकारले सदस्य माग र चाहनाको सम्बोधनका लागि सहकारी संस्थाहरुको एकीकरणमा जोड दिएसँगै सुर्खेतमा पनि एकीकरणको लहर बढेको हो ।

पछिल्लो पटक हिजो गंगामाला, प्रभात महिला, दिगोशान्ति नवज्योति र शान्तिनगर बचत तथा ऋण सहकारी संस्थाहरुबीच एकीकरण भई गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि.,भेरीगंगा–१२ सुर्खेतले सहकारी विभागबाट विधिवत् दर्ता प्रमाण पत्र प्राप्त गरेको छ । एकीकृत संस्थाका व्यवस्थापक हिरालाल घर्तीका अनुसार अब संस्थामा ६ हजार ७ सय सदस्य र साढे ३६ करोड पुँजी पुगेको छ । ७५ प्रतिशत महिला सहभागिता रहेको साकोसमा मुख्य कार्यालय बाहेक ४ वटा सेवा केन्द्र रहेको व्यवस्थापक घर्तीले बताउनुभयो । 

यसअघि गएको असोजमा वीरेन्द्रनगर साकोस, पञ्चज्योति साकोस, जनमैत्री बहुउद्देश्यीय सहकारी संस्था र आफन्त ग्रामीण कृषि तथा पशुपालन सहकारी संस्था लि एकीकरण भई गत कार्तिक १६ गतेबाट वीरेन्द्रनगर साकोसको नामबाट एकीकृत कारोबार सञ्चालन गरेको एकीकृत संस्थाका अध्यक्ष बम बहादुर बीसीले जानकारी गराउनुभयो । उहाँले भोलीबाट एकीकृत संस्थाको सेवा केन्द्र सञ्चालनमा आउने तयारी भएको बताउनुभयो । “जिल्लामा हामीले एकीकरणको अभ्यास सुरुवात गरेका हौं, ” अध्यक्ष बीसीले भन्नुभयो,“ हामी पछि अरु ३ संस्थाबीच एकीकरण भएको थियो भने पछिल्लो पटक गंगामाया लगायतका ४ साकोसहरुबीच एकीकरण भएको हो ।” सुर्खेत जिल्ला भर कार्यक्षेत्र रहेको वीरेन्द्रनगर साकोसको सदस्य संख्या १३ हजार ५ सय ८५ पुगेको छ भने पुँजी ५९ करोड ९१ लख ८१ हजार ६ सय ५६ पुगेको छ । हाल ५३ करोड ऋण लगानी रहेको संस्थामा महिला सदस्य सहभागिता ६५ प्रतिशत रहेको अध्यक्ष बीसीले उल्लेख गर्नुभयो ।

 त्यसपछि कार्तिकमा जनजागरण, नमूना र जीवनसहारा साकोस एकीकृत भई शुभ साकोसको रुपमा कारोबार सञ्चालन गरेको संस्थाका व्यवस्थापक गणेश कुमार चन्दले जानकारी दिनुभयो । “२०७५ साल साउन १० मा जनहित, जनसेवा, जागरण महिला एकीकृत भई जनजागरण बचत तथा ऋण सहकारीको रुपमा कारोबार सुरु गरेका थियौं,” व्यवस्थापक चन्दले भन्नुभयो,“पछि अरु २ वटा सँग मिलेर शुभ साकोसको रुपमा कारोबार सञ्चालन गरेका हौं ।” एकीकरण पछि शुभ साकोसको कूल सदस्य संख्या ३१ सय र पुँजी २० करोड रुपैयाँ पुगेको उहाँले बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप