अन्तर सहकारी कारोबार र निक्षेप सुरक्षण कोष सम्बन्धी मस्यौदा कार्यविधिमा चितवनमा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 अन्तर सहकारी कारोबार र निक्षेप सुरक्षण कोष सम्बन्धी मस्यौदा कार्यविधिमा चितवनमा छलफल

चितवन । नेफ्स्कूनको आयोजना तथा अन्तराष्ट्रिय श्रम सगंठन नेपालको सहयोगमा सहकारी ऐन २०७४ को दफा १०१ को अन्तर सहकारी कारोबार सम्बन्धी सरोकारवालाहरुसँग परामर्श कार्यशाला र निक्षेप सुरक्षण कोष मस्यौदा कार्यविधि सम्बन्धी छलफल कार्यक्रम चितवनको भरतपुरमा हिजो सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले अन्तर सहकारी कारोबार सम्बन्धमा नेफ्स्कुनले गरेका पहलकदमीहरुका साथै बचत ऋण सहकारी अभियानका समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो । उहाँले नेफ्स्कूनले अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको वित्तीय सहयोगमा सहकारी ऐन र नियमावलीमा समावेश विभिन्न ६ वटा विषय समेटर मस्यौदा कार्यविधि तयार गरेको र तिनलाई अन्तिम रुप समेत दिने काम भैरहेको बताउनुभयो । उहाँले सहकारीकर्मीहरुका साझा विषयमा देशव्यापी राय, सुझाव लिने उद्देश्यका साथ चितवनमा पनि यो कार्यक्रम राखिएको बताउनुभयो । अध्यक्ष पौड्यालले सबैको सुझावहरु समेटेर सबै मस्यौदा कार्यविधि भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयलाई आगामी साता नै बुझाइने जानकारी समेत गराउनुभयो । उहाँले सरकारले पनि सहकारी ऐन कार्यान्वयनका सम्बन्धमा बिशेष चासो लिनुपर्ने भन्दै अभियानलाई मात्रै दबाबमूलक र संकुचित बनाउने हिसाबले कार्यविधि र निर्देशिकाहरु जारी गर्न नहुने तर्क गर्नुभयो । विषयविज्ञ एवम् पूर्व रजिष्ट्रार सुदर्शन ढकालले दुवै विषयहरुमाथि प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रमकोअध्यक्षता नेफ्स्कुनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो ।  सहकारी विज्ञ एवम् पूर्व सहकारी रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले दुवै विषय सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो  । यसैगरी, कार्यक्रममा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, सञ्चालक विद्या कोइराला, प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का सचांलक तेजेन्द्र बहादुर खड्का, नवलपुर  जिल्ला तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष माधव प्रसाद गौतम, चितवन जिल्ला तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष हरिश्चन्द्र सुबेदी, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य गोपाल प्रसाद गौतम, ओम प्रसाद सापकोटा, प्रेमकृष्ण खनाल, दिपक राज खनालको उपस्थिीती रहेको थियो ।कार्यक्रममा चितवन र नवलपुर क्षेत्रका विभिन्न साकोसका पदाधिकारी तथा व्यवस्थापन गरी ७५ जनाको उपस्थिति थियो । तेजेन्द्र बहादुर खड्काले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप