३ दिने व्यावसायिक योजना तर्जुमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३ दिने व्यावसायिक योजना तर्जुमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु

काठमाडौं । नेफ्स्कूनको आयोजना एवम् अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको वित्तीय सहयोगमा आजबाट काठमाडौंमा ३ दिने व्यावसायिक योजना तर्जुमा प्रशिक्षक प्रशिक्षण ९त्यत्० कार्यक्रम शुरु भएको छ । नेफ्स्कूनसँगै विभिन्न संघ संस्थाबाट गरी २५ जना सहभागी कार्यक्रमको सहजिकरण आइएलओ सर्टिफाइड प्रशिक्षक निर्मल सिग्द्येलले गर्नुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार डि बी बस्नेतले उत्पादनको क्षेत्रमा सहकारीहरुको त्यसमा पनि बचत तथा ऋण सहकारीहरुको भूमिका स्थापित गर्ने उद्देश्यका साथ पछिल्लो समय नेफ्स्कूनले आइएलओसँगको रणनीतिक सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउँदै आजको कार्यक्रमको उद्देश्य पनि व्यावहारिक व्यावसायिक योजना निर्माणका साथ उत्पादनका क्षेत्रमा जोडिने अवसरको मार्ग प्रशस्त गर्नुभएको उल्लेख गर्नुभयो । सबैले घरबाटै व्यावसायिक योजना निर्माण सुरु गनुपर्ने बताउदै राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहनुभएका बस्नेतले अनि बिस्तारै परिवार, समाज र समुदायमा पनि व्यावसायिक योजना निर्माणको काममा होमिनुपर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले व्यावसायिक योजनाको विषय सुशासन र नेफ्स्कूनले भने झै स्तरीकरणसँग पनि जोडिएको बताउनुभयो । उहाँले व्यावसायिक योजना बिना काम गर्दा सफलता प्राप्त गर्न नसकिने भएकाले यसको महत्व रहेको उल्लेख गर्दै तालिम लिनेहरुले आ–आफ्नो सहकारीमार्फत सदस्यहरुमा व्यावसायिक सोच निर्माणमा ठोस पहल गर्न आग्रह समेत गर्नुभयो ।नेफ्स्कूनले आफ्ना रणनीतिक साझेदारहरुसँगको सहकार्यमा सदस्य संघ संस्थामार्फत व्यावसायिकता विकासको लागि थुप्रै नवीन कार्यक्रमहरु ल्याएको जानकारी गराउँदै संघको ५ औं व्यावसायिक रणनीतिक कार्यक्रममा पनि यस्ता कार्यक्रमहरु अटाएको उल्लेख गर्नुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले यो तालिम समावेशी र सहभागितामूलक भएको दाबी गर्दै सिकेका कुराहरुलाई सबैले आ–आफ्नो क्षेत्रबाट व्यावहारिक परिणति दिनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले नेफ्स्कूनले उत्पादनशील क्षेत्रमा जोडिने प्रयास स्वरुप अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ० नेपाल, राष्ट्रिय युवा परिषद लगायतका निकायहरुसँग रणनीतिक साझेदारीको पहलकद्मी अघि बढाएको बताउनुभयो । महासचिव अधिकारीले मुलुकको स्वाधीनताको लागि पनि आत्मनिर्भर अर्थतन्त्रतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । भान्सा कोठामा पाक्ने सबै चीजहरु नेपाली माटोमा उत्पादन गर्न सके त्यो सम्भव हुने दाबी गर्नुभयो । व्यावसायिक योजना तर्जुमा गरेर काम गर्दा सफलता सुनिश्चित हुने भएकाले सही योजना निर्माणमा सहजिकरण गर्न प्रशिक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा परिणति गर्नु महत्वपूर्ण भएको बताउनुभयो । 

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले पनि परनिर्भरता बाट उन्मुक्तिका लागि व्यावसायिकताको विकल्प नभएको भन्दै नेफ्स्कूनको पनि जोड सहकारी संघ संस्थाहरुमार्फत सदस्यहरुमा व्यावसायिक भावना विकासमा सहयोग पुर्याउनुरहेको उल्लेख गर्नुभयो । नेफ्स्कूनले साझेदार निकायहरुसँग समन्वय गर्दै बिशेष योजनाका साथ आफ्ना सदस्यहरुका लागि उत्पादन, कृषि आदिका मार्फतबाट व्यावसायिकता विकासमा लागि परेको भन्दै आजको प्रशिक्षक प्रशिक्षण पनि त्यसकै एउटा प्रयास भएको दाबी गर्नुभयो । उहाँले दुई दिने प्रशिक्षण कार्यक्रममा सिकेका कुराहरु मार्फत व्यावसायिक सोच विकासमा सक्दो टेवा पुर्याउन आग्रह समेत गर्नुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप