काठमाडौं । प्रदेश नं. १ अन्तर्गत पुर्वी मोरङमा एकै दिन ९ बचत तथा ऋण सहकारी संस्था (साकोस) एकीकरण भएका छन् । २०७७ मंसिर १० गते बुधवारका दिन विधिवत रुपमा साबिक ९ वटा सहकारीहरुको बहिरगमन (दर्ता खारीज भई) नयाँ संस्था कनकलक्ष्मी बचत तथा ऋण सहकारी लि. प्रदेश नं. १ को रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । एकीकरण हुने सहकारीहरुमा सुन्दरपुर साकोस सुन्दरहैचा न.पा. ६, गछिया साकोस सुन्दरहैचा न.पा. ७, पिण्डेश्वरी साकोस सुन्दरहैचा न.पा.४, न्यू नमूना साकोस सुन्दरहैचा न.पा. ४, शुभलक्ष्मी साकोस, सुन्दरहैचा नपा १२, गुराँस साकोस सुन्दरहैचा नपा १२, प्रारम्भ साकोस सुन्दरहैचा न.पा. १०, प्रसुन्न साकोस सुन्दरहैचा न.पा. ७, घरआँगन साकोस, सुन्दरहैचा न.पा. ७ मोरङ एकीकरण भई कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि., सुन्दरहैचा न.पा.६ मोरङ कायम भएको हो ।
एकीकरण पश्चात प्रस्तावित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन राज अधिकारीले भन्नुभयो, “ससाना संस्थाहरुबाट सदस्य सेवा र आर्थिक सम्पूर्णता कायम हुन नसक्ने भएकोले हामीले सहकारी एकीकरणलाई जोड दिएका हौं, हाम्रो मुख्य उद्देश्य नै सदस्यहरुलाई कसरी बढी भन्दा बढी व्यावसायिक बनाउन सकिन्छ भन्ने नै रहेको छ ।” साकोस आवाज सँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “एकीकरण भएका सम्पूर्ण संस्थाहरुमा यतिवेला कारोबार बन्द गरेका छौं र यहि मंसिर १४ गते आइतबादेखि एकिकृत कारोबार शुरु गर्दैछौं । सुन्दरपुर साकोस भवनलाई केन्द्रीय कार्यालय सहित अन्य ६ वटा सेवा कार्यालयको रुपमा सञ्चालन हुदैछन् । प्रक्रियागत रुपमा झन्झटिलो भएपनि हामीले संस्थाको नाम, नेतृत्व र कार्यालय समेत खुला रुपमा प्रस्ताव राख्यौं र नयाँ नाम र नयाँ पान नम्बर सहित कारोबार शुरु गरिएको हुँदा सबै पक्ष सन्तुष्ट रहेको पाएका छौं ।”
एकीकरण पश्चात करिब ८ हजार ६ सय सदस्य र ६४ करोड भन्दा बढीको वासलात रहेको कनकलक्ष्मी साकोस सदस्य संख्या र वासलातमा मोरङ कै सवैभन्दा ठूलो संस्था बनेको छ । एकीकृत साकोसमध्ये सुन्दरपुर साकोस र गछिया साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशन अन्तर्गत यस बर्षको ब्राण्ड प्राप्त संस्था हुन् ।
सहकारी एकीकरण अभियानमा मोरङ सुन्दरहरैंचाका ९ वटा सहकारीको एकीकरण सफलतासँगै पुर्वका विभिन्न जिल्लामा सहकारी एकीकरणको लहर शुरु भएको छ ।
लेटाङ नगरपालिका २ मा सञ्चालित ५ वटा बचत तथा ऋण सहकारीहरु पनि एकीकरणका लागि अन्तिम तयारीमा पुगेका छन् । लेटाङ २ स्थित फडानी साकोस, गोदाबरी साकोस, जनचाहना साकोस, खैरेनी साकोस र धोवी साकोस एकीकरण प्रक्रियाका लागि अन्तिम चरणमा पुगेको फडानी साकोसका अध्यक्ष हेरम्ब भट्टराईले साकोस आवाजलाई जानकारी गराउनुभयो ।
५ सहकारी एकीकरण प्रश्चात लेटाङ २ स्थित एकीकृत जनभावना साकोसबाट संयुक्त कारोबार हुने उक्त संस्थामा कुल ६ हजार ५ सय सदस्य र करिब ६५ करोडको वासलात रहने फडानी साकोसका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो एक वडा एक सहकारीको नीति अनुरुप हामीले २ नं. वडाका ५ सहकारी एकैचोटी एकीकरणका लागि प्रक्रिया अगाडि बढाएका हौं । संस्थागत दीगोपना, सबल आर्थिक अवस्था र सदस्यहरुका लागि सम्पूर्ण सेवाको सन्तुष्टिका लागि एकीकरण अनिवार्य छ । यसका लागि नेफ्स्कून हाम्र्रो पथप्रदर्शक हो । नेफ्स्कूनले विभिन्न समयमा जारी गरेका मार्गदर्शन र कार्यविधिलाई टेकेर एकीकरण अभियान अगाडि बढाउन सबै सहकारी संघ संस्था र स्थानीय निकायबाट सहयोग पनि प्राप्त भएको छ । अध्यक्ष भट्टराइले भन्नुभयो, “साकोस एकीकरण पश्चात साविक फडानी साकोस भवनमा केन्द्रीय कार्यालय रहने र सबै साकोस भवनमा सेवा केन्द्र रहनेछ साथै एकीकरण अभियान प्रति सबै साकोसका पदाधिकारी, सञ्चालक र सदस्यहरु समेत पूर्ण रुपमा खुसी हुनुहुन्छ, आगामी माघ १० गतेदेखि एकीकृत कारोबार गर्नेगरी तयारीमा छौं ।”
त्यसैगरी इटहरी स्थित महिला साकोस र मोरङको बुढीगंगा साकोस पनि २०७६ फागुन २१ गते एकीकरण भएका थिए भने माघ १९ मा महिला साकोससँग इटहरीकै सकारात्मक कृषि सहकारी संस्था एकीकरण भएको थियो । तीन संस्था एकीकरण पश्चात महिला साकोसमा कुल ७ हजार ५ सय १५ सदस्य र ६२ करोड २१ लाखको वासलात रहेको साकोसका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र सिग्देलले साकोस आवाज प्रतिनिधिसँगको कुराकानीमा क्रममा जानकारी गराउनुभयो । यही मंसिर १९ गते भर्चुअल साधारणसभाको समेत तयारी गरिरहेको साकोसले सेवा केन्द्रहरुमार्फत सदस्य उपस्थिति कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।
त्यसैगरी सुनसरीस्थित किसान कल्याण साकोस र जनता साकोस बीच पनि एकीकरण सम्झौता भएको छ । भोलि मंसिर १३ गते किसान कल्याण साकोसको बार्षिक साधारणसभा सम्पन्न हुँदै छ, साधारणसभापछि यहि मंसिर महिनाभित्रै एकीकृत कारोबार गर्ने गरी प्रक्रिया पुरा भएको किसान कल्याण साकोसका व्यवस्थापक झलेन्द्र दाहालले जानकारी दिनुभयो । उहाँले साताव्यापी रुपमा साधारणसभाका लागि सदस्य उपस्थिति र सुझाव संकलनको कार्य गरी अन्तिम निर्णय गर्ने सभा भर्चुअल विधि र स्थानीय एफएम टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारणको तयारी भइरहेको समेत जानकारी गराउनुभयो । किसान कल्याण साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेस अन्तर्गत “एक्सेस सिल्भर ब्राण्ड” प्राप्त साकोस हो ।
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१० दिन अगाडि
२५ दिन अगाडि
२३ दिन अगाडि
३३ दिन अगाडि
३३ दिन अगाडि
२६ दिन अगाडि