“उत्पादन उप्रान्त तरकारीबालीको व्यवस्थापन र क्षति न्यूनिकरण” सम्बन्धी २ दिने कार्यक्रम ललितपुरमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“उत्पादन उप्रान्त तरकारीबालीको व्यवस्थापन र क्षति न्यूनिकरण” सम्बन्धी २ दिने कार्यक्रम ललितपुरमा सुरु

ललितपुर । नेफ्स्कूनको आयोजना, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालको वित्तीय सहयोग एवम् ललितपुरको गोदावरी देवीचौरस्थित देवी महिला बचत तथा ऋण सहकारी संस्था लि. को व्यवस्थापनमा “उत्पादन उप्रान्त तरकारीबालीको व्यवस्थापन र क्षति न्यूनिकरण ” सम्बन्धी २ दिने कार्यक्रम आज शुरु भएको छ । सहकारीमार्फत परम्परागत कृषि प्रणालीमा समय सापेक्ष परिवर्तन गर्दै कृषिमा यान्त्रिकीकरण, प्रविधिमैत्री बजारीकरणमा, नवीन पद्धतिहरुको पहिचान र प्रयोगसँगै सदस्य र समुदायको आर्थिक समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले आइएलओ नेपालसँगको रणनीतिक साझेदारीको कार्यक्रम अन्तर्गत आज काठमाडौं उपत्यका भित्रको अर्को किसानहरुको सहर ललितपुरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । यसअघि यस्तै कार्यक्रम भक्तपुरमा पनि आयोजना गरिएको थियो ।  खेती किसानी कार्यमा संलग्न देवी साकोसका २५ सदस्यहरुका लागि कृषिमा व्यावसायिकीकरणमा सहजिकरणको उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन नेफ्स्कूनमा बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभयो ।  कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छे नारायण श्रेष्ठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका बरिष्ठ कृषि अर्थ विज्ञ टेक प्रसाद लुइँटेल, नेफ्स्कूनका कार्यक्रम अधिकृत सौभाग्य भट्टराई र दिपक अर्याल लगायतको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले ललितपुरका किसानहरुलाई प्रविधि र आधुनिक एवम् व्यावसायिक कृषि खेतीका बारेमा नेफ्स्कूनले आयोजना गरेको कार्यक्रमले यथेष्ट जानकारी उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण अहिलेको आवश्यकता भएको समेत औल्याउनुभयो । नेफ्स्कूनले बचत तथा ऋणको कारोबारमात्र नभई उत्पादनका क्षेत्रमा पनि आफ्ना सदस्य संघ संस्थामार्फत रणनीतिक साझेदारहरुसँगको सहकार्यमा जोडिने अभियान प्रारम्भ गरेको उहाँले बताउनुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले नेफ्स्कूनले आफ्नो ५ औं रणनीतिक योजनामार्फत मुलुकको समसामयिक आवश्यकताका विषयहरु सम्बोधन गरेको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छे नारायण श्रेष्ठले पनि परम्परागत कृषिलाई आधुनिकीकरण मार्फत मुलुकलाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्नुभयो । उहाँले पनि नेफ्स्कून सदस्य संघ संस्थाहरुमार्फत उत्पादनको क्षेत्रमा जोडिएको बताउनुभयो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका बरिष्ठ कृषि अर्थ विज्ञ टेक प्रसाद लुइँटेलले कृषि क्षेत्रमा व्यावसायिकताको पहल गर्ने उद्देश्यका साथ नेफ्स्कूनले आइएलओ नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रमले साँच्चिनै सहभागी कृषकहरुलाई सहयोग पुर्याउने दाबी गर्नुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप