किसान कल्याणको बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान कल्याणको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सुनसरीको इटहरी १६ स्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको १९औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन प्रदेश नं. १ का प्रदेश सभा सदस्य तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय भीम आचार्यले गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव प्रसाद पोखरेल, प्रदेश सहकारी विभागका अधिकृत ढुण्डीराज दुलाल सहित जिल्ला सहकारी संघ सुनसरीका सचिव गंगा प्रसाद दाहाल, जनता साकोसका अध्यक्ष यादवप्रसाद सिग्देल लगायत किसान कल्याण साकोसका पदाधिकारी, सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समिति सदस्यहरु, सल्लाहकार र साकोस सदस्यहरुको सहभागिता रहेको थियो ।  

६ करोड ४८ लाख शेयर पूँजी रहेको उक्त संस्थाको कुल वासलात ६८ करोड १ लाख ७० हजार छ । यस बर्ष संस्थाले १ करोड ३७ लाख ५१ हजार मुनाफा आर्जन गरेको छ । किसान कल्याण साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेस अन्तर्गत “एक्सेस सिल्भर ब्राण्ड” प्राप्त साकोस हो । 

कार्यक्रम सञ्चालन साकोसका सचिव थिरबहादुर खड्काले र स्वागत मन्तव्य उपाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले गर्नुभएको थियो । साधारणसभाले नेफ्स्कूनका कोषाध्यक्ष केशवप्रसाद पोखरेललाई सहकारी अभियन्ता सम्मान प्रदान गरेको थियो । त्यसैगरी साधारणसभाले उत्कृष्ट कर्मचारी पुरस्कार कर्मचारी रीता खतिवडा, उत्कृष्ट बजार प्रतिनिधि पुरस्कार कर्मचारी कृष्णकुमारी राई र सदस्य नं. ८८५८ का नारायण प्रसाद सुवेदीलाई विशेष सदस्य सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । संस्थाले मंसिर ३ गतेदेखि १३ गतेसम्म कार्यक्षेत्र भित्रका विभिन्न २२ ठाउँमा  सुझाव संकलन केन्द्रमार्फत सदस्य उपस्थिति गराएको थियो  भने आज सम्पन्न साधारणसभा नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड सहित १०० जनाको सहभागिता मार्फत स्थानीय टेलिभिजन र एम एमबाट सभाको प्रत्यक्ष प्रसारण समेत गरेको थियो । 

साधारणसभाले इटहरी ८ स्थित जनता साकोससँग एकीकरण गर्ने, शेयर लाभांस वापत ९ प्रतिशत दिने घोषणा गरेको र उक्त लाभांस रकमलाई रु १०० को गुणनमा आउने रकम सेयर लाभांसका रुपमा वितरण गर्ने र बाँकी रकम नगद लाभांसका रुपमा वितरण गर्ने निर्णय गरेको छ । साथै गत आवको संरक्षित पुँजी फिर्ता कोशको रकमलाई वितरण नगरी संस्थागत कोषमा रकमान्तर गर्ने निर्णय गरेको छ । ६ करोड ४८ लाख शेयर पूँजी रहेको उक्त संस्थाको कुल वासलात ६८ करोड १ लाख ७० हजार छ । यस बर्ष संस्थाले १ करोड ३७ लाख ५१ हजार मुनाफा आर्जन गरेको छ । किसान कल्याण साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेस अन्तर्गत “एक्सेस सिल्भर ब्राण्ड” प्राप्त साकोस हो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप