अन्तर सहकारी कारोबार सम्बन्धी मस्यौदा कार्यविधिमा मकवानपुरमा सरोकारवालाहरू सँग छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर सहकारी कारोबार सम्बन्धी मस्यौदा कार्यविधिमा मकवानपुरमा सरोकारवालाहरू सँग छलफल

मकवानपुर । नेफ्स्कूनको आयोजना तथा अन्तराष्ट्रिय श्रम सगंठन नेपालको सहयोगमा सहकारी ऐन २०७४ को दफा १४० को अन्तर सहकारी कारोबार सम्बन्धी सरोकारवालाहरुसँग परामर्श कार्यशाला मकवानपुरको हेटौडामा आज सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बहादुर बस्नेतले सहकारीको बृद्धि विकासका लागि बागमती प्रदेश सरकारको तर्फबाट विशेष योजना सहित पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तीनखम्बे अर्थनीति अन्तर्गत मुलुकको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्रको भूमिका प्रष्ट पार्दै राज्यका हरेक नीतिमा सहकारीलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । 

विषयविज्ञ एवम् पूर्व रजिष्ट्रार सुदर्शन ढकालले अन्तर सहकारी कारोबार सम्बन्धी मस्यौदा कार्यविधिका विषयहरुमाथि प्रस्तुति गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक सदस्य विद्या कोइरालाले गर्नुभएको थियो । यसैगरी, कार्यक्रममा नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारी, महासचिब दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, राष्ट्रिय सहकारी महासंघका निबर्तमान सञ्चालक बद्री लम्साल, बागमती प्रदेश बचत संघका उपाध्यक्ष राधा सिन्तान, मकवानपुर जिल्ला बचत संघका सचिव विरेन्द्र ढुंगाना, महिला तथा उद्यमशीलता केन्द्रीय उपसमिति सदस्य विष्णुमाया लामा, मकवानपुर फिल्ड व्यवस्थापन  उपसमिति सदस्य द्वय विजय बहादुर बस्नेत, कुमारी श्रेष्ठको उपस्थिति थियो । साथै मकवानपुर क्षेत्रका विभिन्न साकोसका पदाधिकारी तथा व्यवस्थापन गरी ४६ जनाको सहभागिता थियो ।  

कार्यक्रममा नेफ्स्कूनका उपाध्यक्ष शान्ती अधिकारीले सहकारी अभियानका समसामयिक विषयसँग  सम्बन्धित रहेर नेफ्स्कूनले विभिन्न कार्यविधिका मस्यौदा तयार गरेको र तीनलाई अन्तिम रुप दिन देशव्यापी राय सुझाव संकलन गरी मन्त्रालयमा मस्यौदा कार्यविधि पेश गरिने जानकारी गराउनुभयो । 

महासचिब दामोदर अधिकारीले नेफ्स्कूनले साकोस स्थिरीकरण कोष सञ्चालन, स्तरीकरण कार्यक्रम प्रबर्द्धन, व्यवसाय प्रबर्द्धन लगायतका विषयमा ठोस पहलकदमी अगाडि बढाएको प्रष्ट्याउँदै रणनीतिक साझेदारहरुसँगको सहकार्यमा सदस्य संघ संस्थामार्फत व्यावसायिकता विकासका लागि समेत नविन कार्यक्रमहरुको शुरुवात गरेको जानकारी गराउनुभयो । 

विजय बहादुर बस्नेतले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कूनका मकवानपुर फिल्ड इन्चार्ज ज्योति महत र सञ्चालन सहयोग कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप