मकवानपुरमा आधाशिला कार्यक्रम अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा आधाशिला कार्यक्रम अभिमुखीकरण 

मकवानपुर । नेफ्स्कूनले आफ्नो ३३औं स्थापना दिवसको अवसर पारेर शुभारम्भ गरेको आधारशिला कार्यक्रम सम्बन्धी मकवानपुरका सरोकारवालाहरुसँग हिजो अभिमुखीकरण सम्पन्न गरेको छ । आधारशिलामा साझेदारी, वित्तीय पहुँच र स्वरोजगारी स्थापित गर्ने उद्देश्यसहित यस कार्यक्रमलाई स्थानीय तहसँगको सहकार्य तथा साझेदारी मार्फत सहकारीहरुको प्रवर्द्धन तथा व्यावसायिकता विकास मा पहूँच अभिबृद्धि गर्ने लक्ष्य रहेको छ । 

हेटौडा उपमहानगरपालिकाको तालिम हलमा सम्पन्न अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बहादुर बस्नेतले सहकारीहरुको बृद्धि विकासका लागि नेफ्स्कूनले शुरु गरेको आधारशिला कार्यक्रम प्रभावकारी रहेको विचार व्यक्त गर्दै कार्यक्रमलाई अगाडि बढाउन बागमती प्रदेशले आवश्यक सक्दो सहयोग गर्ने र प्रदेशका १३ वटै जिल्लामा समन्वयका लागि तत्काल कार्य अगाडि बढाउने जानकारी गराउनुभयो । 

स्थानीय निकाय सँगको समन्वय र साझेदारी मार्फत सहकारीहरुको दिगो विकास र प्रबर्द्धन गर्ने लक्ष्य सहित नेफ्स्कूनले प्रारम्भ गरेको आधारशिला कार्यक्रम सम्बन्धमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले केन्द्रीय संघ र स्थानीय तहसँगको साझेदारीमा वित्तीय पहुँच अभिबृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालिकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभिप्राय राखेर सहकारी क्षेत्रका प्राप्त उपलब्धीहरुको सम्बर्द्धन गर्न आधारशिला कार्यक्रम अगाडि सारिएको जानकारी गराउनुभयो । 

कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकाल, आर्थिक विकास समितिका संयोजक नरनाथ सुवेदी, बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डे, सहकारी अभियन्ता बद्री लम्साल, नेफ्स्कूनका  उपाध्यक्ष शन्ति अधिकारी ढकाल, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्य विद्या कोइराला र उपमहानगर पालिकाका अन्य महाशाखाका कर्मचारीको उपस्थिति रहेको थियो ।

हेटौडा उपमहानगरपालिकाका उपनगर प्रमुुख मिना कुमारी लामाले आधाशिला कार्यक्रमले सहकारीको दिगो विकास सँगै सहकारीलाई उत्पादनमा जोडिन उत्प्रेरित गर्दै सदस्यहरुको आर्थिक जीवनस्तर सुधारमा सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेले सहकारीलाई वर्गीकरण गरि सिमित क्षेत्रका सहकारीमा यो कार्यक्रम लैजादा उपयुक्त हुने विचार व्यक्त गर्नुभयो । यस्ता कार्यकमले सहकारीलाई सुशासन, प्रवर्द्धन गर्नै विश्वास व्यक्त गर्नुभएको थियो । पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले नेफ्स्कूनले अगाडि सारेका कार्यक्रमहरु जहिले पनि प्रभावकारी हुने र उपमहानगरपालिकालाई यस्तो कार्यक्रममा अग्रसरता देखाई सहभागी हुन आग्रह गर्नु भएको थियो । 

कार्यक्रमको समापन सत्रमा बोल्दै नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले  आधारशिला कार्यक्रम कार्यन्वयनका लागि छिटो भन्दा छिटो स्थानीय  निकाय सँग साझेदारी हुने विश्वास व्यक्त गर्दे सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४० दिन अगाडि

पाठकबाट थप