मकवानपुर । नेफ्स्कूनले आफ्नो ३३औं स्थापना दिवसको अवसर पारेर शुभारम्भ गरेको आधारशिला कार्यक्रम सम्बन्धी मकवानपुरका सरोकारवालाहरुसँग हिजो अभिमुखीकरण सम्पन्न गरेको छ । आधारशिलामा साझेदारी, वित्तीय पहुँच र स्वरोजगारी स्थापित गर्ने उद्देश्यसहित यस कार्यक्रमलाई स्थानीय तहसँगको सहकार्य तथा साझेदारी मार्फत सहकारीहरुको प्रवर्द्धन तथा व्यावसायिकता विकास मा पहूँच अभिबृद्धि गर्ने लक्ष्य रहेको छ ।
हेटौडा उपमहानगरपालिकाको तालिम हलमा सम्पन्न अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष श्याम बहादुर बस्नेतले सहकारीहरुको बृद्धि विकासका लागि नेफ्स्कूनले शुरु गरेको आधारशिला कार्यक्रम प्रभावकारी रहेको विचार व्यक्त गर्दै कार्यक्रमलाई अगाडि बढाउन बागमती प्रदेशले आवश्यक सक्दो सहयोग गर्ने र प्रदेशका १३ वटै जिल्लामा समन्वयका लागि तत्काल कार्य अगाडि बढाउने जानकारी गराउनुभयो ।
स्थानीय निकाय सँगको समन्वय र साझेदारी मार्फत सहकारीहरुको दिगो विकास र प्रबर्द्धन गर्ने लक्ष्य सहित नेफ्स्कूनले प्रारम्भ गरेको आधारशिला कार्यक्रम सम्बन्धमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले केन्द्रीय संघ र स्थानीय तहसँगको साझेदारीमा वित्तीय पहुँच अभिबृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालिकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभिप्राय राखेर सहकारी
क्षेत्रका प्राप्त उपलब्धीहरुको सम्बर्द्धन गर्न आधारशिला कार्यक्रम अगाडि सारिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकाल, आर्थिक विकास समितिका संयोजक नरनाथ सुवेदी, बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डे, सहकारी अभियन्ता बद्री लम्साल, नेफ्स्कूनका उपाध्यक्ष शन्ति अधिकारी ढकाल, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्य विद्या कोइराला र उपमहानगर पालिकाका अन्य महाशाखाका कर्मचारीको उपस्थिति रहेको थियो ।
हेटौडा उपमहानगरपालिकाका उपनगर प्रमुुख मिना कुमारी लामाले आधाशिला कार्यक्रमले सहकारीको दिगो विकास सँगै सहकारीलाई उत्पादनमा जोडिन उत्प्रेरित गर्दै सदस्यहरुको आर्थिक जीवनस्तर सुधारमा सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेले सहकारीलाई वर्गीकरण गरि सिमित क्षेत्रका सहकारीमा यो कार्यक्रम लैजादा उपयुक्त हुने विचार व्यक्त गर्नुभयो । यस्ता कार्यकमले सहकारीलाई सुशासन, प्रवर्द्धन गर्नै विश्वास व्यक्त गर्नुभएको थियो । पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले नेफ्स्कूनले अगाडि सारेका कार्यक्रमहरु जहिले पनि प्रभावकारी हुने र उपमहानगरपालिकालाई यस्तो कार्यक्रममा अग्रसरता देखाई सहभागी हुन आग्रह गर्नु भएको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले आधारशिला कार्यक्रम कार्यन्वयनका लागि छिटो भन्दा छिटो स्थानीय निकाय सँग साझेदारी हुने विश्वास व्यक्त गर्दे सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो ।
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१५ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
१४ दिन अगाडि