सदस्यकेन्द्रीत सेवा प्रवाहमा युनिकको पहलकदमी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यकेन्द्रीत सेवा प्रवाहमा युनिकको पहलकदमी

काठमाडौं । चितवनको रत्ननगर २, स्थित युनिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुद्वारा उत्पादित उत्कृष्ट बस्तु तथा सेवा को विक्रि वितरण सहजीकरणका लागि सहकारी मार्ट सञ्चालन तयारी भइरहेको जनाएको छ । साकोसले आफ्नै अगुवाईमा नवनिर्मित भवनमा मार्ट सञ्चालन गर्ने र सोही स्थानमा २०० स्वायर फिटमा बनेको स्टल सदस्यका उत्पादनको बजारीकरणका लागि सरल मुल्यमा उपलब्ध गराउने भएको छ ।  युनिक साकोसका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले साकोस आवाजसँगको कुराकानीका क्रममा युनिक साकोस समुदायमा आधारित साकोस  हो, जसले सदस्यहरुको हित अनुकुलका कार्यक्रमहरुलाई अगाडि बढाउने लक्ष्य सहित सदस्यहरुको उत्पादनलाई ठूलो प्रदर्शनी कक्ष निर्माण गरेर विक्रि वितरण सहजीकरण गर्न लागिएको जानकारी गराउनुभयो ।  

साकोसले ५ तल्लाको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । सोही भवनमा साकोसको कार्यालय सहित सहकारीका सदस्यहरुका लागि लक्षित गरी छुट्टै स्वास्थ्य केन्द्र, फिटनेस क्लब, लाइब्रेरी, २०० सीट क्षमताको सेमिनार हल लगायत सहकारी मार्ट सहित सदस्यहरुको उत्पादनको विक्रि तथा प्रबर्द्धनका लागि प्रदर्शनी कक्ष समेत तयार हुँदैछ । 

नेफ्स्कूनले २९ औ बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आयोजना गरेको प्रदेश स्तरीय विस्तारित मञ्च कार्यक्रमका अवसरमा संघका महासचिव सहितको टोलीले साकोसको अवलोकन गरेको थियो । साकोसका जेष्ठ एवम् बरिष्ठ सञ्चालक सदस्य भीष्मराज न्यौपानेको अध्यक्षतामा नेफ्स्कूनका महासचिव, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक र प्रशासन तथा व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सीना सहितको टीमसँग कार्तिक २५ गते विहान एक संक्षिप्त कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमका अवसरमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले समुदायमा आधारित यस साकोसले सदस्यहरुको आर्थिक जीवनस्तर सुधार साथै सदस्यहरुलाई सबै प्रकारका सेवा एकैठाउँबाट उपलब्ध गराउने योजना सह्रानीय रहेको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमका बीच साकोसका प्रमुख कार्यकारी अधिकृत लामिछानेले संस्थाको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । 

सदस्यहरुका लागि छिट्ट्ै एटीएम सेवा सञ्चालनको तयारी गरिरहेको साकोसले आगामी पौषमा विस्तारित मञ्च आयोजना सहित साधारणसभा सम्पन्न गर्ने जनाएको छ । २०६५ साल असार ९ गते स्थापना भएको युनिक साकोस चितवनको रत्ननगरमा युनिक नै बनेको छ । ८ हजार ६ सय ४० सदस्य रहेको उक्त संस्थाले करिब १ अर्ब ५३ करोडको पुँजी परिचालन गरिरहेको छ । कुल १ अर्ब २१ करोड बचत, १ अर्ब ९ करोड ऋण लगानी, जगेडा कोषमा ९ करोड ४६ लाख रहेको उक्त साकोसको सञ्चालन मुनाफा १ करोड ५० लाख पुगेको छ । 

नेफ्स्कूनद्वारा प्रवर्द्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम अन्तर्गत प्रोवेशन कार्यक्रममा सहभागी युनिक  छिटै एशियाली स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेसमा पनि सहभागी हुने तयारीमा छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

पाठकबाट थप