स्थिरीकरण कोष नेफ्स्कूनकै अभिन्न अंगः महासंघ अध्यक्ष कडेल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोष नेफ्स्कूनकै अभिन्न अंगः महासंघ अध्यक्ष कडेल

काठमाडौं । मुलुकको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी ऐन २०७४ को दफा १०३ मा व्यवस्था गरिएको स्थिरिकरण कोष कुनै स्वतन्त्र इकाई नभई नेफ्स्कूनकै अभिन्न अंग भएको बताउँदै सोही अनुसार ऐन संशोधन हुनुपर्ने माग गर्नुभएको छ । त्यसका लागि महासंघले पहल गरिसकेको बताउँदै उहाँले कोषका विषयमा नियामक निकाय र अभियानका सबैलाई अझै बुझाउन बाँकी रहेकोले नेफ्स्कूनले प्रवर्धनात्मक कामहरु तीब्र रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । नेफ्स्कूनले अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको वित्तीय सहयोगमा आज काठमाडौंको नयाँ बानेश्वरस्थिति अल्फा हाउसमा आयोजना गरेको  ूस्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि र कार्यान्वयन रणनीति  २०७७ू विषयक कार्यशाला गोष्ठीमा आफ्नो मन्तव्य राख्नुहुँदै महासंघका अध्यक्ष कडेलले नेफ्स्कूनकै अभिन्न अंग हुनुपर्ने स्थिरीकरण कोष सहकारी ऐनमा भने छुट्टै स्वतन्त्र इकाईको रुपमा समावेश गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले कोषका विषयमा धेरै सहकारी संघ संस्थाहरुमा अस्पष्टता अन्योल कायम रहेको भन्दै नेफ्स्कूनले प्रचार प्रसार र प्रवर्धनात्मक कामहरु गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले कोष सबै वित्तीय सहकारीहरुका लागि अनिवार्य गरिनुपर्ने समेत उल्लेख गर्नुभयो । अन्य विषयगत केन्द्रीय संघले पनि आ–आफ्ना सदस्य संघ संस्थाहरुको संरक्षणका लागि कोष सञ्चालन गर्न सक्ने गरी ऐन संशोधनको पहल अघि बढाइएको बताउँदै नेफ्स्कूनका सल्लाहकार समेत रहनुभएका कडेलले हालको ऐनमा भएको कोष भने वित्तीय सहकारीहरुको लागि मात्र भएको स्पष्ट पार्नुभयो । उहाँले बचत तथा ऋण सहकारीहरु संस्थाहरुका लागि सहकारी ऐन २०७४ मा व्यवस्था गरिएको स्थिरीकरण कोषमा सबै वित्तीय सहकारीहरुको अनिवार्य सहभागिता आवश्यक गरिनुपर्ने बताउनुभएको छ । “कोषलाई ऐच्छिक नभई अनिवार्य बनाइनुपर्छ जसले सुरक्षाकवचको काम गर्दछ,” अध्यक्ष कडेलले भन्नुभयो, “ऐनमा स्थिरीकरण कोष त आयो तर हामीले भनेको जस्तो आएन, नेफ्स्कूनकै अंगको रुपमा आउनुपर्ने तर छुट्टै स्वतन्त्र इकाइको रुपमा आएको छ जुन सही होइन । '' 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी ऐनमा सोचेअनुरुप कोष सञ्चालनको व्यवस्था नगरिएपनि यसका अफ्ठ्याराहरुलाई चिर्दै अघि बढ्नुको विकल्न नरहेको बताउनुभयो । “बच्चा विकलांग जन्मेपनि त्यसलाई संरक्षण र स्याहार सुसार त गर्नैपर्यो,” अध्यक्ष पौड्यालले भन्नुभयो,“ अन्तर्राष्ट्रिय अभ्यासमा समेत स्थिरिकरण कोष बचत तथा ऋण सहकारीहरुको लागि भएकोले हामीकहाँ गरिएको ऐनको प्रावधानप्रति विदेशी क्रेडिट युनियनकर्मीहरुले पनि असन्तुष्टि जनाए ।” अध्यक्ष पौड्यालले स्थिरिकरण कोष र स्तरीकरण मार्फत नेफ्स्कूनत आफ्ना सदस्यहरुलाई स्थायित्व र संरक्षणको प्रत्याभूति दिन लागिपरेको बताउनुभयो ।उहाँले महासंघले कोष सञ्चालनका सम्बन्धमा देखाएको सहयोग र प्रतिबद्धताप्रति धन्यवाद समेत दिनुभयो ।  
कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले कोषका सम्बन्धमा केही अष्पष्टता रहेको बताउँदै नेफ्स्कूनले त्यसलाई चिर्दै जाने र समयक्रममा यो कार्यान्वयनमा आइसकेपछि समाधानको उपायहरु अवलम्बन गरिदै जाने विश्वास दिलाउनुभयो । नेफ्स्कूनका सबै सदस्यहरुलाई कोषमा योगदानको लागि समेत उहाँले आग्रह गर्नुभयो । कोष सञ्चालनका लागि आवश्यक अपुग रकम सहकारी मन्त्रालयबाट निकासाका लागि पहल गर्ने विषयका मन्त्रालयका प्रतिनिधिले गर्नुभएको प्रतिबद्धताप्रति पनि उपाध्यक्ष अधिकारीले धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयका प्रतिनिधि अनन्त वस्नेतले कोष सञ्चालनका सम्बन्धमा नेफ्स्कूनले गरेको प्रयासको प्रशंसा गर्दै आफुले मन्त्रालयका तर्फबाट गर्नुपर्ने प्रयासमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफु नयाँ भएकाले यस विषयमा भैरहेका पछिल्ला प्रयासका बारेमा मन्त्रालयमा बुझेर थप आवश्यक पहल गर्नेमा आश्वस्त पार्नुभयो ।
यसैगरी, नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले कोषका सम्बन्धमा हालसम्मको अवस्था सम्बन्धि प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । उहाँले हालसम्म कोषमा १ सय २९ वटा साकोसहरुबाट २ करोड ८६ लाख ८९ हजार भन्दा बढी रकम योगदान भैसकेको जानकारी गराउँदै नेपाल सरकारबाट योगदानको सुनिश्चिततत प्राप्त गरी असार मसान्तभित्र कोष खडा गर्न सहकारी विभागमा आवेदन गर्ने योजना रहेको उल्लेख गर्नुभयो । कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले कोषको सम्बन्धमा हालसम्म थुप्रै अभिमुखीकरण र छलफल सम्पन्न भएको पनि दाबी गर्नुभयो । कोष सञ्चालनका लागि न्यूनतम १० करोड रुपैयाँ आवश्यक पर्ने कानूनी प्रावधान रहेको छ । कोष स्थापनाका लागि २ सय ९६ इच्छुक संस्थाहरुको २०७६ साल माघमा सम्पन्न प्रारम्भिक भेलाले योगदान गर्ने निर्णय गरेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक मन्दरा मिश्र, न्हुच्छे नारायण श्रेष्ठ लगायत राष्ट्र बैंकका प्रतिनिधि एवम् विभिन्न साकोसका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा विषयविज्ञ शिव अधिकारीले प्रस्तुति गर्नुभएको थियो भने स्थिरीकरण कोष सञ्चालन प्रक्रिया, सदस्य संघ संस्थाहरुको योगदान, सरकारी आश्वासन आदि विषयमा कार्यक्रमका सहभागीहरुको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो । कार्यक्रम नेफ्स्कूनका प्राचार्य गणेश तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप