सहकारी ऐन, २०७४ को मस्यौदा संशोधन सम्बन्धी रुपन्देहीमा परामर्श कार्यशाला 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी ऐन, २०७४ को मस्यौदा संशोधन सम्बन्धी रुपन्देहीमा परामर्श कार्यशाला 

रुपन्देही । नेफ्स्कूनको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको सहयोगमा सहकारी ऐन, २०७४ को मस्यौदा संशोधन सम्बन्धी परामर्श कार्यशाला आज रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् रुपन्देही जिल्ला संघका अध्यक्ष भिम प्रसाद तुलाचनले गर्नुभएको थियो ।  सहकारी विज्ञ एवम् पूर्व सहकारी रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले सहकारी ऐन, २०७४ को मस्यौदा संशोधन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि भिम प्रसाद तुलाचनले ऐनमा आएका विवादित विषयहरुको दफाबार छलफल गरेर संशोधनका लागि अभियानको सामूहिक ऐक्यवद्धता आवश्यक रहेको चर्चा गर्दै ऐनमा नयाँ उठेका विषयहरु प्रष्ट सँग आउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश बिशिष्टीकृत सहकारी संघका अध्यक्ष डा.खगराज शर्माले विशिष्टिकृत संघको औचित्य,  उद्देश्य तथा दर्ता गर्दाको समयका कानुनी जटिलता सम्बन्धमा र अन्य कोषहरु परिमार्जनका सम्बन्धमा प्रष्ट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।  

नेफ्स्कून निवर्तमान सञ्चालक एवम् प्रस्तावित लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारी सञ्चालनमा ५६ वटा कानुन बाधक रहेको चर्चा गर्दै सहकारी मैत्री कानुन निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।  

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सन्दिप सापकोटा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटा, नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् प्रस्तावित लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण प्रसाद नेपाल, लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्मा, मसलन्द जिल्ला संघका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, नेफ्स्कून केन्द्रीय सदस्य सेवा उपसमिति सदस्य लेखनाथ खरेल, नेफ्स्कून केन्द्रीय शिक्षा तथा स्रोत केन्द्र उपसमिति सदस्य ज्ञानु पौड्याल, फिल्ड व्यवस्थापन उपसमिति सदस्य शुवकान्त न्यौपाने, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष प्रकाश भट्टराई, गुल्मी जिल्ला बचत संघका अध्यक्ष श्याम कुमार पाण्डे, नवलपरासी जिल्ला बचत संघका अ्रध्यक्ष राजन आचार्यको उपस्थिति  रहेको थियो ।

कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलबस्तु, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाबाट गरी विभिन्न साकोस प्रतिनिधिहरु सहित  १०१ जनाको उपस्थिति थियो । कार्यक्रम समापन गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहभागीहरुबाट उठेका विषयहरुको सम्बोधन सहित सहकारीमा दोहोरो सदस्यताको सबाल, सहकारीको कार्यक्षेत्रमा देखिएका समस्या, सहकारीका व्यवहारिक कठिनाइहरुको विषयमा प्रकाश पार्नुभएको थियो । 

नेफ्स्कूनका सञ्चालक सदस्य सन्दिप सापकोटाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम सञ्चालन रुपन्देही फिल्ड कार्यालय इन्चार्ज राधा पोखरेलले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप