३ दिने "व्यावसायिक याेजना तयारी प्रशिक्षक प्रशिक्षण कार्यक्रम" सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३ दिने "व्यावसायिक याेजना तयारी प्रशिक्षक प्रशिक्षण कार्यक्रम"  सम्पन्न

काठमाडौं । नेफ्स्कूनले अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको वित्तीय सहयोगमा काठमाडौंमा विभिन्न विषयगत संघका प्रतिनिधिहरु गरी कुल २५ जनालाई ३ दिने व्यावसायिक योजना तयारी प्रशिक्षक प्रशिक्षण प्रदान गरेको छ । मंसिर १२ गते शुरु भएको कार्यक्रम आज समापन भएको हो । समापन समारोहका प्रमुख अतिथि नेफ्स्कूनको रणनीतिक साझेदार निकाय राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सहकारीमार्फत समृद्धिको यात्रामा परिषद्ले पनि हातेमालो गरेको जानकारी गराउनुभयो । सहकारी नै जनतामा भिजेको संस्था भएको भन्दै यसमार्फत उद्यमशीलता र स्वरोजगारी सृजना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । कार्यकारी उपाध्यक्ष ढुङ्गेलले देशभर उद्यमशिलताको क्षेत्रमा आफै संलग्न हुने तथा उद्यमी उत्पादन गर्ने प्रशिक्षकहरु तयारी भैरहेको बताउँदै यसमार्फत समृद्धिको यात्रा सम्भव हुने दाबी गर्नुभयो ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका उपाध्यक्ष एवम् मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले उद्यमशीलता, स्वरोजगारी, उत्पादन आदिका क्षेत्रमा नेफ्स्कून, आइएलओ, राष्ट्रिय युवा परिषद् लगायतको सहकार्यको स्वागत गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्यमशीलताका लागि लगन र इमानदारी अनिवार्य हुने भन्दै उहाँले सहकारीमार्फत आर्थिक समृद्धिको दिशा तर्फ अघि बढ्ने अभियानमा आफ्नो व्यक्तिगत एवम् संस्थागत सहयोग रहने विश्वास दिलाउनुभयो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्यमशिलताको सोच सम्बन्धी उदाहरण प्रस्तुत गर्दै सहकारी नै समृद्धिको सारथी भएको बताउनुभयो । उहाँले नेफ्स्कूनले तयार पारेका प्रशिक्षकहरुको माध्यमबाट राष्ट्रमा उद्यमशीलता विकासमा टेवा पुग्ने दाबी उहाँले गर्नुभयो ।
कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले केही वर्ष अघिको आफ्नो जापान भ्रमणको अनुभवमार्फत उत्पादन तथा उद्यमशिलताका विषयमा प्रकाश पार्नुभएको थियो । नेफ्स्कूनले रणनीतिक कार्यक्रमहरुमार्फत उत्पादन र उद्यमशिलतालाई बिशेष जोड दिएको उल्लेख गर्नुभयो । 
कार्यक्रमा नेफ्स्कूनकी सञ्चालक एवम् ३ दिने तालिममा सहभागी रिना आचार्यले आफ्नो अनुभव सुनाउदै तालिम अत्यन्त फलदायी भएको बताउनुभयो । नेफ्स्कूनकी सञ्चालक मन्दरा मिश्र, प्रशिक्षक निर्मल सिग्देल सहभागी कार्यक्रमको सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेश तिमिल्सिनाले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप