सहकारी अभियान भन्दा सरकारको गति ‘स्लो’ भयोः सचिव पाण्डे 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियान भन्दा सरकारको गति ‘स्लो’ भयोः सचिव पाण्डे 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले सहकारी क्षेत्रको समग्र विकासका लागि सरकार र सहकारी अभियानबीचको गतिमा तादात्म्य आवश्यक भएको बताउनुभएको छ । 
“सरकार र अभियानको गति नमिल्दा कहिलेकाही एकले अर्कालाई अविश्वास गर्ने, शंका गर्ने र विवाद गर्ने काम भएको छ,” नेफ्स्कूनले सहकारी ऐन २०७४ संशोधन तथा स्थिरीकरण कोष कार्यान्वयन रणनीति सहित आधा दर्जन मस्यौदा कार्यविधि मन्त्रालयमा हस्तान्तरण गर्न आज आयोजना गरेको कार्यक्रमका मस्यौदा बुझेपछि प्रमुख अतिथि सचिव पाण्डेले भन्नुभयो,“ सरकारको गति स्लो भयो । “यस्तो कार्यविधिहरु बनाउनुपर्छ भनेर नेफ्स्कूनले भन्नुपर्ने हो ? हाम्रो सरकारी प्रणालीको गति स्लो भयो । गतिमा गति मिलेन भनेर विवाद हुन्छ र विवादले विमति र विमतिले द्वन्द सिर्जना गर्छ र द्वन्दले विपत सिर्जना गर्छ त्यसैले अयिभान र सरकारबीच गति मिलाउनुपर्छ ।”
आफु सचिव भएर आएदेखि नै सहकारी ऐन, नियमावली, कार्यविधि, मापदण्डहरुमा संगति नमिलेको विषय उठाउँदै आएको स्वीकार्दै त्यसको संगति मिलाउन आवश्यक भैसकेको विचार राख्नुभयो । नेफ्स्कूनले कार्यविधिको मस्यौदाहरु मार्फत पृष्ठपोषण गरेको भन्दै सचिव पाण्डेले उक्त कार्यको प्रशंसा समेत गर्नुभयो । 
सहकारी संस्थादेखि सदस्य र सञ्चालकहरुसँगै कूल ग्राहस्थ उत्पादनमा  सहकारीको योगदान लगायत यावत विषयमा विभागसँग तथ्याङ्क र सूचना अद्यावधिक हुनुपर्ने भन्दै सरकारी निकायको गति स्लो भएको स्वीकार गर्नुभयो । अब प्रविधिमैत्री सेवा र कार्यदक्षता आवश्यक भएको जीकिर उहाँको थियो । विगत ४ वर्षदेखि कोपोमिसको कुरा उठेको उल्लेख गर्दै सचिव पाण्डेले त्यसले आफुलाई असाध्यै ‘स्ट्राइक’ गरेको बताउनुभयो । रजिष्ट्रार डा. टोकराज पाण्डेतर्फ इंगित गर्दै सचिव पाण्डेले प्रश्न गर्नुभयो “तपाईको कोपोमिसले कहिलो रिजल्ट दिन्छ ?” उहाँले सफ्टवेयरका माध्यमबाट कोपोमिस अपडेट गर्नु अत्यावश्यक भएको भन्दै त्यसतर्फ विभागको गम्भीर ध्यानाकर्षण गराउनुभयो । कोपोमिसलाई सबल र उपयोगी बनाउनेतर्फ विभागको ध्यान जानु आवश्यक भएको सचिव पाण्डेको भनाई थियो ।
सचिव पाण्डेले सहकारी संख्या, सदस्यता, बचत, कारोवार, कर्मचारीको संख्या, सहकारी संस्थाको प्रशासनिक खर्च लगायत यावत विषयमा सबैले अनुमानका भरमा बोलेको भन्दै सहकारी विभागसँग यी विषयमा तथ्याङ्क अद्यावधि हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले ऐन र नियमावलीमा भएका पेचिला विषयहरु सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नभएको दोहोर्याउनुभयो । उहाँले सरकार र अभिायनबीच ऐन, नियमावली, निर्देशिका, कार्यविधि लगायतका कानूनी तथा नीतिगत विषयहरुमा रहेका केही असमझदारीहरुलाई छलफलका माध्यबाट समाधान गर्दै अघि बढ्न सकिने  उल्लेख गर्नुभयो । सरकार र सहकारी अभियानको बाटो सहकारीहरुको सुशासन र प्रगति र समृद्धि भएको अध्यक्ष कडेलले बताउनुभयो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले राष्ट्रिय अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई गहन रुपमा अध्ययन समीक्षा गरेर आइएलओको साथ लिएर कार्यविधिका मस्यौदाहरु बनाएको जानकारी गराउनुभयो । उहाँले बचत तथा ऋण सहकारीहरुको छुट्टै ऐन आउने बित्तिकै वित्तीय सहकारीहरुमा देखिएका धेरै समस्याहरु स्वतः समाधान हुने दाबी गर्दै त्यसतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष पौडेलले सहकारीका सिद्धान्तको जग नै सहकारीका अन्तर्राष्ट्रिय मूल्यहरु भएको प्रष्ट्याउँदै ऐक्यबद्धताका विषयमा पनि सरोकारवालाहरुलाई ध्यानाकृष्ट गराउनुभयो । 

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सदस्यहरुको हितलाई ध्यानमा राखेर अभियानले आफ्ना गतिविधिहरु लक्षित गर्नुपर्ने बताउनुभयो । सहकारी ऐन र नियमावलीका बीचमा केही एकरुपता कायम गर्नुपर्ने भन्दै नेफ्स्कूनले तयार पारेको मस्यौदा कार्यविधिमा महत्वपूर्ण कुराहरु आएकोले थप छलफलहरुमार्फत यावत् विषयहरु सम्बोधन गरिनुपर्ने धारणा राख्नुभयो । नेफ्स्कूनले सहकारी ऐन २०७४ मा आवश्यक संशोधन, सहकारी संस्थाको कर्जा असुली न्यायाधिकरण कार्यविधि २०७७, स्थिरीकरण कोष कार्यान्वयन रणनीति, २०७७, बिशिष्टीकृत सहकारी संघको गठन तथा सञ्चालन कार्यविधि २०७७, अन्तर सहकारी भुक्तानी (बचत तथा ऋण) सम्बन्धी कार्यविधि र सहारी बचत तथा कर्जा सुरक्षण कोष सम्बन्धी कार्यविधि २०७७ गरी ६ वटा मस्यौदाहरु आज सहकारी सचिव पाण्डेमार्फत मन्त्रालयमा हस्तान्तरण गरेको हो । 
 कार्यक्रममा स्वाग मन्तव्य राख्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आइएलओ सँगको सहकार्यमा नेफ्स्कूनले धेरै छलफल गरेर यी कार्यविधिहरु बनाएको र यी सरकारका लागि पनि गाइडलाइन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारी ऐन र नियमावली भित्रका कतिपय विषयहरुले यस क्षेत्र खासगरी बचत तथा ऋण सहकारीहरुलाई काम गर्न असजिलो भएको उल्लेख गर्नुभयो । बरिष्ठ उपाध्यक्ष ढकालले सहकारी ऐन पूर्णतः सहकारी मैत्री हुन नसकेको धारणा राख्नुभयो । 
कार्यक्रममा आइएलओ नेपालका राष्ट्रिय कार्यक्रम संयोजक नवीन कुमार कर्णले नेफ्स्कूनसँगको पछिल्लो सहकार्य आगामी दिनमा पनि जारी रहने विश्वासमा आफु रहेको भन्दै लामो सहकार्यको सम्भावना औल्याउनुभयो । उहाँ नेफ्स्कूनसँगको रणनीतिक सहकार्यबाट आइएललो हर्षित भएको र समुदायमा प्रभाव रहेको सहकारी संस्थाहरुमार्फत पिछडिएका समूहहरुको उत्थानमा काम गर्न उत्प्रेरित भएको उहाँले बताउनुभयो । त्यस्तै कानूनी तथा नीतिगत बिषयमा बहसपैरवीको काममा पनि आइएलओले नेफ्स्कूनलाई वित्तीय सहयोग गर्न पाएकोकोमा उहाँले प्रसन्नता व्यक्त गर्नुभयो ।
नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी, महासंघका उपाध्यक्ष रमेश पोखरेल उपस्थित कार्यक्रम नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सञ्चालन गर्नुभएको थियो भने संघका कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक रिना आचार्य, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायतको पनि कार्यक्रममा सहभागिता थियो ।
यसैबीच, आजको कार्यक्रममा नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार डि बी बस्नेत नेपाल उद्योग वाणिज्य महासंघको भर्खरै सम्पन्न निर्वाचनबाट कार्यकारिणी समितिको सदस्य पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई संघका तर्फबाट सम्मानित समेत गरिएको थियो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

४ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२१ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२३ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२१ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप