कनकलक्ष्मीको वित्त व्यवस्थापनमा नेकोस सफ्टवेयर प्रयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कनकलक्ष्मीको वित्त व्यवस्थापनमा नेकोस सफ्टवेयर प्रयोग

काठमाडौं । पूर्वी मोरङको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नेकोस प्लस सफ्टवेयर सञ्चालनमा ल्याएको छ । मोरङका ९ बचत तथा ऋण सहकारी संस्थाहरु एकीकरण भई २०७७ मंसिर १० गते प्रदेश नं. १, रजिष्ट्रारको कार्यालयबाट  कनकलक्ष्मी साकोसले नयाँ दर्ता स्वीकृती प्राप्त गरेको थियो । 

पूर्वी मोरङमा सञ्चालित सुन्दरपुर, गछिया,  पिण्डेश्वरी, न्यू नमूना, शुभलक्ष्मी, गुराँस, प्रारम्भ, प्रसुन्न र घरआँगन एकीकरण भएका हुन् । एकीकरण पूर्व साकोसहरुले विभिन्न सफ्टवयर सेवा सञ्चालन गरेको भएपनि एकीकरण पश्चात नेकोस सफ्टवयर प्रयोगमा ल्याइएको कनकलक्ष्मी साकोसका प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराइले भन्नुभयो, ‘नेफ्स्कूनद्वारा विकास गरिएको सफ्टवेयर सम्पूर्ण वित्त व्यवस्थापनका लागि विश्वासिलो, भरपर्दो र नविनतम प्रविधिहरु सहित तथ्यांङ्कीय सुरक्षाका हिसावले पनि अन्यभन्दा मजवुद रहेको पायौं ।’ साकोस आवाज सँगको कुराकानीका क्रममा उहाँले जोड्नुभयो, “एकीकरण भएका सम्पूर्ण संस्थाहरुमा यहि मंसिर १४ गते देखि एकिकृत कारोबार शुरुभएसँगै केन्द्रीय कार्यालय सहित अन्य ६ वटा सेवा कार्यालयमार्फत एकसाथ नेकोस सफ्टवेयर सञ्चालनमा ल्याएका छौं । 

एकीकृत कारोबारमा केही जटिलता भएपनि ब्राञ्ज वाइज वित्त व्यवस्थापन सहजीकरणका लागि क्ष्द्यत् सुविधा थप गर्ने गरी सबै सेवाकेन्द्रहरुमा नेकोस सफ्टवेयर सुरु गरिएको प्रमुख कार्यकारी अधिकृत भट्टराइले बताउनुभयो । एकीकरण पूर्व सुन्दरपुर साकोस र गछिया साकोसले नेकोस् प्लस सफ्टवयर प्रयोग गरेका थिए । अनुभवी कर्मचारीहरुको सहयोगमा नेकोस सफ्टवयर मार्फत सम्पूर्ण सेवा केन्द्रमा एकसाथ कारोबार सञ्चालन भएको उहाँले जानकारी गराउनुभयो । नेकोस प्लस सफ्टवेयर मार्फत एकीकृत कारोबार व्यवस्थापनका लागि साझेदार निकाय एक्सक्लुसिभ माइन्डज्का कर्मचारीद्वारा सहजीकरण गरिएको थियो भने  नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवदीको प्रत्यक्ष उपस्थितिमा सफ्टवयर सञ्चालनमा ल्याइएको थियो ।  

सहकारीहरुको लेखा प्रणालीमा एकरुपता कायम गर्न तथा कारोबारलाई सुरक्षित, चुस्त, दुरुस्त तथा पारदर्शि बनाउनको लागि नेफ्स्कूने विकास गरेको सफ्टवेयर नेकोस सफ्टवेयर हो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप