सर्लाहीको हरिवनमा आधारशिला कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीको हरिवनमा आधारशिला कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण

सर्लाही । नेफ्स्कूनले आफ्नो ३३औं स्थापना दिवसको अवसर पारेर शुभारम्भ गरेको आधारशिला कार्यक्रम कार्यान्वयन सम्बन्धी सर्लाहीका सरोकारवालाहरुसँग अभिमुखीकरण सञ्चालन गरेको छ । आधारशिलामा साझेदारी, वित्तीय पहुँच र स्वरोजगारी स्थापित गर्ने उद्देश्यसहित यस कार्यक्रमलाई स्थानीय तहसँगको सहकार्य तथा साझेदारी मार्फत सहकारीहरुको प्रवर्द्धन तथा व्यावसायिकता विकास मा पहूँच अभिबृद्धि गर्ने लक्ष्य रहेको छ ।

सगुन साकोसको तालिम हलमा सम्पन्न अभिमुखीकरण कार्यक्रमको अध्यक्षता नेफ्स्कून उपाध्यक्ष तथा हरिवन फिल्ड कार्यालय व्यवस्थापन उप समिति संयोजक शान्ती अधिकारी, प्रमुख अतिथि हरिवन नगरपालिकाका नगर प्रमूख गणेश प्रसाई, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, हरिवन न.पा का प्रशासकीय अधिकृत खरुदेव चुडाल, नेफ्स्कून सञ्चालक सदस्य हरेराम पटेल, जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, हरिवन न.पा सहकारी विभाग प्रमुख शम्भु मैनाली, हरिवन सहकारी सञ्जाल अध्यक्ष रामप्रसाद घिमिरे र हरिवन न.पा.का वडा १ देखी ११ सम्मका बडाध्यक्षहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै प्रमुख अतिथि, प्रमुख प्रशासकीय अधिकृत र जिल्ला सहकारी संघका अध्यक्षहरुले सहकारीहरुको बृद्धि विकासका लागि नेफ्स्कूनले शुरु गरेको आधारशिला कार्यक्रम प्रभावकारी रहेको विचार व्यक्त गर्दै स्थानीय तहवाटनै सुरुवाता गुर्नपर्नेमा हामी पछिपरेको र अवउपरान्त यस कार्यक्रमलाई सम्झौता गरी अझ प्रभावकारी ढङगबाट अगाडि बढाउने कुरामा प्रतिवद्धता जनाउनुभएको थियो । हामी हरेक क्षेत्रमा यस कार्यक्रमलाई अगाडि बढाउन हरिवन नगरपालिकाले आवश्यक सक्दो सहयोग गर्ने र जिल्लाको हरेक वडाहरुमा समन्वयका लागि तत्काल कार्य अगाडि बढाउने जानकारी गराउनुभयो । साथै आधाशिला कार्यक्रमले सहकारीको दिगो विकास सँगै सहकारीलाई उत्पादनमा जोडिन उत्प्रेरित गर्दै सदस्यहरुको आर्थिक जीवनस्तर सुधारमा सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

स्थानीय निकाय सँगको समन्वय र साझेदारी मार्फत सहकारीहरुको दिगो विकास र प्रबर्द्धन गर्ने लक्ष्य सहित नेफ्स्कूनले प्रारम्भ गरेको आधारशिला कार्यक्रम सम्बन्धमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले केन्द्रीय संघ र स्थानीय तहसँगको साझेदारीमा वित्तीय पहुँच अभिबृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालिकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभिप्राय राखेर सहकारी क्षेत्रका प्राप्त उपलब्धीहरुको सम्बर्द्धन गर्न आधारशिला कार्यक्रम अगाडि सारिएको जानकारी गराउनुभयो । 

कार्यक्रमको समापन सत्रमा बोल्दै नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले यस्ता कार्यक्रमले सहकारीलाई सुशासन, प्रवर्द्धन गर्ने, सहकारीलाई वर्गीकरण गरि सिमित क्षेत्रका सहकारीमा यो कार्यक्रम लैजादा उपयुक्त हुने विचार व्यक्त गर्नुभयो । नगरपालिकालाई यस्तो कार्यक्रममा सहभागी हुन भएकोमा नगर प्रमुख तथा अन्य सहभागी साथीहरुको सहभागिता देखी कार्यक्रम चाँडोभन्दा चाँडो सम्झौता गरी कार्यक्रम अगाडि बढ्नेमा विश्वस्त रहको जानकारी गराउनुभयो । कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नु भएको थियो भने व्यवस्थापन हरिवन फिल्ड कार्यालयका कर्मचारीहरुले गर्नुभएको थियो ।
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप