आधारशिला कार्यक्रम सबैभन्दा पहिले लागू गर्ने निजगढ नगरपालिकाको प्रतिबद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आधारशिला कार्यक्रम सबैभन्दा पहिले लागू गर्ने निजगढ नगरपालिकाको प्रतिबद्धता

बारा । प्रदेश नं २ को बारा जिल्लास्थित निजगढ नगरपालिकाले नेफ्स्कूनले सञ्चालन गर्ने आधारशिला कार्यक्रममा सबैभन्दा पहिले हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ । नेफ्स्कूनले सञ्चालन गरेको उक्त कार्यक्रमले बचत तथा ऋण सहकारीहरुमा गुणस्तर सुनिश्चितता, सुशासन, कार्यालय व्यवस्थापन, संस्थागत उत्तरदायित्व र जवाफदेहिताजस्ता अति आवश्यक विषयलाई जोड दिएका कारण सबै पालिकामध्ये निजगढले पहिले कार्यक्रम लागू गर्ने नगरप्रमुख सुरेश कुमार खनालले बताउनुभयो । निजगढ नगरपालिकाले सहकारीलाई दिगो बनाउन कुनै कसर बाँकी नराख्ने उहाँको भनाई थियो ।

नेफ्स्कूनले स्थानीयत तहसँगको समन्वयमा सञ्चालन गर्ने नवीन कार्यक्रम आधारशिलाका सम्बन्धमा मंसिर १९ गते निजगढ नगरपालिकामा सम्पन्न कार्यक्रममा नगरप्रमुख खनालले आधारशिला कार्यक्रम अहिलेको आवश्यकता भएको बताउँदै नेफ्स्कूनले स्थानीयत तहसँगको समन्वयमा सञ्चालन गर्ने कार्यक्रमको प्रशंसा गर्दै सहकार्यको वचन दिनुभएको हो । कार्यक्रमको अध्यक्षता गर्नुभएकी नेप्mस्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले आधारशिला कार्यक्रमले विशेष गरेर प्रदेश नं २ मा जोड दिएको चर्चा गर्नुभयो । यस्ता कार्यक्रमले प्रदेश नं. २ को सहकारीलाई दिगो बनाउन एकदम फाइदा पु¥याउने भनाई उपाध्यक्ष अधिकारीको थियो । 
कार्यक्रममा निजगढ नगारपालिकाका उपप्रमुख लिला खनाल, नेप्mस्कूनका महासचिव दामोदर अधिकारी, सञ्चालक सदस्य हरेराम प्रसाद, बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष सत्येन्द्र ठाकुर, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष तथा निजगढ नगरपालिकाका सहकारी संजालका संयोजक भोला गौतम, निजगढ नगरापालिका वडा नं. ८ का वडा अध्यक्ष टेक बहादुर लामा, निजगढ नगरपालिकाका सहकारी शाखा प्रमुख रविन घिमिरे, बारा जिल्ला बचत संघका उपाध्यक्ष गीता देवी जैसवाल, बारा जिल्ला बचत संघका कोषाध्यक्ष शोभा राउत सहित १३ जनाको सहभागीता रहेको थियो । आधारशिला कार्यक्रमको बारेमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको प्रस्तुति पछि नगरपालिका एवम् जिल्लास्थित सहकारीकर्मीहरुले कार्यक्रम अहिलेको आवश्यकता भएको भन्दै सबैको साथ र सहकार्यमा यसको सफलता सम्भवन हुने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भोला गौतम, सत्येन्द्र ठाकुरले मन्तव्य राख्दै नेप्mस्कूनका महासचिवको प्रस्तुतीकरणलाई सराहनिय भन्दै आधारशिला कार्यक्रम आजको आवश्यकता भएको मन्तव्यमा उल्लेख गर्नुभएको थियो । 
कार्यक्रमका अन्य वक्ताहरुले नेप्mस्कूनको आधारशिला कार्यक्रममा सहकारीहरुको लागि एकदमै सकारात्मक र सुधारात्मक कदम रहेको उल्लेख गर्नु भएको थियो । नेफ्स्कूनले आधारशिला अभिमुखीकरण कार्यक्रम हरिऔनमा पनि आयोजना गरेको थियो । निजगढको कार्यक्रम नेप्mस्कून पर्सा फिल्ड कार्यालय ईन्चार्ज बृजेश गुप्ताले सञ्चालन गर्नुभएको थियो । 
 
भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप