नेफ्स्कूनद्वारा रौतहटमा आधारशिला कार्यक्रम कार्यान्वयन गोष्ठी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा रौतहटमा आधारशिला कार्यक्रम कार्यान्वयन गोष्ठी

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा नेफ्स्कूनद्वारा सञ्चालन हुन गईरहेको आधारशिला कार्यक्रम कार्यान्वयन सम्बन्धमा सरोकारवालाहरुसँग परामर्श कार्यशाला हिजो सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनका क्रममा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले समाजको आर्थिक सामाजिक विकासमार्फत समाज सुदृढीकरणका लागि सहकारीको भूमिका उल्लेख्य रहेको चर्चा गर्दै नगरपालिका सहकारी सँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । 

त्यसैगरी चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरी र प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देल ले सहकारी संस्थाहरुले सहकारीको भावना अनुरुप काम गर्नेुपर्ने सुझाव प्रस्तुत गर्दै नगरपालिका ले नगर क्षेत्रका सहकारीको विकासमा काम गर्न कुनै प्रकारको कसर बाँकी नराख्ने बचनबद्धता व्यक्त गर्नुभयो । 

नेफ्स्कूका उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षता र जिल्ला बचत संघ रौतहटका अध्यक्ष देवकी नेपाल को स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रतिनिधिहरु, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, चन्द्रपुर सहकारी सञ्जालका अध्यक्ष खड्ग बहादुर बम्जन, विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक लगायतको  उपस्थिति रहेको थियो । 

स्थानीय निकाय सँगको समन्वय र साझेदारी मार्फत सहकारीहरुको दिगो विकास र प्रबर्द्धन गर्ने लक्ष्य सहित नेफ्स्कूनले प्रारम्भ गरेको आधारशिला कार्यक्रम सम्बन्धमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले केन्द्रीय संघ र स्थानीय तहसँगको साझेदारीमा वित्तीय पहुँच अभिबृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालिकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभिप्राय राखेर सहकारी क्षेत्रका प्राप्त उपलब्धीहरुको सम्बर्द्धन गर्न आधारशिला कार्यक्रम अगाडि सारिएको जानकारी गराउनुभयो । 

कार्यक्रम समापनका क्रममा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले आधारशिला कार्यक्रम सहकारीको सुशासन प्रवर्द्धन र दिगो विकासका लागि अनिवार्य आवश्यकता रहेको औल्याउनुभयो । 
 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप