नेफ्स्कूनद्वारा रौतहटमा आधारशिला कार्यक्रम कार्यान्वयन गोष्ठी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा रौतहटमा आधारशिला कार्यक्रम कार्यान्वयन गोष्ठी

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा नेफ्स्कूनद्वारा सञ्चालन हुन गईरहेको आधारशिला कार्यक्रम कार्यान्वयन सम्बन्धमा सरोकारवालाहरुसँग परामर्श कार्यशाला हिजो सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनका क्रममा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले समाजको आर्थिक सामाजिक विकासमार्फत समाज सुदृढीकरणका लागि सहकारीको भूमिका उल्लेख्य रहेको चर्चा गर्दै नगरपालिका सहकारी सँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । 

त्यसैगरी चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरी र प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देल ले सहकारी संस्थाहरुले सहकारीको भावना अनुरुप काम गर्नेुपर्ने सुझाव प्रस्तुत गर्दै नगरपालिका ले नगर क्षेत्रका सहकारीको विकासमा काम गर्न कुनै प्रकारको कसर बाँकी नराख्ने बचनबद्धता व्यक्त गर्नुभयो । 

नेफ्स्कूका उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षता र जिल्ला बचत संघ रौतहटका अध्यक्ष देवकी नेपाल को स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रतिनिधिहरु, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, चन्द्रपुर सहकारी सञ्जालका अध्यक्ष खड्ग बहादुर बम्जन, विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक लगायतको  उपस्थिति रहेको थियो । 

स्थानीय निकाय सँगको समन्वय र साझेदारी मार्फत सहकारीहरुको दिगो विकास र प्रबर्द्धन गर्ने लक्ष्य सहित नेफ्स्कूनले प्रारम्भ गरेको आधारशिला कार्यक्रम सम्बन्धमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले केन्द्रीय संघ र स्थानीय तहसँगको साझेदारीमा वित्तीय पहुँच अभिबृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालिकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभिप्राय राखेर सहकारी क्षेत्रका प्राप्त उपलब्धीहरुको सम्बर्द्धन गर्न आधारशिला कार्यक्रम अगाडि सारिएको जानकारी गराउनुभयो । 

कार्यक्रम समापनका क्रममा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले आधारशिला कार्यक्रम सहकारीको सुशासन प्रवर्द्धन र दिगो विकासका लागि अनिवार्य आवश्यकता रहेको औल्याउनुभयो । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१८ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१८ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप