नेफ्स्कून र रौतहट जिल्ला बचत संघ बीच जिल्ला संघ साझेदारी कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र रौतहट जिल्ला बचत संघ बीच जिल्ला संघ साझेदारी कार्यक्रम सम्झौता

सर्लाही । नेफ्स्कून र रौतहट जिल्ला बचत संघ बीच मंसिर २१ गते आइतबार नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम सम्झौता भएको छ । साझेदारी कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र जिल्ला बचत संघ रौतहट का अध्यक्ष देवकी नेपालले हस्ताक्षर गर्नुभएको थियो । 

नेपालको बचत तथा ऋण सहकारी अभियानलाई सुदृढीकरण तथा सञ्जालको क्षमता विकास गरि सहकारी ऐन तथा नियमावली बमोजिम नेफ्स्कून र जिल्ला बचत संघको व्यवसायमा एकरुपता ल्याउन र स्थानीय जिल्ला संघहरुलाई उत्तरदायी बनाउँदै सुशासन स्थापना गर्न साझेदारी कार्यक्रम कार्यान्वयनमा रहेको छ ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले साझेदारीमार्फत बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, आवद्ध सदस्य संस्थाहरुलाई प्रदान गरिने तालिम शिक्षा तथा सेवाहरुमा एकरुपता ल्याउन र साकोस अभियानको पहुँच जिल्ला संघमार्फत स्थानीय स्तरसम्म अभिवृद्धि गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले भौगोलिक विकटता र संस्थाहरुको न्यून सक्षमताका कारण पहुँच वृद्धि गर्नुपर्ने ठाउँहरुमा स्थानीय जिल्ला बचत संघहरुको क्रियाशीलता अभिबृद्धि गर्दै नेफ्स्कून र जिल्ला बचत संघमा आबद्ध बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत एवम् व्यावसायिक सेवा पुर्याउन साथै साकोस अभियानलाई सुदृढ र दिगो बनाउन साझेदारी कार्यक्रम शुरु गरिएको बताउनुभयो । कार्यक्रममा सगुन साकोसका अध्यक्ष एवम् जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, जिल्ला बचत संघ रौतहटका पदाधिकारीहरु, स्थानीय सहकारी प्रतिनिधिहरु सहित नेफ्स्कून सर्लाही फिल्ड कार्यालय इन्चार्ज राजेन्द्र ढकालको उपस्थिति रहेको थियो ।  

जिल्ला बचत संघ साझेदारी कार्यक्रम सञ्चालन गर्न गठित कार्यदलमा रौतहट जिल्ला बचत संघका अध्यक्ष देवकी नेपाल पनि सदस्य पदमा मनोनयन हुनुभएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप