साकोस प्रतिनिधिहरू बीच नेफ्स्कूनको सेवा तथा व्यवसाय अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस प्रतिनिधिहरू बीच नेफ्स्कूनको सेवा तथा व्यवसाय अभिमुखीकरण 

सुनसरी । नेफ्स्कून सुनसरी फिल्ड कार्यालयको आयोजनामा आज किसान कल्याण साकोसको सभाहल इटहरीमा नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
 
नेफ्स्कूनका सञ्चालक एवम् फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् किसान कल्याण साकोसका अध्यक्ष सालिकराक ढकाल, फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य एवम् दुर्गा साकोका अध्यक्ष कुवेर शर्मा, नेफ्स्कून फिल्ड कार्यालय काठमाडौं, गोगंबुका व्यवस्थापन उपसमिति सदस्य दिपक आचार्य, जिल्ला बचत संघ सुनसरीका उपाध्यक्ष योगमाया सुवेदी, नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज बुढाथोकी, अन्य फिल्ड कर्मचारीहरु सहित विभिन्न १५ वटा बचत तथा ऋण सहकारी संस्थाका गरी ३१ जनाको सहभागिता रहेको थियो । 

फिल्ड व्यवस्थापन उपसमिति सदस्य एवम् किसान कल्याण साकोसका अध्यक्ष सालिकराक ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज वुढाथोकीले नेफ्स्कूनको ऋण लगानी तथा सेवाहरु, बचतका उत्पादन, बर्तमान बजार अवस्था, साकोस अभियानमा अन्तरलगानीले पुर्याएको योगदान तथा नेफ्स्कूनका ऋणका उत्पादन तथा यसका विशेषताहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । 

नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले बचत तथा ऋण सहकारी अभियानलाई सञ्जालिकृत गर्दै वित्तीय पहुँच अभिबृद्धि गर्न सद्भावपूर्ण सहकार्य र सामुहिक ऐक्यवद्धताको खाँचो औल्याउँदै नेफ्स्कूनको सेवा तथा व्यवसाय विकास आबद्ध संस्थाहरुमै निर्भर रहेको प्रष्ट्याउनुभयो । उहाँले सदस्य संघ संस्थाहरुको र स्वयं संघको वित्तीय आवश्यकता पुरा गर्न साझा स्वामित्वका विभिन्न सेवा विकास गरिएको जानकारी गराउँदै सदस्य संघ संस्थाले सदस्यहरुलाई प्रवाह गर्ने ऋण सेवालाई उत्पादन केन्द्रित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहभागीहरुबाट उठेका जिज्ञासाहरुको पनि सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष गोमा नेपालले नेफ्स्कको वृद्धि नै सदस्य संस्थाहरुको वृद्धिको सुचक भएको चर्चा गर्दै संघद्वारा प्रवर्द्धित सेवा तथा व्यावसायिक उत्पादनहरुको उपभोग गर्न सदस्य संस्थाहरुलाई अनुरोध गर्नुभयो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप