‘नेफ्स्कूनको श्रीवृद्धिमा मोरङको साकोस अभियानको महत्वपूर्ण भूमिका’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नेफ्स्कूनको श्रीवृद्धिमा मोरङको साकोस अभियानको महत्वपूर्ण भूमिका’

मोरङ । नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले संघको सुदृढीकरणमा मोरङ जिल्लाको बचत तथा ऋण सहकारी अभियानको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । “नेफ्स्कून आजको बलियो अवस्थामा आइपुग्न मोरङको साकोस अभियानको भूमिका अतुलनीय छ,” कोषाध्यक्ष पनेरुले भन्नुभयो,“ यो साथ र सहयोगको लागि नेफ्स्कून परिवार यहाँहरु प्रति सधै कृतज्ञ छ ।” आज अपरान्ह जिल्ला बचत संघ मोरङका पदाधिकारीहरुसँगको महत्वपूर्ण अन्तरक्रियात्मक छलफलमा बोल्दै कोषाध्यक्ष पनेरुले उक्त धारणा राख्नुभएको हो । उहाँले नेफ्स्कून र जिल्ला संघ साझेदारीको कार्यक्रमलाई थप प्रभावकारी रुपमा अघि बढाउने विषयमा आजको छलफलबाट महत्वपूर्ण राय सुझावहरु प्राप्त भएको समेत दाबी गर्नुभयो । “यस बाहेक सहकारी तथा साकोस अभियानका समसामयिक विषयमा पनि आज छलफल भयो, ” कोषाध्यक्ष पनेरुले भन्नुभयो, “ छलफलका क्रममा जिल्ला संघ साझेदारी कार्यक्रम सबलीकरणका लागि नेफ्स्कून र जिल्ला संघ मोरङ मिलेर अघि बढ्ने निचोड निस्कियो, यसबाट हामी थप उत्साहित बनेका छौं ।”

यसैबीच, जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौलालाई जिल्ला संघ साझेदार कार्यदलको सदस्यमा मनोनयन गरेको पत्र समेत कोषाध्यक्ष पनेरुले हस्तान्तरण गर्नुभयो । नेफ्स्कूनकी सञ्चालक गोमा नेपाल, जिल्ला बचत संघ मोरङका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, निवर्तमान अध्यक्ष एवम् अन्य सञ्चालकहरु, नेफ्स्कूनका व्यवसाय अधिकृत मनोज बुढाथोकी लगायत सहभागी कार्यक्रममा सहकारी ऐन र नियमावलीका अवरोधहरु, स्थिरीकरण कोष, कर्जा सूचना केन्द्र, दोहोरो सदस्यता लगायतका अन्य सामयिक विषयहरुमा छलफल भएको संघका व्यवसाय अधिकृत मनोज बुढाथोकीले जानकारी दिनुभयो । संघका कोषाध्यक्ष पनेरु र व्यवसाय अधिकृत बुढाथोकीको टोली “नेफ्स्कून सेवा तथा व्यवास अभिमुखीकरण” को सिलसिलामा केही दिन देखि पूर्वी जिल्लाको भ्रमणमा रहेको छ । उहाँहरुले भोली धरानमा पनि महत्वपूर्ण भेटघाट र छफल गर्ने कार्यक्रम रहेको छ ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप