‘नेफ्स्कूनको श्रीवृद्धिमा मोरङको साकोस अभियानको महत्वपूर्ण भूमिका’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नेफ्स्कूनको श्रीवृद्धिमा मोरङको साकोस अभियानको महत्वपूर्ण भूमिका’

मोरङ । नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले संघको सुदृढीकरणमा मोरङ जिल्लाको बचत तथा ऋण सहकारी अभियानको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । “नेफ्स्कून आजको बलियो अवस्थामा आइपुग्न मोरङको साकोस अभियानको भूमिका अतुलनीय छ,” कोषाध्यक्ष पनेरुले भन्नुभयो,“ यो साथ र सहयोगको लागि नेफ्स्कून परिवार यहाँहरु प्रति सधै कृतज्ञ छ ।” आज अपरान्ह जिल्ला बचत संघ मोरङका पदाधिकारीहरुसँगको महत्वपूर्ण अन्तरक्रियात्मक छलफलमा बोल्दै कोषाध्यक्ष पनेरुले उक्त धारणा राख्नुभएको हो । उहाँले नेफ्स्कून र जिल्ला संघ साझेदारीको कार्यक्रमलाई थप प्रभावकारी रुपमा अघि बढाउने विषयमा आजको छलफलबाट महत्वपूर्ण राय सुझावहरु प्राप्त भएको समेत दाबी गर्नुभयो । “यस बाहेक सहकारी तथा साकोस अभियानका समसामयिक विषयमा पनि आज छलफल भयो, ” कोषाध्यक्ष पनेरुले भन्नुभयो, “ छलफलका क्रममा जिल्ला संघ साझेदारी कार्यक्रम सबलीकरणका लागि नेफ्स्कून र जिल्ला संघ मोरङ मिलेर अघि बढ्ने निचोड निस्कियो, यसबाट हामी थप उत्साहित बनेका छौं ।”

यसैबीच, जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौलालाई जिल्ला संघ साझेदार कार्यदलको सदस्यमा मनोनयन गरेको पत्र समेत कोषाध्यक्ष पनेरुले हस्तान्तरण गर्नुभयो । नेफ्स्कूनकी सञ्चालक गोमा नेपाल, जिल्ला बचत संघ मोरङका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, निवर्तमान अध्यक्ष एवम् अन्य सञ्चालकहरु, नेफ्स्कूनका व्यवसाय अधिकृत मनोज बुढाथोकी लगायत सहभागी कार्यक्रममा सहकारी ऐन र नियमावलीका अवरोधहरु, स्थिरीकरण कोष, कर्जा सूचना केन्द्र, दोहोरो सदस्यता लगायतका अन्य सामयिक विषयहरुमा छलफल भएको संघका व्यवसाय अधिकृत मनोज बुढाथोकीले जानकारी दिनुभयो । संघका कोषाध्यक्ष पनेरु र व्यवसाय अधिकृत बुढाथोकीको टोली “नेफ्स्कून सेवा तथा व्यवास अभिमुखीकरण” को सिलसिलामा केही दिन देखि पूर्वी जिल्लाको भ्रमणमा रहेको छ । उहाँहरुले भोली धरानमा पनि महत्वपूर्ण भेटघाट र छफल गर्ने कार्यक्रम रहेको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप