नेफ्स्कून र जिल्ला बचत संघ सुनसरीबीच अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र जिल्ला बचत संघ सुनसरीबीच अन्तरक्रिया 

सुनसरी । पूर्वी जिल्लाहरुको भ्रमणमा रहनुभएका नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु एवम् सुनसरीमै रहनुभएकी नेफ्स्कूनकी सञ्चालक गोमा नेपाल सहितको टोलीले आज सुनसरी जिल्ला बचत संघका पदाधिकारीहरुसँग पनि छलफल गरेको छ ।  अपरान्ह जिल्ला बचत संघको कार्यालयमा भएको छलफलमा सुनसरी जिल्ला बचत संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदी सहित पदाधिकारी र सञ्चालकहरुको टोलीले नेफ्स्कून टोलीलाई स्वागत गरेको थियो । कार्यक्रममा व्यवसाय अधिकृत मनोज बुढाथोकी, कार्यक्रम अधिकृत सन्दिपराज ढकाल, अनुगमन अधिकृत मुकेश दाहाल लगायतको उपस्थिति थियो । अन्तरक्रियामा नेफ्स्कून जिल्ला बचत संघ साझेदारीलाई केन्द्रमा राखेर अन्य समसामयिक विषयमा छलफल भएको थियो ।  नेफ्स्कूनको विकास र वृद्धिमा जिल्ला संघहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै कोषाध्यक्ष पनेरुले नेफ्स्कूनले सधै जिल्ला संघसँगको सम्बन्ध र भूमिकालाई महत्व दिएको बताउनुभयो ।

उहाँले नेफ्स्कून र जिल्ला संघ साझेदारीको कार्यक्रमलाई थप प्रभावकारी रुपमा अघि बढाउने विषयमा  आफ्नो भ्रमण केन्द्रित रहेको समेत जानकारी गराउनुभयो । आजको छलफलबाट महत्वपूर्ण राय सुझावहरु प्राप्त भएको दाबी कोषाध्यक्ष पनेरुको थियो । साथै सहकारी तथा साकोस अभियानका विविध विषयमा पनि सुनसरी जिल्ला बचत संघसँग छलफल भएको नेफ्स्कूनका व्यवसाय अधिकृत मनोज बुढाथोकीले बताउनुभयो ।

छलफलका क्रममा जिल्ला संघ साझेदारी कार्यक्रमलाई थप शसक्त बनाउने अभियानमा सुनसरी जिल्ला बचत संघको साथ र सहयोगको अपेक्षा गरेको कोषाध्यक्ष पनेरुले बताउनुभयो । जवाफमा सुनसरी जिल्ला बचत संघकी बरिष्ठ उपाध्यक्ष सुवेदीले नेफ्स्कूनसँग सहकार्यका लागि संघ सदा तयार रहेको धारणा राख्नुभएको थियो । संघका कोषाध्यक्ष पनेरु र व्यवसाय अधिकृत बुढाथोकीको टोली “नेफ्स्कून सेवा तथा व्यवास अभिमुखीकरण” को सिलसिलामा केही दिन देखि पूर्वी जिल्लाको भ्रमणमा रहेको छ । उहाँहरुले भोली धरानमा पनि महत्वपूर्ण भेटघाट र छफल गर्ने कार्यक्रम रहेको छ ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप