नेफ्स्कून र जिल्ला बचत संघ सुनसरीबीच अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र जिल्ला बचत संघ सुनसरीबीच अन्तरक्रिया 

सुनसरी । पूर्वी जिल्लाहरुको भ्रमणमा रहनुभएका नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु एवम् सुनसरीमै रहनुभएकी नेफ्स्कूनकी सञ्चालक गोमा नेपाल सहितको टोलीले आज सुनसरी जिल्ला बचत संघका पदाधिकारीहरुसँग पनि छलफल गरेको छ ।  अपरान्ह जिल्ला बचत संघको कार्यालयमा भएको छलफलमा सुनसरी जिल्ला बचत संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदी सहित पदाधिकारी र सञ्चालकहरुको टोलीले नेफ्स्कून टोलीलाई स्वागत गरेको थियो । कार्यक्रममा व्यवसाय अधिकृत मनोज बुढाथोकी, कार्यक्रम अधिकृत सन्दिपराज ढकाल, अनुगमन अधिकृत मुकेश दाहाल लगायतको उपस्थिति थियो । अन्तरक्रियामा नेफ्स्कून जिल्ला बचत संघ साझेदारीलाई केन्द्रमा राखेर अन्य समसामयिक विषयमा छलफल भएको थियो ।  नेफ्स्कूनको विकास र वृद्धिमा जिल्ला संघहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै कोषाध्यक्ष पनेरुले नेफ्स्कूनले सधै जिल्ला संघसँगको सम्बन्ध र भूमिकालाई महत्व दिएको बताउनुभयो ।

उहाँले नेफ्स्कून र जिल्ला संघ साझेदारीको कार्यक्रमलाई थप प्रभावकारी रुपमा अघि बढाउने विषयमा  आफ्नो भ्रमण केन्द्रित रहेको समेत जानकारी गराउनुभयो । आजको छलफलबाट महत्वपूर्ण राय सुझावहरु प्राप्त भएको दाबी कोषाध्यक्ष पनेरुको थियो । साथै सहकारी तथा साकोस अभियानका विविध विषयमा पनि सुनसरी जिल्ला बचत संघसँग छलफल भएको नेफ्स्कूनका व्यवसाय अधिकृत मनोज बुढाथोकीले बताउनुभयो ।

छलफलका क्रममा जिल्ला संघ साझेदारी कार्यक्रमलाई थप शसक्त बनाउने अभियानमा सुनसरी जिल्ला बचत संघको साथ र सहयोगको अपेक्षा गरेको कोषाध्यक्ष पनेरुले बताउनुभयो । जवाफमा सुनसरी जिल्ला बचत संघकी बरिष्ठ उपाध्यक्ष सुवेदीले नेफ्स्कूनसँग सहकार्यका लागि संघ सदा तयार रहेको धारणा राख्नुभएको थियो । संघका कोषाध्यक्ष पनेरु र व्यवसाय अधिकृत बुढाथोकीको टोली “नेफ्स्कून सेवा तथा व्यवास अभिमुखीकरण” को सिलसिलामा केही दिन देखि पूर्वी जिल्लाको भ्रमणमा रहेको छ । उहाँहरुले भोली धरानमा पनि महत्वपूर्ण भेटघाट र छफल गर्ने कार्यक्रम रहेको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप