साकोस प्रतिनिधिहरुका लागि तरलता व्यवस्थापन तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस प्रतिनिधिहरुका लागि तरलता व्यवस्थापन तालिम

नेपालगञ्ज । बाँके र बर्दिया जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको एक दिवसीय तरलता ब्यवस्थापन तालिम हिजो नेपालगञ्जमा सम्पन्न भएको छ । 

नेपालगञ्ज फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य प्रेम बहादुर शाहको अध्यक्षता र लुम्बिनी प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष एवम् बाँके जिल्ला बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । 

प्रमुख अतिथि ज्ञवालीले साकोस र सदस्यहरुको आर्थिक विकासलाई दिगो र तीब्र गतिमा अगाडि बढाउन नेफ्स्कूनमा आवद्धता र तालिम तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा साकोसलाई अनिवार्य सहभागिता आवश्यक रहेको बताउनुभयो । तरलता ब्यवस्थापनसँग संस्थाको ख्याति, सञ्चालक तथा ब्यवस्थापनको भविष्य, सदस्यको बचतको सुरक्षा, सहकारी अभियानको प्रतिष्ठा लगायतका विषय जोडिएको हुदाँ यी विषयहरुमा साकोसले सधै ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

नेपालगञ्ज फिल्ड ब्यवस्थापन उप–समिति सदस्य बिष्णु बहादुर रिमालले वित्तीय अनुशासन कायम गरी सुशासित संस्था निर्माण गर्न नेफ्स्कूनले सञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रम सहभागिताको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । 

तालिममा बाँके र बर्दिया जिल्लामा सञ्चालित २६ ओटा साकोसहरुबाट २८ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगाना र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन फिल्ड कार्यालय इन्चार्ज यम बहादुर डाँगीले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप