जेष्ठ सेयर सदस्यलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै पिपलबोटको १८ औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जेष्ठ सेयर सदस्यलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै पिपलबोटको १८ औं बार्षिक साधारणसभा सम्पन्न

सुर्खेत । पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि. को १८ औं वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ । कोभिड–१९ को महामारीका बीच स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै मंसिर २१ गते देखि शु्रु साताव्यापी सदस्य उपस्थिति र विस्तारित मञ्चमा छलफल सहित निर्णय प्रमाणिकरण गर्दै हिजो समापन भएको हो । 

साधारणसभाको समापन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर– ४ का वडा अध्यक्ष निलकण्ठ खनालले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेका सहकारीहरूले प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले प्रविधिका माध्यमबाटै अन्तर सहकारी कारोबार सञ्चालन गर्न सके सदस्यहरूलाई बढीभन्दा बढी सुविधा प्रदान गर्न सकिन्छ, ‘एकबाट अर्को सहकारीमा रकम ट्रान्सफर गर्ने व्यवस्था गरी सदस्यलाई सहज र सर्वसुलभ सेवा प्रवाहको ब्यवस्था मिलाउनु पर्छ, उहाँले जोड्नुभयो । 

पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले झण्डै आठ करोड रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले संस्थामा आवद्ध सदस्यहरूलाई सात करोड ८६ लाख ५९ हजार रुपैयाँ सहुलियत ब्याजमा ऋण परिचालन गरेको हो । कोरोना महामारीका कारण सावधानी अपनाउँदै साताब्यापी रुपमा १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको सहकारीले सभामा ७० प्रतिशत सदस्यको सहभागितामा रहेको जनाएको थियो । अल्पकालीन तथा दीर्घकालीन रणनीति अवलम्बन गर्दै आएको संस्थाले यस पटकको वार्षिक सभाबाट आगामी पाँच वर्षको व्यवसायिक रणनीतिक योजना निर्माण गर्ने निर्णय समेत गरेको छ ।

संस्थाले ७० वर्ष उमेर पुगेका जेष्ठ शेयर सदस्यलाई मासिक दुई सयका दरले एक वर्षको जनही दुई हजार चार सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो भने सहकारीले जेष्ठ नागरिक सम्मान शिर्षकमा १४ जनालाई उक्त भत्ता वितरण गरेको थियो । साधारणसभाका अवसरमा संस्थाको भवन निर्माण कार्यमा निःशुल्क प्राविधिक परामर्श दिने इन्जिनियरद्वय सागर लम्साल र छत्र बोहरालाई सम्मान गरेको थियो ।

शेयर पूँजि एक करोड ४४ लाख रहेको संस्थामा हाल एक हजार सात सय ३५ जना शेयर सदस्य छन् । सहकारीको बचत र निक्षेप सात करोड ३२ लाख ४४ हजार रहेको छ । संस्थाका प्रबन्धक रमेश खनालले सहकारीको कुल सम्पत्ति ११ करोड तीन लाख ७१ हजार बराबर रहेको जानकारी गराउनु भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष टेकराज कोइरालाले प्रगति एवम् प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिव मनिराम भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप