चितवनको श्री बछौली नारी चेतना साकोस प्रोबेशन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनको श्री बछौली नारी चेतना साकोस  प्रोबेशन कार्यक्रममा आबद्ध

चितवन । जिल्लाको रत्ननगर–६ स्थित बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता प्रमाणीकरण सम्बन्धी कार्यक्रम प्रोबेशनमा आबद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र बछौली नारी चेतना महिला साकोसबीच मसिंर २८ गते औपचारिक सम्झौता भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बबिता चौधरी, नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारी, चितवन फिल्ड व्यवस्थापन उपसमिति सदस्य गोपाल प्रसाद गौतम, साकोस उपाध्यक्ष भागीरथी घिमीरे लगायत सम्पुर्ण सचांलक समिति , लेखा सुपरीवेक्षण समिति, व्यवस्थापक शारदा विडारी, नेफ्स्कून चितवन फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकृत सुरज चालिसे लगायतको उपस्थिति थियो । नेफ्स्कुनकी उपाध्यक्ष शान्ति अधिकारीले साकोस राम्रो रहेको र कर्ब्स बाट प्रोबेशन कार्यक्रममा सहभागी हुँदै आगामी दिनमा एक्सेसे् ब्राण्डमा स्तारोन्नति हुनुपर्ने बताउनुभयो । बछौली नारी चेतना साकोसकी अध्यक्ष बबिता चौधरीले  प्रोबेशन कार्यक्रममा सहभागिताले संस्थाको वित्तीय सुशासन, व्यवस्थापन एवम् वृद्धिमा उल्लेख्य भूमिका खेल्ने दाबी गर्नुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आबद्ध हुँदा नीति, विधि र प्रविधि सुधारमा निक्कै सहयोगी भएको देखेर  पनि प्रोबेशनमा सहभागी भएको बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप