कलशको ९ औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा शर्मा निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कलशको ९ औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा शर्मा निर्वाचित

दाङ। दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ । मंसिर २० गतेदेखी शुरु भएको वार्षिक साधारणसभा एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । कोराना भाईरसका कारण भौतिक उपस्थितिलाई कम गर्नका लागि साताब्यापी चरणवद्ध कार्यक्रम गरेर साधारण सभा गरिएको हो । 

संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा घोराही उप महानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कलश बचतले अवलम्वन गरेको व्यवस्थापकीय तथा समय व्यवस्थापनलाई अन्य सहकारी संस्थाले पनि सिको गर्न सकेमा सहकारी अभियानले छिटै फड्को मार्ने बताएका छन । बिगतमा सून्यमा रहेको सहकारी संस्थालाई करौडौंको बनाउन संस्थाले अवलम्वन निति र सक्रियता प्रभावकारी रहेको उनिहरुको भनाई थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष रमेशकुमार पाण्डेयले जिल्लामा सहकारी संस्था धेरै रहेपनि कलशको नाम अगाडी आउनुमा उसले अवलम्वन गरेको व्यवस्थापकिय पक्ष प्रमुख कारक रहेको बताउनुभयो । बजारबाट पैसा उठाउने र गोजीको खल्तीमा हाली संस्थामा नदेखाउने प्रवृतिले गर्दा जिल्लामा धेरै संस्था डुवेको भन्दै उहाँले सुशासन,पारदर्शिता,जवाफदेयिता जस्ता कुरा सवै सहकारीले देखाउन सक्नुपर्ने बताउनुभयो । 

यस्तै सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख होमलाल भुसालले अधिकांस युवाहरुको प्रत्यक्ष संलग्नता रहेको कलश सहकारी आर्थिक तथा व्यवस्थापनमा अव्वल रहेको भन्दै उहाँले सदस्यता बृद्धि र बचत तथा ऋण परिचालनलाई अझै प्रभावकारी बनाउन सकेमा जिल्लाकै नमुना सहकारी बन्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष नविन कुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले संस्थाले थालनी गरेको समय व्यवस्थापन सवैका लागि प्रेरणा रहेको भन्दै समय संग चल्न नसक्ने र समयको सदुपयोग गर्न नसक्ने संस्था अगाडी बढ्न नसक्ने बताउनुभयो । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष बालचन्द शर्माले संस्थाको गतिविधीलाई प्रविधिमैत्री बनाउदै लगिएको भन्दै यस बर्षदेखी एसएमएस सेवा थालिएको जानकारी दिनुभयो । संस्थालाई प्रतिस्पर्धी र समयानुकुल गराउन हाल न्यूनतम ८ देखी अधिकतम १४ प्रतिशतमा ऋण लगानी गरिरहेको भन्दै उहाँले बचत र ऋण परिचालनलाई बिशेष योजना बनाएर कार्यान्वयन गरिरहेको बताउनुभयो । सो अवसरमा बचत तथा ऋण सहकारी सघका अध्यक्ष रुप बहादुर खत्री,नेफ्स्कुन फिल्ड कार्यालय दाङका समन्वय उप समिति सदस्य अञ्जन कुमार पौडेल,राष्ट्रिय सहकारी बैंक जिल्ला शाखा दाङका समन्वय उप समितिका संयोजक भरत बहादुर बुढाथोकी,राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नारायण बेल्वासे, सल्लाहकार संतोष कुमार शर्मा रेग्मी,पत्रकार बसुन्धरा गौतम,सेयर सदस्य मंगला राणा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा गत बर्ष बचत तथा ऋण कारोवारमा उत्कृष्ट कार्य गर्ने मंगला राणा, दिनेश कुमार पोख्रेल, शशिधर पौडेल, रेश्मा खनाल लगायतलाई सम्मान गरिएको थियो भने प्रमुख अतिथि घोराही उप महानगरपालिका वडा नम्वर १५ का अध्यक्ष रमेश कुमार पाण्डेलाई मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रममा कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक र लेखा उप समितिका संयोजक केशव रिजालले लेखा सुपरिवेक्षण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव विमल योगीले गर्नुभएको थियो । 
अध्यक्षमा शर्मा:
यसैबीच सभाले बालचन्द्र शर्माको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । संस्थाको उपाध्यक्षमा नविन कुमार पाण्डेय, सचिवमा विमल योगी, कोषाध्यक्षमा नवराज भण्डारी, सदस्यहरुमा श्रीकान्त अधिकारी, माधव खनाल, इश्वरी प्रसाद आचार्य, चन्द्रावती भण्डारी, केशव रिजाल चयन हुनुभएको छ । अबिधेशनले गेहेन्द्र वस्नेत संयोजक तथा हरिहर आचार्य र ऋचा डागी सदस्य रहेको लेखा सुपरिवेक्षण उप समिति समेत चयन गरेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप