नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालद्वारा दोहोरो सदस्यता परित्यागः ऐन कार्यान्वयनमा प्रतिबद्ध रहेको भनाई
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालद्वारा दोहोरो सदस्यता परित्यागः ऐन कार्यान्वयनमा प्रतिबद्ध रहेको भनाई

काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी ऐन २०७४ को कानुनी प्रावधानलाई आत्मसात गर्दै दोहोरो सदस्यता परित्यागको घोषाणा गर्नुभएको छ । उहाँले नवलपरासी वर्दघाटस्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य पद त्यागको घोषणा सहित आज औपचारिक रुपमा संस्थामा निवेदन दर्ता गर्नुभएको छ ।

 “मैले एउटै स्थानीय तह भित्र एकै प्रकृतिको दुई वटा संस्थामा सदस्य नरहने कानुनी व्यवस्था अनुरुप ग्रामीण साकोसको सदस्यता त्याग गर्न निवेदन दिएको छु,” बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “अब म नवलपरासीको बर्दघाट नपा २ चिसापानी स्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थामा मात्र आबद्ध रहनेछु ।” हाम्रो सुपर नेफ्स्कूनले प्रबर्धन गरेको साकोस गुणस्तर सुनिश्चितता प्रमाणीकरण सम्बन्धी कार्यक्रम “प्रोबेशन ब्राण्ड प्राप्त संस्था हो ।

सहकारी ऐन २०७४ को दफा ३२ (१) मा “कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य हुन पाउने छैन” भनी उल्लेख गरिएको छ । ऐन कार्यान्वयनका लागि ३ वर्षको समयावधि उपलब्ध गराइएकोमा उक्त प्रावधान विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरिएको र सँगै कोभिडका कारण कार्यान्वयनमा समस्या पर्ने भन्दै आवाज उठिरहेको समयमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्षले आज उक्त घोषणा गर्नुभएको हो । “एउटा विषयगत केन्द्रीय निकायको माथिल्लो तहमा बसेका कारण अरुका लागि ऐन कार्यान्वयनमा प्रेरित गर्न मैले यो निर्णय गरेको हुँ,” बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “सहकारी ऐन २०४८ को आधारमा विगतमा दुईवटा संस्थामा रहेपनि पछिल्लो ऐनको प्रावधान अनुरुप मैले एउटामा मात्र रहने निर्णय गरेको हुँ ।”

 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप