मन्थली । रामेछाप जिल्ला बचत संघको आयोजनामा आज मन्थलीमा सहकारी तथा साकोस अभियानको समसामयिक विषयमा अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गरिएको छ । जिल्ला बचत संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारी हुनुहुन्थ्यो भने संघका कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक सदस्य जिवसराज खड्का, जिल्ला बचत संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे, सल्लाहकार सोमेश थापा लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी तथा कोषाध्यक्ष दिपक पनेरुले नेफ्स्कूनले प्रदेश तथा जिल्ला बचत संघसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँहरुले सबैको जोड वित्तीय सुशासन र गुणस्तरता भएको बताउँदै त्यसका लागि नेफ्स्कून प्रतिबद्ध रहेको धारणा राख्नुभयो । साकोस ऐनका सम्बन्धमा नेफ्स्कूनले पहल गरिहेको उहाँहरुको भनाई थियो । कार्यक्रममा सहभागीहरुले कोभिड महामारी शुरु भएयता नेफ्स्कूनले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । यसैगरी सहभागीहरुले साकोस ऐनका विषयमा भइरहेका पहल, नेफ्स्कूनको स्तरीकरण कार्यक्रम, नेफ्स्कूनको भावी योजना र रणनीतिहरुका साथै संघको सफ्टवेयर, मर्जर, दोहोरो सदस्यता आदिका बारेमा राख्नुभएको जिज्ञासाको संघका महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दिपक पनेरुले जवाफ दिनुभएको थियो ।
२० घण्टा अगाडि
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
२० घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
१४ दिन अगाडि