साकोस सुदृढीकरणमा स्तरीकरण र स्थिरीकरण कोष प्रभावकारीः अध्यक्ष पौड्याल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस सुदृढीकरणमा स्तरीकरण र स्थिरीकरण कोष प्रभावकारीः अध्यक्ष पौड्याल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी संस्थाको शुद्धीकरण र सुदृढीकरणमा स्तरीकरण र स्थिरीकरण कोष प्रभावकारी रहने दाबी गर्नुभयो । आज नेपाल सहकारी पत्रकार समाज सिजेएनले काठमाडौमा आयोजना गरेको सहकारीमा गुणस्तर मापन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले भन्नुभयो, ‘सहकारी सञ्चालनका विश्वाव्यापी सिन्द्धान्त एवम् मार्गदर्शनलाई कानुनी आधारका मुख्य स्रोत मान्दै सहकारीमा सुशासन र गुणस्तरीयतालाई जोड दिइएको छ ।’ 

एशियाली स्तरको स्तरीकरण कार्यक्रम एक्सेस को चर्चा गर्दै अध्यक्ष पौड्यालले भन्नुभयो, ‘विश्वव्यापी दर्शनको एक दशकको अभ्यासपछि हामीले नेपालमा स्तरीकरणको कार्यक्रमलाई अन्तरिकीकरण गर्यौं, एशियामै गरिमाको रुपमा रहेको स्तरीकरण कार्यक्रमले वित्तीय सहकारीहरुलाई चुनौतिका बीचमा सुशासित, व्यवस्थित र उत्पादनमुलक तथा सृजनात्मक व्यवस्थापन गरेर अगाडि बढाउन सहयोग पुर्याएको छ ।’ साथै वित्तीय सुशासन र गैरवित्तीय सुशासनको क्षेत्रमा गर्नुपर्ने सुधार र सुधारका सूचकांकहरुलाई आधार बनाएर विभागसँगको सहकार्यमा नेपालमै स्तरीकरण ब्राण्ड विकास गरेका हौं,  तर आज विभाग संकुचित कार्यक्षेत्र देखाउँदै नियमनको बाटोमा पछि सरेको छ उहाँले जोड्नुभयो, नेफ्स्कून र विभाग बीच नेतृत्व तहमा कुनै विवाद छैन । 

उहाँले जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम जिल्ला र प्रदेश संघ सँगको साझेदारीमा अगाडि बढेको र पालिका तहमा आधारशिला कार्यक्रम शुरु भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, सवैप्रकृतिका सहकारीहरुलाई प्रारम्भिक चरणमा प्रवर्द्धनात्मक कार्यक्रममा जोड्ने र स्तरीकरणमा सहभागी गराउँछौं । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले बचत तथा ऋण सहकारी स्तरीकरण मापनका सूचकांक आफैमा महत्वपूर्ण सूचकांक रहेको भन्दै नेपालका जति पनि ब्राण्डेड सहकारी छन् ती सबै पूर्ण रुपमा संस्थागत, सबल, सुशासनयुक्त र आइएसओ स्ट्याण्डरभन्दा माथी रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, स्तरीकरण कार्यक्रमले सुशासन कायम गरेको छ, त्यसलाई निरन्तरता दिन अब सबै नै स्थिरीकरण कोषमा जानुपर्छ । सदस्य सचेत भएका संस्था स्वनियममा चल्छन् । दर्ता दिने नियामक निकाय र सम्बन्धित संघ दुवैले संस्थाको नियमन गर्नु अनिवार्य हुन्छ, नियामक निकाय पनि नियमनको जिम्मेवारीबाट पछि हट्न मिल्दैन । उहाँले जोड्नुभयो, महासंघले अभियानको तर्फबाट स्तरीकरणको जिम्मा लिनुपर्छ भन्ने विषयमा पनि महासंघको ध्यानाकर्षण भएको छ, विज्ञ टिम बनाएर आवश्यक पर्दा ब्राण्डेड साकोसको अन्तिम परिक्षण गर्नसक्ने गरी महासंघ पनि कार्यविधि निर्माणको तयारीमा छ । सदस्यको  पैसा कुनैपनि हालतमा जोखिममा पर्नुहुँदैन भन्नेमा अभियानको चिन्ता निरन्तर छ, यो साझा दायित्व पनि हो उहाँले जोड्नुभयो । 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले ऋण दिने क्रममा सहकारीमा धेरै समस्या देखिएकाले सुशासनमा ल्याउन पनि स्तरीकरण कार्यक्रम आवश्यक भएको बताउनुभयो । उहाँले बिनाधितो ऋण दिँदा जोखिम धेरै हुने भएकाले गुणस्तर मापन गरेर गुणस्तरयुक्त सहकारीलाई बिना धितो पनि ऋण दिन सक्नेगरी बैंकले ब्रान्डिङ गर्न खोजेको जानकारी गराउनुभयो । 

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले गुणस्तरमा जाने सबै सहकारीमा सुशासन हुन्छ भन्ने विश्वास नरहेको विचार व्यक्त गर्दै ब्राण्ड डिमान्ड बेस हो कि सप्लाई बेस भन्नेमै दुविधा रह्यो, उहाँले भन्नुभयो, ‘गुणस्तर मापनले चप्पल लगाउने सदस्यको जीवनस्तरमा परिवर्तन ल्याउन सक्यो कि सकेन त्यसको हिंसाबलोकन हुनुपर्यो ।’ ब्राण्डको नाममा पनि नक्कल गर्ने प्रवृत्ति बढेको छ,  नेफ्स्कूनले ब्राण्डिङ कार्यक्रम शुरु गर्यो त्यसैको नक्कल गर्दै आज अन्य केन्द्रीय निकायहरु पनि ब्राण्डकै पछि लागेका छन्, यसको परिणाम के होला !

कार्यपत्र प्रस्तुत गर्दै सहकारी विज्ञ सुदर्शन प्रसाद ढकालले नियमन र व्यवस्थापन अभावमा सहकारीमा उच्च जोखिम रहेको बताउनुभयो । उहाँले सहकारीको स्वामित्व सहकारीले लिन नसक्ने, राज्यको नियमन कमजोर रहने र राष्ट्र बैंकले सहकारीलाई नियमन गर्न नमान्दा सहकारीमा दिनप्रतिदिन समस्या बढेको बताउनुभयो । उहाँले बैंक र नेफ्स्कून दुबै नै ब्रान्डिङ कार्यक्रममा जाँदा दोहोरोपना हुने विचार व्यक्त गर्दै राज्य र अभियान सम्मिलित छुट्टै नियामक निकाय बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप