सहकारी र साकोस अभियानको नमूना जिल्ला हो काभ्रे: बरिष्ठ उपाध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी र साकोस अभियानको नमूना जिल्ला हो काभ्रे: बरिष्ठ उपाध्यक्ष ढकाल

काभ्रे, बनेपा । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको सहकारी अभियान र त्यसमा पनि बचत तथा ऋण सहकारी क्षेत्रको विकासमा काभ्रे जिल्लाको अग्रणी भूमिका रहेको बताउनुभएको छ । उहाँले काभ्रे जिल्ला सहकारी र साकोस अभियानको नमूना जिल्ला भएको भन्दै अन्य स्थानका सहकारी र साकोसकर्मीहरुले काभ्रेलाई केन्द्रमा राखेर हेर्ने गरेको र सफल सहकारी अवलोकन भ्रमणका लागि काभ्रेलाई रोज्ने गरेको बताउनुभयो ।

आज नेफ्स्कनू प्रदेश नं ३ कार्यालय बनेपाले आयोजना गरेको नेफ्स्कूनका सदस्य संघ संस्था सम्मान कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका प्रबक्ता ढकालले नेफ्स्कूनको सेवा व्यवसाय वृद्धिमा समेत काभ्रे जिल्लाको भूमिका महत्वपूर्ण रहेको दाबी गर्नुभयो । नेफ्स्कनू प्रदेश नं ३ कार्यालय बनेपाको व्यवस्थापन उप समिति संयोजक समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष ढकालले बचत तथा ऋण सहकारीहरुकोअबको ध्यान सूचना प्रविधि मैत्री सहज, सरल र बिशिष्ट सेवा प्रदान गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो । कोभिड महामारीले पनि सहकारीहरुलाई सूचना प्रविधिमा बिशेष जोड दिदैं सदस्य सेवालाई प्रभावकारी बनाउन अग्रसर गराएको भन्दै उहाँले अरु खर्च कम गरेर भएपनि प्रविधिमा फड्को मार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेफ्स्कूनले सबै सदस्यहरुलाई ध्यानमा राखेर नीति, विधि र प्रविधिमा जोड दिएको भन्दै बरिष्ठ उपाध्यक्ष ढकालले सोही कुरा संघले हालै बनाएको ४ वर्षे व्यावसायिक रणनीतिक योजनामा पनि प्रतिविम्बित भएको जानकारी गराउनुभयो । नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी स्तरीकरण कार्यक्रम, स्थिरीकरण कोष लगायतमा पनि सबै सदस्यहरुको साथ र सहयोग आवश्यक भएको उहाँले बताउनुभयो । त्यसैगरी, सरकारसँग बहस पैरवी गर्ने विषयमा नेफ्स्कून थप सक्रिय भएर लागेको र ऐन कार्यान्वयनलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिं का नवनिर्वाचित अध्यक्ष एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य उद्धव सापकोटाले नेफ्स्नूले नीति, विधि र प्रविधिमा सधै जोड दिदैं आएको भन्दै संघको आगमनसँगै काभ्रेमा सहकारी अभियान थप फस्टाएको बताउनुभयो । उहाँले प्रदेश बचत संघ नेफ्स्कूनसँग मिलेर अघि बढ्ने बताउनुभयो । साकोस अभियानको रकम र कारोबार साकोस अभियानभित्रै हुनुपर्नेमा पनि सापकोटाको जोड थियो । कार्यक्रममा बागमति प्रदेश सहकारी संघका सञ्चालक कृष्ण प्रसाद तिमल्सिना, जिल्ला बचत संघका सल्लाहकार शम्भुलाल श्रेष्ठ लगायत नेफ्स्कून प्रदेश नं ३ कार्यालय बनेपा व्यवस्थापन उपसमिति सदस्यहरु लगायत जिल्ला स्थित विभिन्न साकोसकर्मीहरुको उल्लेख्य सहभागिता थियो । नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले संघको रणनीतिक योजना, अहिलेको कार्यक्रम र भावी योजनाहरुका बारेमा प्रस्तुतिकरण गर्नुभएको कार्यक्रम नेफ्स्कूनका व्यवसाय अधिकृत राम सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट कारोबारकर्ताका रुपमा सामुदायिक सोकोस, उत्कृष्ट सेयर कारोबारमा ज्योति मिर्मिरे सामुहिक, उत्कृष्ट अन्तरलगानीमा शुलभ साकोस र उत्कृष्ट बचतकर्तामा विन्दवासिनी साकोसलाई नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सम्मानित गर्नुभएको थियो । यसैगरी, सिन्धुपाल्चोक क्षेत्रबाट उत्कृष्ट कारोवारकर्तामा शुभ प्रभात साकोस र महिलाहरुद्धारा सञ्चालित साकोसहरुमध्ये लक्ष्मी महिला साकोसलाई सम्मानित गरिएको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप