धादिङ । एशियाली ऋण महासंघ र नेफ्स्कूनको प्राविधिक सहयोग एवम् धादिङबेसीस्थित सहारा महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा धादिङबेसीमा २ दिने “लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण” तालिमक कार्यक्रम सञ्चालन गरिएको छ । एशियाली ऋण महासंघसँगको रणनीतिक सहकार्यमा सञ्चालित व्यवसाय विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त तालिममा स्थानीय सहारा महिला बचत तथा ऋण सहकारी संस्था लि. का १० जना उद्यमी महिला सदस्यहरुको सक्रिय सहभागिता थियो । हिजो सम्पन्न तालिममा उद्यम गरिसकेपछि लेखा राख्ने विधि, इकमर्श, बजारीकरणको अवस्था उपाय आदि विविध विषयमा नेफ्स्कनकी कार्यक्रम अधिकृत रीता सुवेदीेले सहजिकरण गर्नुभएको थियो । समापन समारोहका वक्ताहरुले तालिम अत्यन्त फलदायी भएको प्रतिक्रिया दिनुभएको थियो । कार्यक्रमको संयोजन नेफ्स्कून धादिङ स्थित फिल्ड कार्यालय इन्चार्ज शम्भु घिमिरेले गर्नुभएको थियो ।
२० घण्टा अगाडि
२१ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
६ दिन अगाडि
११ दिन अगाडि
३ दिन अगाडि
२० घण्टा अगाडि
१४ दिन अगाडि
२१ घण्टा अगाडि