आइसीए अध्यक्ष ग्वार्कोको पुस्तक सार्वजनिक: सहकारी प्रारुपको सकारात्मक प्रभाव, अर्थतन्त्र र पृथ्वीका यावत् विषयहरुमा चर्चा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आइसीए अध्यक्ष ग्वार्कोको पुस्तक सार्वजनिक: सहकारी प्रारुपको सकारात्मक प्रभाव, अर्थतन्त्र र पृथ्वीका यावत् विषयहरुमा चर्चा

एजेन्सी । अन्तर्राष्टिय सहकारी महासंघ (आइसीए) का अध्यक्ष एरियल ग्वार्कोको पुस्तक Cooperative Principles in Action सार्वजनिक भएको छ । सहकारी सम्बन्धी विश्वव्यापी चुनौती र अवसरहरु, वातावरणमाथिको मानवीय आक्रमणले निम्त्याएका जलवायु परिवर्तनको विश्वव्यापी समस्या, महिला अधिकार, भविष्यमा कामको प्रवृत्तिमा आउने परिवर्तन, नवीन प्रविधि, वित्तीय विश्वव्यापीकरण, कृषि खाद्य प्रणाली, सञ्चार र दिगो शान्ति आदि जल्दावल्दा विषयवस्तुहरु र सहकारीबीचको तादात्म्य स्थापित गर्ने यत्न पुस्तकमा गरिएको छ । विश्व सहकारी अभियानले माथि उल्लेखित विषयहरुको सम्बोधनमा गरेका कामहरु केलाउने प्रयास पुस्तकमा गरिएको छ । पुस्तक ८ अध्यायमा विभक्त छ । 

स्पेनी भाषामा प्रकाशित पुस्तकमा मुलतः सहकारी प्रारुपले ल्याएको सकारात्मक प्रभाव, अर्थतन्त्र र पृथ्वीका यावत् विषयहरुको सेरोफेरो समावेश गरिएको बताइएको छ । पुस्तकमार्फत लेखक ग्वार्कोले दिगो विकासका लक्ष्यहरु हासिल गर्ने, लैङगिक समानता, शान्ति र मर्यादित श्रम प्रवर्धनको कार्यमा सहयोग पुर्याउने आर्थिक मोडलको रुपमा सहकारीको वकालत गर्नुभएको छ । यसैगरी, अध्यक्ष ग्वार्कोले विश्वभरका सहकारीकर्मीअरुलाई आजका मानवीय चुनौतीहरु र सहकारीबीच निकट र गतिशिल सम्बन्धका आयामहरु स्थापित गर्ने पुनित कार्यमा जुट्न पुस्तकमार्फत आग्रह समेत गर्नुभएको छ । यसैगरी, पुस्तकमा उहाँले सहकारी अभियानको सर्वोच्च विश्व निकायको प्रमुखको रुपमा देखे भोगेका अनुभव र सिकाइहरु पनि समेट्नुभएको बताइएको छ ।

सन् २०१७ मा मलेसियाको राजधानी क्वालालम्पुरमा भएको आइसीएको साधारण सभाबाट अर्जेन्टिनी सहकारीकर्मी ग्वार्को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले २ दशक भन्दा अघि अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको कोरोनेल प्रिङलेसमा रहेको विद्युत सहकारीबाट यो अभियानको यात्रा प्रारम्भ गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप