सिन्धुली । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सिन्धुलीको १३औं बार्षिक साधारणसभा एवम् सञ्जाल समन्वय तथा सम्बन्ध गोष्ठी हिजो कमलामाई नगरपालिका सिन्धुलीमा सम्पन्न भएको छ । साधारणसभामा जिल्ला बचत संघ सिन्धुलीका अध्यक्ष बालकुमारी (विमला) श्रेष्ठको अध्यक्षता, नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता, कोषाध्यक्ष दिपक पनेरु र सञ्चालक जिवसराज खड्काको विशिष्ट आतिथ्यता रहेको थियो । सभामा सिन्धुलीका विभिन्न ४० बचत तथा ऋण सहकारी संस्थाहरुबाट गरी ६० जनाको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि दामोदर अधिकारीले साकोसका नेतृत्वले सदस्यहरुलाई प्रवाह गरिने सेवाको गुणस्तरीयतामा विशेष ध्यान दिन आग्रह गर्दै सहकारीमा सदस्यलाई मालिक बनाउने उद्देश्यले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमा जहिल्यै पनि मुख्य तीनवटा बिषयलाई ध्यान दिनुपर्ने वताउँदै सदस्यलाई मालिक बनाउने गरी काम गर्न, साधारणसभाको सर्वोच्चता कायम गर्न, नीति, विधि र प्रविधिमा आधारित भएर क्रियाकलाप सञ्चालन गर्न र सहकारीको प्रत्यक्ष लाभमा सदस्यलाई सहभागी गराउन जोड दिऔं उहाँले जोड्नुभयो, अब प्रत्येक सहकारीले सदस्यहरुका लागि निरन्तर सहकारी शिक्षा, वित्तीय साक्षरता, सेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष को व्यवस्था गरेको हुनुपर्छ ।
त्यसैगरी कोषाध्यक्ष दीपक पनेरुले जिल्ला संघ साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउँदै समग्र अभियानलाई नै सुशासित र जोखिममुक्त बनाएर अगाडि बढ्नुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । उहाँले केन्द्रीय संघ र जिल्ला बचत संघ बीचको समन्ध र समन्वय मार्फत यस क्षेत्रमा सहकारी विकास र प्रवर्द्धनको सम्भाव्यतालाई अध्ययन गरी अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
सञ्चालक सदस्य जिवसराज खड्काले नेफ्स्कून र जिल्ला बचत संघ बीचको सहकार्यबाट मात्रै अभियानलाई एकताबद्ध गर्दै गुणस्तरयुक्त, सुशासित र सुरक्षित गतव्य तय गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
साधारणसभा एवम् समन्वय गोष्ठीको सहजीकरण नेफ्स्कूनका प्रशासन तथा व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सीनाले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण हरिवन फिल्ड इन्चार्ज राजेन्द्र ढकालले गर्नुभएको थियो । प्रस्तुतिकरणका क्रममा विभागीय प्रमुख तिमिल्सीनाले बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर प्रमाणीकरण आवश्यकताका विषयमा सहभागीहरुलाई प्रष्ट पार्नुभएको थियो ।
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
३६ दिन अगाडि
२५ दिन अगाडि
९ दिन अगाडि
२८ दिन अगाडि
२८ दिन अगाडि
२६ दिन अगाडि
२८ दिन अगाडि
४१ दिन अगाडि