बिन्धवासिनीको २७औं वार्षिक साधारण सभाः ६२ हजार सदस्यलाई वित्तीय सेवा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बिन्धवासिनीको २७औं वार्षिक साधारण सभाः ६२ हजार सदस्यलाई वित्तीय सेवा 

बनेपा/ काभ्रेपलञ्चोक तथा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रहेको  विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले २७ औं वार्षिक साधारण सभा हिजो सम्पन्न गरेको छ ।  संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) काअध्यक्ष परितोष पौड्यालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । 

कोभिड १९ अर्थात कोरोना भाईरसबाट हुने सक्ने जोखिमको विषम परिस्थितिमा नेपाल सरकार, नियमन निकाय एवं छातासंघहरुको निर्देशन तथा मार्गदर्शनलाई समेत मध्यनजर गरी २०७७ मंसिर १० देखि २४ गते सम्म सदस्यलाई पायक पर्ने सेवा कार्यालय, सेवा केन्द्र एवं विभिन्न ठाउँ गरी २३ स्थानबाट सदस्य उपस्थिति भेला गराई सोही स्थानबाट क्षेत्रगत साधारण सभा प्रतिनिधि चयन गरी २०७७ मंसिर २७ गते सम्पूर्ण सेवा कार्यालयमा एकै दिन क्षेत्रगत साधारण सभा संचालन गरी सोही सभाबाट निर्णय प्रमाणिकरणका लागि प्रतिनिधि छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा २७औं साधारण सभा समापन तथा निर्णय प्रमाणिकरण कार्यक्रम सम्पन्न गरेको हो । क्षेत्रगत समापन कार्यक्रमबाट छनौट भएका प्रतिनिधिहरुको सहभगितामा संस्थाको आ.ब २०७६/७७ को कार्य प्रगति प्रतिवेदन, ०७७/७८ को संशोधित तथा ०७८/७९ को ५० हजार आठ सय ४७ सदस्य, कूल सम्पत्ति एवं पूजी तथा दायित्व चार अर्ब ६१ करोड ४७ लाख तीन हजार पु¥याउने लक्ष्य सहित प्रस्तावित बजेट तथा कार्यक्रम बजेट सर्वसम्मत रुपमा पारित गरिएको थियो भने सभाले विनियम पुनः लेखन, संशोधन, नीति नियम र कार्यविधि संशोधन प्रस्ताव पारित सहित ललितपुर र भक्तपुर जिल्लाभर कार्यक्षेत्र विस्तार गर्ने, सहकारी संस्थासँग विग मर्ज कार्य अगाडि बढाई एकीकरण गर्ने निर्णय सहित कार्यक्रमको समापन भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि मिनराज कडेलले नेपालको सहकारी अभियानमा गौरव गर्न लायक सहकारी संस्था विन्धवासिनी संस्था रहको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि निर्माण र वित्तीय सेवामा उत्कृष्टता हाँसिल गरेको यस साकोसले सदस्यको जीवनयापनका लागि अब उत्पादन र ब्यवसायसँग जोडिने खालका कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका विशेष अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष षौड्यालले विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको सफलता भनेकै नेफ्स्कूनको सफलता भएकाले विन्धवासिनीको हरेक सफलतासँग नेफस्कूनले गौरव गर्दै आएको धारणा ब्यक्त गर्नु भयो । विन्धवासिनी गन्तव्य सहकारी संस्था भएकाले नेपालका आम सहकारीहरुले पनि यसले गरेका कार्यहरुको अनुसरण गर्दै सहकारी संस्थालाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले उद्यमशिलता विकासका लागि नेफ्स्कूनले उद्यमशिलता प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको र विन्धवासिनीले पनि आफ्ना सदस्यहरुलाई उद्यमशिल बनाउन साझेदारी गर्न आग्रह गर्नु भयो ।

संस्थाले साधारण सभाको अवसरमा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को नवनिर्वाचित काभ्रेपलञ्चोक जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने अध्यक्ष उद्धव सापकोटा, संचालक सदस्य प्रकाश बन्जारा एवम् वागमती प्रदेश सहकारी संघ लि.का संचालक कृष्ण प्रसाद तिमल्सिना र फलफूल तरकारी तथा विउविजन कृषि केन्द्रीय सहकारी संघ लि.का नव निर्वाचित अध्यक्ष विनोद पराजुलीलाई बधाई तथा सम्मान गरेको थियो ।

समूहगत र क्षेत्रगत अवधारणामा सञ्चालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्ला भित्र १७९३ वटा समूह मार्फत ३८ हजार आठ सय  १७ जना शेयर सदस्य र सात हजार नौ सय ५३ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४६ हजार सात सय ७० सेवाग्राही,  रु. ३४ करोड ३८ लाख ९२ हजार छ सय शेयर पूँजी ,रु. २ अर्व ४४ करोड ८८ लाख १९ हजार बचत तथा निक्षेप  र रु. २ अर्व ५४ करोड ६५लाख ९७ हजार ऋण लगानीमा वाँकी रहेको रकम र रु. ३ अर्ब ३८ करोड ६४ लाख ८४ हजार कूल सम्पति पु¥याउन संस्था सफल भएको संस्थाका प्रमुख व्यवस्थापक के.वि लामाले जानकारी दिनुभएकोे थियो ।  

संस्थाले वित्तीय कारोबार आलावा सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन विमा,  पशु विमा, बाली विमा, विपे्रषण, ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, स्थानीय तहको सहकारी कार्यक्रममा व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रमका साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटिएम सेवा, बैंक र संस्था बिच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएको र राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट व्यवस्थापक पुरस्कार, उत्कृष्ट करदाता सम्मान,  अन्तर्राष्ट्रिय स्तरमा CUMI Award  र ACCESS Silver Brnad प्राप्त गर्न सफल भएको समेत प्रमुख व्यवस्थापकले सभामा जानकारी गराउनुभएको थियो ।   

होटल उग्रचण्डीमा भएको साधारण सभामा संस्थाका समिति, उपसमिति, कर्मचारी एवं प्रतिनिधि सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त सभाको सञ्चालन संस्थाका सञ्चालक समितिका सचिव रामशरण भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चालक समितिका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाले राख्नु भएको थियो ।
 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप