सामाजिक उत्त्तरदायित्वपूर्ण कार्यमा जनउत्थान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामाजिक उत्त्तरदायित्वपूर्ण कार्यमा जनउत्थान

रुपन्देही । तिलोत्तमा न.पा. कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले हिजो सम्पन्न १५औं बार्षिक उत्सब समारोहका बीच दर्जन भन्दा बढी सामाजिक उत्तरदायित्वपूर्ण कार्य गरेको छ । बार्षिक उत्सवको अवसर पारेर संस्थाले जेहन्दार छात्रबृत्ती, उद्यमी सदस्यहरुलाई निर्व्याजी ऋण सहयोग, सफल कृषि सम्मान र विभिन्न समूहहरुलाई नगद सहयोग गरेको हो । जसअन्तर्गत संस्थाले १२ जना प्लस टु र ब्याचलर अध्ययन गर्ने विद्यार्थीहरुलाई ५/५ हजार गरिब वा जेहन्दार छात्रवृत्ती वितरण, १२ जना बाख्रा पालकहरुलाई १०/१० हजार २ वर्षे निर्व्याजी ऋण सहयोग कार्यक्रम, १० जना सफल ब्यापारीहरुलाई सफल व्यवसायी सम्मान कार्यक्रम, १० जना सफल कृषकहरुलाई सफल कृषक सम्मान कार्यक्रम, ३ वटा आमा समूहरु (बभनी आमा समूह बभनी, आदर्श आमा समूह मडाहा, दिपज्योति आमा समूह भैरहवा) लाई १५/१५ हजार आमा समूह विकास अक्षय कोष सहयोग, ३ वटा विद्यालयहरु (र्दुगानगर मा.वि., रुपन्देही लिलाराम मा.वि. र बभनी भु पु आधारभुत विद्यालय) लाई ५०/५० हजार विद्यालय विकास अक्षय कोष सहयोग र नेपाल अभिनास अनाथ आश्रम कोटिहवालाई १५ हजार अक्षयकोष सहयोग प्रदान गरेको थियो ।

संस्थाका अध्यक्ष ज्ञानु पौडयालको अध्यक्षता र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. रेवति रमण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका सहकारी रजिष्टार श्रीधर ज्ञवाली, सहकारी विभागिय प्रमुख ज्ञानहरी पन्थी, संचालक समिति, लेखा समिति, सल्लाहकार, सिस्टर्स क्लबका पदाधिकारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

बार्षिकोेत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सचिव डा. रेवतीरमण पौडेलले सहकारीको माध्यमबाट सदस्यहरुलाई स्वारोजगार सिर्जना गरी आर्थिक स्तर उकास्न सहकारीको लगानी उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभएको थियो । सहकारीले बचत गर्ने र ऋण प्रवाह गर्ने मात्र नभई उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै स्वरोजगार बनाउनतर्फ लाग्नुपर्ने उहाँको भनाइ थियो । सानो पुँजीबाट उद्यम गर्न चाहनेहरुका लागि सहकारीको महत्वपूर्ण भुमिका रहेको भन्दै प्रतिफलमुखी क्षेत्रमा लगानी गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो ।  

अध्यक्ष ज्ञानु पौड्यालले कोभिडको बेला ५० लाख भन्दा बढी रकम ब्याज छुट सदस्यहरुलाई दिइएको भन्दै आगामी वर्षमा रोजगार प्रवर्द्धनका कार्यक्रममा सहकारीले ऋण लगानीलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले अब २५ हजार शेयर सदस्य पुर्याउने र ३ वटा सेवा केन्द्र थप गर्दै सहकारीलाई अझ व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।

कार्यक्रममा स्वागत उपाध्यक्ष गीरी प्रसाद पुनले र सञ्चालन सचिव सरु रानाले गर्नु भएको थियो । कुल २० हजार ९ सय ५८ जना सदस्य सहित २ अर्ब ५ करोड कुल पुँजी रहेको संस्थाको १ अर्ब ६१ करोड बचत, १ अर्ब ६५ करोड ऋण लगानी रहेको र १५ करोड ४७ लाख संस्थागत कोष रहेको संस्थाका व्यवस्थापक रनबहादुर थापाले जानकारी दिनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप