राष्टिय सहकारी महासंघले अबदेखि प्रत्येक वर्ष पुस २७ मा साधारण सभा गर्ने : ९ सल्लाहकार मनोनित  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्टिय सहकारी महासंघले अबदेखि प्रत्येक वर्ष पुस २७ मा साधारण सभा गर्ने : ९ सल्लाहकार मनोनित  

 काठमाडौं । देशभरका सहकारीहरुको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघको २८ औं बार्षिक साधारण सभा पुस २७ गते भौतिक उपस्थिति तथा भर्चुअल विधिबाट संचालन हुने भएको छ । महासंघको हिजो बसेको १९३ औं बोर्ड बैठकले अब उप्रान्त प्रत्येक बर्ष पुस २७ गते बार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । २०७६ चैतपछि पहिलो पटक पूर्ण रुपमा भौतिक उपस्थितिमा महासंघको बोर्ड बैठक बसेको हो ।  

बैठकले महासंघका अध्यक्ष मिनराज कडेलको संयोजकत्वमा कार्यकारीणी समिति गठन गरेको छ । समितिको सदस्यमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, संचालक खेम पाठक र केवी उप्रेती रहेका छन् । संचालक रामकृष्ण खाडलाई विशेष आमन्त्रण गरिने उल्लेख छ । त्यसैगरी, बैठकले महासंघमा ९ जना सल्लाहकारहरु मनोनयन गरेको छ ।  सांसद बालकृष्ण खाँड, पूर्व मन्त्री गणेश शाह, सांसद पशुपति चौलागाई, सांसद उषा झा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, डा भरत प्रधान, डा हरिकृष्ण उपाध्याय र राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसीलाई मनोनय गरेको महासंघले जनाएको छ ।

बोर्डले विभिन्न उपसमिति समेत गठन गरेको महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो ।  व्यवसाय प्रवर्धन उपसमतिको संयोजकमा भिम तुलाचन, सूचना तथा प्रकाशन उपसमितिको संयोजकमा टेकप्रसाद चौलागाई, शिक्षा तथा तालिम उपसमितिको संयोजकमा राजेन्द्र पौडेल,  वैदेशिक सहभागिता छनोट उपसमितिको संयोजकमा शिवकुमार डाँगी, महिला उपसमितिको संयोजकमा अमृता सुब्बा, युवा समन्वय उपसमितिको संयोजकमा सागर ढकाल रहनुभएको बताइएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप