नाकूफोकको नेतृत्व विकास सम्बन्धी १० दिने तालिम कार्यक्रम यो वर्ष भर्चुअल आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नाकूफोकको नेतृत्व विकास सम्बन्धी १० दिने तालिम कार्यक्रम यो वर्ष भर्चुअल आयोजना

सिओल । दक्षिण कोरियाका वित्तीय सहकारीहरुको छाता संगठन नेशनल क्रेडिट युनियन फेडेरेशन अफ साउथ कोरिया (नाकूफोक) को आयोजना एवम् एशियाली ऋण महासंघ (आकू) को संयोजनमा एशियाली मुलुकका बचत तथा ऋण सहकारीहरुमा नेतृत्व विकासका लागि तयार पारिएको Asian Credit Union Leadership Development Program यही डिसेम्बर १४ देखि २४ सम्म भर्चुअल विधिबाट सञ्चालन भएको छ ।

प्रत्येक वर्ष कोरियामा भौतिक रुपमा आयोजना गरिने कार्यक्रम यो पटक भने कोभिड महामारीका कारण अभौतिक आयोजना गरिएको नाकूफोकले जनाएको छ । बचत तथा ऋण सहकारीहरुको समयानुकूल विकास नभएसम्म पिछडिएका वर्गहरुको सामाजिक आर्थिक उत्थान सम्भव नहुने भन्दै नाकूफोकले त्यसका लागि एशियाली मुलुकका सबै बचत तथा ऋण सहकारीकर्मीहरु दीक्षित र प्रशिक्षित हुनुपर्नेमा जोड दिदैं आएको छ । सोही तथ्यलाई अंगिकार गर्दै नाकूफोकले एशियाली ऋण महासंघ (आकू) मा आबद्ध बचत तथा ऋण सहकारीका लागि आफ्नो इतिहास, चुनौती र अवसरहरु, सहभागीहरुको मुलुकको बचत तथा ऋण सहकारी अभियानका बारेमा जान्ने मौका मिल्ने जनाएको छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. बाट सहभागी बरिष्ठ अधिकृत नविनराज दाहालले अन्तरक्रियात्मक रुपमा सञ्चालित तालिम कार्यक्रममा सहभागीहरुबीच एक अर्काको देशको बचत ऋण अभियानको बारेमा जानकारी आदानप्रदान भएको बताउनुभयो । तालिममा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने दिशामा बचत ऋण सहकारीहरुको भूमिका, एकीकृत सूचना प्रणालीको आवश्यकता र महत्व, कोभिडले अर्थतन्त्र तथा अभियानमा पारेको असर लगायत समसामयिक विषयमा छलफल हुने उहाँले बताउनुभयो । बरिष्ठ अधिकृत दाहालले कार्यालयमै बसेर कोरियालीसँगै अन्य मुलुकको बचत तथा ऋण सहकारी अभियानको बारेमा जान्ने र आफुले पनि हाम्रा अवसर र चुनौतीहरुका बारेमा भनाई राख्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गर्दै प्रविधिमा आधारित सिकाइको महत्व यस किसिमका कार्यक्रमबाट पनि प्रष्ट भएको विचार राख्नुभयो ।

कार्यक्रममा नेपालबाट नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक तथा प्रारम्भिक संस्थाबाट प्रतिनिधित्व रहेको नाकूफोकले जनाएको छ । नेफ्स्कूनका बरिष्ठ अधिकृत दाहालले डिसेम्बर १४ देखि १६ अथार्त् आज सम्मको तालिम पछि सहभागीहरुलाई ६ दिनको समयमा आफ्नो मुलुकको बचत तथा ऋण सहकारी अभियानको भावी दिशाका विषयमा प्रस्तुतिकरणको लागि समय उपलब्ध गराइने र त्यसपछि डिसेम्बर २२ देखि २४ मा प्रस्तुतिकरण गर्नुपर्ने भन्दै आफुले पनि नेपालको बचत ऋण सहकारी अभियानको आगामी ४ वर्षको यात्रा, नेफ्स्कूनको विकास र वृद्धि आदि पक्षहरु समेटेर प्रस्तुति तयार गरिरहेको जानकारी गराउनुभयो । नाकूफोकले प्रत्येक वर्ष यस किसिमको तालिम आयोजना गर्दै आएको छ । गत वर्षको तालिममा नेफ्स्कूनका वर्तमान कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहभागी हुनुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१७ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप